काठमाडौं- आदरणीय पाठकवृन्द ! यो साता नेपाली मिडियामा केही सनसनीपूर्ण समाचारहरु छाए । राजनीति, प्रवास क्षेत्रमा तरंग ल्याउने घटना भए ।
खबरहब डटकमले हरेक शुक्रबार साताभरिका घटनालाई समेटेर ब्रिफिङ पस्कने गरेको छ । एक सातामा मुख्य घटनामा ‘रि–भिजिट’ गरिएको यो सामग्री पाठकहरुका लागि उपयोगी हुन सक्छ ।
रास्वपा सांसद तोसिमाको आक्रोश- सरकार खोज्दै बबिता अस्पताल पुगिन्, तर सरकार बबितासम्म पुगेन
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोसिमा कार्कीले प्रसव पीडामा अस्पताल पुगेकी गर्भवती महिलालाई तत्काल उपचार र सुरक्षित भर्नाको व्यवस्था गर्नुपर्ने बताएकी छन् ।
प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद कार्कीले राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा भर्ना नलिएपछि सडकमा बच्चा जन्माउन बाध्य भएकी बबिताको घटनालाई लिएर यस्तो बताएकी हुन् ।

कार्कीले प्रसवका लागि अस्पताल पुगेकी महिलाको आर्थिक अवस्था नहेरी तत्काल क्लिनिकल मूल्यांकन र उपचार सुरु गर्नुपर्ने बताइन्। उनले प्रसव पीडामा रहेकी महिलालाई तत्काल भर्ना गरेर आवश्यक उपचार तथा निगरानी गर्नुपर्नेमा जोड दिइन् ।
आशिकाको आक्रोश : ग्यास दिन नसक्ने भए सरकारले दाउरा खोजेर भात पकाऊ भन्नुपर्यो
संसद्मा उभिएर वर्षमानको आक्रोश : सरकारको स्वेच्छाचारिता र नालायकीले सीमा नाघ्यो
संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति थापा
प्रधानमन्त्रीलाई गगनले भने- निजी क्षेत्रप्रतिको दृष्टिकोण सकारात्मक देखिएन
रास्वपाकै अमरेशले भने- यो सरकार सिंहदरबारबाट होइन, हुकुमी र गुण्डा शैलीमा चलिरहेको छ
सरकारलाई विपक्षीले भने- बाढीपीडितको धैर्य टुट्ने बेला भयो, विशेष समिति बनाऊँ
प्रधानमन्त्री बालेनको अमेरिका भ्रमण स्वीकृत
सरकारले संयुक्त राष्ट्रसंघको ८१ औँ महासभामा प्रधानमन्त्री वालेन्द्र शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डलको सहभागिता स्वीकृत गरेको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले आगामी असोज ६ देखि १० गतेसम्म महासभामा सहभागी हुन प्रधानमन्त्रीको नेतृत्वमा हुने अमेरिका भ्रमणलाई स्वीकृति प्रदान गरेको हो ।
यसैगरी बैठकले भारतको नयाँ दिल्लीमा आयोजना हुने नेपाल–इन्डिया इन्टर–गभर्मेन्टल सब–कमिटिको बैठकमा सहभागी हुनका लागि नेपाली वार्ता टोली गठन गर्ने निर्णय गरेको छ ।

देशमा विकराल बन्दै गएको अनुचित लेनदेन अर्थात् मिटरब्याज अपराध नियन्त्रणसम्बन्धी विधेयक तर्जुमाका लागि मन्त्रिपरिषद्ले सैद्धान्तिक स्वीकृति समेत दिएको छ ।
सामाजिक सुरक्षा र लक्षित वर्गको पहिचानका क्रममा सरकारले काठमाडौँ, भक्तपुर, ललितपुर, सप्तरी र दाङ जिल्लाका कुल २७ स्थानीय तहका १७ हजार ४ सय ३८ गरिब घरपरिवारको सूची स्वीकृत गरेको छ ।
त्यस्तै, संवैधानिक र प्रशासनिक क्षेत्रमा रिक्त पदहरू पूरा गर्दै सरकारले शिक्षक सेवा आयोगको अध्यक्षमा भक्तपुरका डा। हरिप्रसाद लम्साल, सदस्यमा मकवानपुरका रामशरण सापकोटा र महिला सदस्यमा काठमाडौँकी विष्णु घिमिरे रिमाललाई नियुक्ति गरेको छ ।
जसलाई पाता कस्नुपर्छ भनेकी थिइन्, उनीहरूकै दबाबमा गौरीकुमारीले गुमाइन् मन्त्री पद
जबरजस्ती करणीसम्बन्धी सजायबारे कानुन समितिले के भन्यो ?
रास्वपाकै अमरेशले भने- यो सरकार सिंहदरबारबाट होइन, हुकुमी र गुण्डा शैलीमा चलिरहेको छ
सहसचिवद्वय खत्री र कुँवर सचिवमा बढुवा
शिक्षक सेवा आयोगको अध्यक्षमा डा. हरिप्रसाद लम्साल
सुधन भन्थे : सिंहदरबार त हजारवटा बनाउन सकिन्छ, तर मन्त्री निवासबाहेकका संरचना मर्मतसमेत भएनन्
एमालेकै प्रतिवेदन भन्छ : फागुनको चुनावमा पार्टी धुलिसात भयो, अब परम्परागत नाराले चुनाव जितिँदैन
नेकपा एमालेले गत फागुन २१ गते व्यहोरेको सर्मनाक हारको समीक्षा थालेको छ। उपाध्यक्ष रामबहादुर थापा बादल र महासचिव शंकर पोखरेल सम्मिलित निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलले प्रतिवेदनमाथि छलफल अघि बढाएको हो।
यद्यपि, सचिवालय अल्पमतमा परेका ओलीले प्रतिवेदनलाई अझैसम्म पार्टी कमिटीमा लान मानेका छैनन् । केन्द्रीय कमिटीमा पनि बहुमत नजुट्ने तनावका कारण उक्त प्रतिवेदनलाई स्वीकार गरिएको छैन।

महासचिव शंकर पोखरेलले लेखेको उक्त प्रतिवेदनलाई अस्वीकार गरेका ओलीले उपाध्यक्ष बादलमार्फत् अलग्गै प्रतिवेदन लेखाएका छन्। पोखरेलले लेखेको प्रतिवेदनमा अध्यक्ष ओली नेतृत्वबाट बाहिरिनुपर्ने सुझावसमेत दिइएको छ।
यस्तोमा महासचिव पोखरेलले लेखेको प्रतिवेदमा फागुन २१ गतेको निर्वाचनमा व्यहोरेको पराजयलाई ‘ऐतिहासिक र लज्जास्पद हार’का रूपमा मूल्यांकन गरिएको छ। निर्वाचन परिणामपछि पार्टी पूर्णरूपमा धुलिसात भएको र कार्यकर्तामा चरम निराशा छाएको प्रतिवेदनमा उल्लेख छ।
एमालेका अधिकांश प्रदेश कमिटीको सुझाव : पार्टी बचाउन ओलीले नेतृत्व छाडेर संरक्षक बनून्
कांग्रेसका २४ बढी नेताहरूको अपिल : महाधिवेशन तालिका रोकेर एकताको निर्णायक वार्ता गरौँ
जेन-जी शहीद सम्झिन गएनन् प्रधानमन्त्री, को को पुगे ?
ऋषि भन्छन् : ओली नेतृत्वको सरकारले हाम्रा होनहार युवाहरूलाई गोली हानेर हत्या गर्यो
भाद्र २३ र २४ गते यो देशमा जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस्: सभापति लामिछाने
जेन-जी शहीदका आमालाई खगेन्द्रले भने- तिम्रो छोरो ढल्यो, यो देश उठ्यो
भाद्र २३ र २४ गतेको घटनालाई एउटै आँखाले हेर्न मिल्दैन : मन्त्री गौतम
आन्तरिक मतभिन्नताबीच भारतमा हुँदै ब्रिक्स सम्मेलन : यस्ता छन् एजेण्डा र प्राथिमकता
नवनियुक्त उद्योगमन्त्री साहले लिए शपथ
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा सिफारिस दीपककुमार साहले शपथ ग्रहण गरेका छन् । राष्ट्रपति कार्यालय शीतलनिवासमा नवनियुक्त मन्त्री साहले शपथ ग्रहण गरेका हुन् ।
शपथ ग्रहण समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री वालेन्द्र शाह, सभामुख डोलप्रसाद अर्याल लगायतको उपस्थिति रहेको छ । निवर्तमान मन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिएपछि साहलाई मन्त्री नियुक्त भएका हुन् ।

सीके राउतको जनमत पार्टीका उपाध्यक्ष बनेका शाह फागुन २१ को निर्वाचन अगाडि राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका थिए । जलवायु परिवर्तनसम्बन्धी विभिन्न विषयमा काम गरिराखेका उनी पार्टीभित्र टेक्निकल नेता मध्ये प्रभावशाली मानिन्छन् ।
प्रधानमन्त्री वालेन्द्र शाह र नेता अमरेशकुमार सिंह निकट रहेका भनिने उनी बालेनकै सक्रियतामा राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेको दाबी गरिन्छ ।
कानुन मन्त्री गौतमले झूट बोलेपछि सांसदहरू आक्रोशित, राष्ट्रिय सभामा रोकिएका विधेयक देखाउन चुनौती
रास्वपाकै अमरेशले भने- यो सरकार सिंहदरबारबाट होइन, हुकुमी र गुण्डा शैलीमा चलिरहेको छ
आफ्नै अभिव्यक्तिप्रति मन्त्री गौतमले मागिन् राष्ट्रिय सभासमक्ष माफी
देवीघाटको एक्रोब्रिजमा चल्न थाले गाडी (तस्बिरहरू)
नुवाकोटको विदुर नगरपालिका–५ देवीघाटस्थित तादी नदीमा नेपाली सेनाले जडान गरेको एक्रो ब्रिजमा सवारी साधन चल्न थालेका छन् ।

बाढीले पक्की पुल बगाएपछि प्रभावित आवतजावत यो अस्थायी पुल तयार भएसँगै सहज भएको छ ।
डिस्चार्जपछि सञ्जयले भने, ‘भगवानको आशीवार्द र कृपाले फेरि पनि यस्तो दिन हेर्न पाएँ’
खाली सिलिन्डर र थाल-कचौरा बोकेर आयग निगमको मुख्यालय घेराउ (तस्बिरहरू)
सडकमै बच्चा जन्माएकाबारे रास्वपा सांसद : सरकारलाई असफल बनाउन महिला प्रयोग गरिएको हुनसक्छ
ग्रीन आर्मीविरुद्ध सर्वोच्चमा रिट, पेसी सोमबार
राष्ट्रसंघको महासभामा जलवायु संकटबाट नेपालमा परेको असर जानकारी गराउछौँ : परराष्ट्र
चितवनबाट सिलिन्डर धमाधम काठमाडौं पठाइँदै
चीनबाट नेपालमा पाँचौँ चरणको आपत्कालीन राहत सामग्री आइपुग्यो
चिलिमेमा उद्धारको आशा जाग्यो, विद्युत् गृह पुग्न १०० मिटर मात्रै बाँकी
अमेरिका आक्रमणपछि पहिलोपटक इरानी राष्ट्रपति भारत पुगे
इरानी राष्ट्रपति मसुद पजशकियान ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन भारतको नयाँदिल्ली आइपुगेका छन्।
राष्ट्रपति बनेपछि उनको यो पहिलो भारत भ्रमण हो। अमेरिका–इरान युद्धपछि उनको भारत भ्रमणलाई महत्वपूर्ण रूपमा हेरिएको छ।

पजशकियानले शुक्रबार साँझ ६ः१५ बजे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ।
यसैबीच रुसी राष्ट्रपति भ्लादिमिर पुटिन पनि बिहीबार राति नयाँदिल्ली आइपुगेका छन्। उनलाई भारतका विदेश राज्यमन्त्री केभी सिंहले विमानस्थलमा स्वागत गरेका थिए। गार्ड अफ अनरपछि पुटिनको टोली नयाँदिल्लीस्थित आईटीसी मौर्य होटलतर्फ गएको थियो।
इरान–साउदीबीच क्षेत्रीय असुरक्षाबारे छलफल
पूर्वप्रेमिकालाई दिएको उपहार फिर्ता माग्ने सिङ्गापुरका एक जनाले मुद्दा हारे
न्युयोर्कमा ९/११ को २५औँ स्मृति दिवस
हिजबुल्लाहले बनाएको दुई किलोमिटर लामो सुरुङमा इजरायलले विस्फोट गराउँदा ४.१ म्याग्निच्युडको भूकम्प
भारत र रूस एसयु-५७ लडाकु विमान खरिदका लागि सम्झौतानजिक
ब्रिक्स शिखर सम्मेलनमा युद्ध र विश्व व्यापार मुख्य एजेन्डा
हर्मुज जलडमरूमध्यमा इरानले नियन्त्रणमा लिएको भनिएको ‘डाइभ-एलडी’ कस्तो उपकरण हो?
जलवायु विपत्तिले बालिकाको पढाइमा बढी असर
गाजामा इजरायली आक्रमण, एकै परिवारका चार जनाको मृत्यु
गाजामा विहीबार भएको इजरायली आक्रमणमा दुई बच्चासहित एउटै परिवारका चार जनाको मृत्यु भएको प्यालेस्टिनी अस्पताल र सुरक्षा अधिकारीले बताएका छन् ।
उत्तरी गाजा पट्टीको बेत लाहिया परियोजना क्षेत्रमा इजरायली आक्रमणले एउटा घरमा प्रहार गरेपछि अहमद परिवारका चार जना सदस्यको शव टुक्रामा फेला पारिएको जनाइएको छ।

गाजा सहरको अल–शिफा अस्पतालका अधिकारीले १२ र आठ वर्षका बच्चाको शवको पहिचान भइसकेको बताए ।
हमासको नियन्त्रणमा रहेको गाजामा रहेको प्यालेस्टिनी सुरक्षा स्रोतले इजरायली लडाकु विमानले मध्यरात पछि बेत लाहियामा र जबालिया शरणार्थी शिविरको केन्द्रमा छुट्टै आक्रमण गरेको तथा इजरायली सेनाले विस्थापित मानिसको तम्बु र एम्बुलेन्समा पनि गोलीबारी गरेको बताएको छ ।
इजरायलले गाजा पट्टीमा आक्रमण जारी राखेको सुरक्षा स्रोतले जनाएको छ । इजरायलले गत वर्षको अक्टोबरमा संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा युद्धबिराम गर्न सहमत भएको थियो यद्यपि गाजा नियन्त्रण प्रक्रिया अगाडि बढाएको छ ।
चिनियाँ राष्ट्रपति सीले भारत भ्रमण गर्ने
जलवायु विपत्तिले बालिकाको पढाइमा बढी असर
मध्यावधि निर्वाचनअघि ट्रम्पको ‘५ हजार डलर लाभांश’ घोषणा
हर्मुजमा इरानद्वारा जहाजमाथि आक्रमण
नर्वेका प्रधानमन्त्रीको खुलासा : जेलेन्स्की सवार विमान रुसी ड्रोन हमलाबाट मुश्किलले जोगियो
युद्धविरोधी रुसी नागरिकलाई पुटिनको दलविरुद्ध मतदान गर्न याशिनको आह्वान
किमद्वारा विदेशी मोर्चामा खटिएका उत्तर कोरियाली सैनिकको प्रशंसा












प्रतिक्रिया