साप्ताहिक ब्रिफिङ : देशको नेतृत्व बालेनको हातमा, कार्की आयोगको प्रतिवेदनले ओली-लेखकलाई संकट र १० दिनलाई रोके ट्रम्पले स्थगित, तेलको मूल्य घट्यो « Khabarhub

साप्ताहिक ब्रिफिङ : देशको नेतृत्व बालेनको हातमा, कार्की आयोगको प्रतिवेदनले ओली-लेखकलाई संकट र १० दिनलाई रोके ट्रम्पले स्थगित, तेलको मूल्य घट्यो


१३ चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 7 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आदरणीय पाठकवृन्द ! यो साता नेपाली मिडियामा केही सनसनीपूर्ण समाचारहरु छाए । राजनीति, प्रवास क्षेत्रमा तरंग ल्याउने घटना भए ।

खबरहब डटकमले हरेक शुक्रबार साताभरिका घटनालाई समेटेर ब्रिफिङ पस्कने गरेको छ । एक सातामा मुख्य घटनामा ‘रि–भिजिट’ गरिएको यो सामग्री पाठकहरुका लागि उपयोगी हुन सक्छ ।

सम्भावना र चुनौतीबीच सम्हालिएर अघि बढे सफल हुन्छ बालेन सरकार

शुक्रबार देशले नयाँ सरकार प्राप्त गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह ‘बालेन’ ३६ वर्षको उमेरमै प्रधानमन्त्री बनेका छन् ।

लामो समयदेखिको अस्थिरता र जेन-जी आन्दोलनपछि देखिएको राजनीतिक संकटपछि फागुन २१ भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा अत्यधिक बहुमत हासिल गर्दै रास्वपाले एकल सरकार बनाएको हो ।

शुक्रबार बालेनको नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ । मन्त्रिपरिषद् गठनसँगै सबै मन्त्रीहरूले पनि आफ्नो कार्यभार सुरु गरेका छन् ।

जननिर्वाचित सरकार बनेसँगै भदौदेखि मुलुकमा देखिएको संवैधानिक संकटबाट मुलुक फेरि ट्रयाकमा आएको कानुनविद्हरूको भनाइ छ ।

पूजाअर्चनासहित सरकारी निवासमा प्रधानमन्त्री शाह (तस्बिरहरू)

मन्त्रिपरिषदमा दोहोरिएका यी चार अनुहार

कार्की आयोगको प्रतिवेदन तत्कालै कार्यान्वयनमा लैजाने सरकारको निर्णय

बालेनले सस्मितलाई बनाए सरकारको प्रवक्ता

यौनजन्य हिंसा र बलात्कारसम्बन्धी कानुन संशोधन गर्ने नवनियुक्त कानुनमन्त्रीको पहिलो निर्णय

मन्त्रिपरिषदमा वादी समुदायको पहिलो प्रतिनिधित्व, बालुवा चालेर हुर्केकी सीता बनिन् मन्त्री

दुई अमेरिकी विश्वविद्यालयमा पढेका शिशिरलाई कूटनीतिको कमान्ड

अर्थमन्त्री वाग्लेको पहिलो निर्णय : आर्थिक अवस्थाको समीक्षादेखि सुधार कार्यदल गठनसम्म

भारतीय समकक्षी जयशंकरद्वारा खनाललाई बधाई, सहकार्य सुदृढ बनाउने अपेक्षा

श्रममन्त्रीको पहिलो निर्णय- नेपालमै रोजगारी सिर्जना गरेर युवालाई पलायन रोक्छु 

बालेन्द्रले लिए प्रधानमन्त्री पदको शपथ

नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले प्रधानमन्त्री पदको शपथ लिएका छन्।

राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री बालेन्द्रलाई शपथ खुवाएका छन्।

उनको शपथमा पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा र केपी शर्मा ओली भने सहभागी भएनन् ।

बालेन्द्र यस पटक झापा क्षेत्र नम्बर ५ बाट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ४९ हजार ६१४ मतले हराउँदै प्रतिनिधिसभामा आएका थिए ।

बालेनलाई बधाई दिँदै गगनले भने : रचनात्मक सहयोग र साथ दिन्छु

ओलीले भने : सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई

बालेन्द्रलाई महेश बस्नेतको बधाई, भने : जिम्मेवारी प्रमाणित गर्नुस्

देउवाले दिए बालेन्द्रलाई बधाई

बालेन्द्र क्याबिनेट : स्वर्णिमलाई दोस्रो, सुधनलाई तेस्रो वरीयता

बालेन सरकार : प्रधानमन्त्रीसहित सबै मन्त्रीले लिँदै शपथ

बालेन र्‍यापर हुँदै मुलुकको कार्यकारी प्रमुखसम्म

प्रधानमन्त्री बालेन्द्रलाई चीनको बधाई, सहकार्य सुदृढ बनाउने प्रतिबद्धता

भूमिमन्त्रीको पहिलो निर्णय-समस्याग्रस्त सहकारीका विषयमा जानकार छु, समाधान गर्छु

खेलकुदमन्त्रीले भने- खेल क्षेत्रमा हुने अनावश्यक राजनीतिकरणलाई अन्त्य गर्छु

ऊर्जामन्त्री श्रेष्ठले भने- ऊर्जाबाट कोही पनि वञ्चित हुनुपरोस्

भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीति अपनाउन गृहमन्त्री गुरुङको निर्देशन

बेपत्ता मुस्ताङ एयरको हेलिकप्टरमा थिए पाइलटसहित ५ यात्रु

दोलखाबाटको ल्याप्चा क्षेत्रबाट शुक्रबार सम्पर्कविहीन भएको मुस्ताङ एयरको हेलिकप्टरमा ५ जना सवार रहेको खुलेको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) त्रिभुवन विमानस्थल कार्यालयका अनुसार ९ एन-एनओ दर्ता नम्बरको एएस ३५० हेलिकप्टर दिउँसो करिब १:३० बजेदेखि सम्पर्कविहीन भएको हो।

महान्यायाधिवक्ता भण्डारीले दिइन् राजीनामा

कांग्रेसले ‘संसदीय सचेतना कार्यक्रम’ गर्ने

परम्परा तोड्दै ‘कोर्ट म्यारिज’ प्रति आकर्षण बढ्दो

अब प्रधानमन्त्री कार्यालय परिसर छिर्नै बालेनको सचिवालयको अनुमति चाहिने

भदौ घटनाले देशलाई सिकाएको पाठ महत्त्वपूर्ण छ : प्रधानमन्त्री कार्की (पूर्णपाठ)

निर्वाचन सम्पन्न गर्नु मुख्य उपलब्धि : गृहमन्त्री अर्याल

जाँचबुझ आयोगको प्रतिवेदनमा अपराध र देशद्रोहलाई पुरै विषयान्तर गरियो : भीमार्जुन आचार्य

काठमाडौंमा सुरु भयो सेतो मछिन्द्रनाथको रथ यात्रा (तस्बिरहरू)

बालेन्द्रलाई दलको नेता बनाउने प्रस्ताव सर्वसम्मत पारित
राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह संसदीय दलको नेता बनेका छन् । सभापति रवि लामिछानेले केन्द्रीय समितिको बैठकमा संसदीय दलको नेता बनाउन प्रस्ताव गरेका थिए ।

त्यसपछि केन्द्रीय समितिले बालेन्द्रलाई भावी प्रधानमन्त्रीका रुपमा पक्का गर्दै दलको नेतामा सर्वसम्मत स्वीकारेको हो ।

रास्वपा केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले बालेनलाई दलको नेतामा स्वीकारेको छ। उक्त संयुक्त बैठकले बालेन्द्रलाई संसदीय दलको नेतामा चयन गरेपछि शुक्रबार प्रधानमन्त्रीको शपथ लिनेछन् ।

नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरूको शपथ ग्रहणलगत्तै वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालय ‘घण्टीघर’ मा केन्द्रीय समितिको बैठक बसेको थियो। सभापति लामिछानेको प्रस्तावलाई केन्द्रीय सदस्यहरूले एकमतले अनुमोदन गरेसँगै अब संसद्‌ र सरकार दुवैतिर रास्वपाको नेतृत्व बालेन्द्रले गर्नेछन् ।

रास्वपाको संसदीय दलको बैठक सुरु

हर्कले पहिलो भेटमा बालेनलाई लगाइदिएका थिए किराती संस्कृतिको प्रतीक ‘सिलाम साक्मा’

सरकारलाई कांग्रेसको सुझाव : भ्रष्टाचार छानबिनलाई पहिलो प्राथमिकता दिनू

केन्द्रीय समितिबाट संसदीय दल गठनको प्रस्ताव सर्वसम्मत पारित 

शपथपछि रास्वपाको व्यस्तता : ४ बजे केन्द्रीय समिति, ५ बजे संसदीय दलको बैठक

रवि-बालेन्द्रले नै सबै मन्त्रीको नाम टुंग्याउने, केन्द्रीय समितिमा छलफल नहुने

रवि लामिछानेको रिट लगातार ‘हेर्दाहर्दै’मा, आइतबार सुनुवाइ हुने

रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक, बालेन्द्रलाई दलको नेता बनाइँदै

देश र जनताका पक्षमा दृढतापूर्वक काम गर्न सांसदलाई अध्यक्ष ओलीको निर्देशन

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको परिणामबाट निराश नभई देश र जनताका पक्षमा दृढतापूर्वक काम गर्न आफ्ना सांसदहरूलाई निर्देशन दिएका छन्।

प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले आज शपथ लिएलगत्तै पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा उनले प्रतिनिधिसभा र राष्ट्रियसभामा रहेका आफ्ना सांसदलाई जनहित र राष्ट्र निर्माणलाई केन्द्रमा राखेर काम गर्न निर्देशन दिएका हुन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले यसअघि पनि पार्टीले देश र जनता पक्षमा काम गरेको स्मरण गराउँदै आगामी दिनमा पनि मुलुकको समृद्धिका पक्षमा काम गर्नुपर्नेमा जोड दिए । उनले आफूहरू सत्य, समृद्धि र विकासको मार्गमा रहेकाले आफूविरुद्ध हुनसक्ने गलत प्रचारविरुद्ध दृढतापूर्वक सामना गर्दै अघि बढ्नुपर्ने बताए।

ओलीको तर्क : अहिले पनि एमाले २०७९ को रास्वपाभन्दा ठूलै छ, आत्तिनु पर्दैन

ओलीको घोषणा : जाँचबुझ आयोगको प्रतिवेदन निन्दनीय र खेदजनक, स्वीकार्दैनौँ

जेन-जी आन्दोलन भड्काउन टिओबी समूहले नियोजित भूमिका खेलेको देखिन्छ : बाबुराम भट्टराई

मध्यरातमा प्रकृति संरक्षण कोषका नवनियुक्त अध्यक्ष श्रेष्ठले गरे पदभार ग्रहण

छ महिनामा जे गरियो, त्यो राम्रो गरियो : मन्त्री सिन्हा

गृहमन्त्रीबाट बिदा लिए ओमप्रकाशले 

जेन-जी आन्दोलनका २९ घाइतेको बयान : बिना चेतावनी प्रहरीले गोली चलायो
गत भदौ २३ र २४ गते राजधानीका विभिन्न स्थानमा भएको भ्रष्टाचार विरोधी आन्दोलन र त्यसक्रममा भएको झडपका विषयमा २९ जना घाइते प्रदर्शनकारीहरूले आफ्नो आधिकारिक बयान (कागज ब्यहोरा) दिएका छन् ।

जेन(जी आन्दोलन सम्बन्धी छानबिन गर्न बनेको गौरी बहादुर नेतृत्वको छानबिन आयोगलाई दिएको बयानमा घाइतेहरूले प्रहरीले बिना चेतावनी चलाएको बताएका छन् । घाइतेहरू कृष्ण सुनार, आर्यन अधिकारी, प्रकाश बहादुर बोहरालाई शरीरका विभिन्न भाग छाती, खुट्टा, घाँटी, हातमा धातुको गोली र रबर बुलेट लागेको पाइएको छ ।

त्यस्तै १८ वर्षीया एकता शाह र पत्रकार शम्भु दंगालको खुट्टामा गम्भीर चोट लागेको छ भने सन्तकुमार मेहताको घाँटीमा गोली लागेर उनी भेन्टिलेटरसम्म पुगेको बयान आयोलाई दिएका छन् । प्रहरीलाई बचाउन खोज्दा गीता कुमारी शाहलाई प्रदर्शनकारीले पेट्रोल छर्केर आगो लगाउँदा उनको शरीरको ४०५ भाग जलेको उल्लेख गरेकी छन् ।

ललितपुरमा कोरियन प्रविधिमा आधारित कृषि फार्म सञ्चालन 

शान्त प्रदर्शनकारीमाथि नगरप्रहरीको दमन

काठमाडौंमा सुरु भयो सेतो मछिन्द्रनाथको रथ यात्रा (तस्बिरहरू)

छानबिन आयोगको प्रतिवेदन : प्रहरीको गोली लागेर ५१ जना आन्दोलनकारीको मृत्यु

उपत्यका विकास प्राधिकरणले भन्यो-सूचना दिँदा पनि अटेर गरेकाले डोजर चलायौँ

काठमाडौं उपत्यकाका गुम्बा, मदरसा र चर्चबाट सुरक्षा चुनौती, निगरानी बढाउन जाँचबुझ आयोगको सुझाव

कांग्रेसको १५औँ महाधिवेशन असोजमा
नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन आगामी असोजमा गर्ने निर्णय गरेको छ ।

पार्टी कार्यालय सानेपामा बुधबार बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले १५ औ महाधिवेशन आगामी असोज १६, १७ र १८ गते काठमाडौँमा गर्ने गरी मिति संशोधनसहित पारित गरेको हो ।

महाधिवेशन अन्तर्गत भाद्र ३ गतेबाट वडा अधिवेशन सुरु हुने कांग्रेसले जनाएको छ । यसअघि मंगलबारको बैठकमा सभापति गगनकुमार थापाले भदौमा महाधिवेशन गर्ने प्रस्ताव गरेको थियो ।

बैठकले महाधिवेशनको प्रक्रिया आरम्भ गर्दै यसका लागि वरिष्ठ अधिवक्ता प्रेम बहादुर खड्काको अध्यक्षतामा निर्वाचन समिति बनाइएको प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।

स्वः घोषणा गर्ने चेतावनीसहित तत्काल भाडा बढाउन व्यवसायीको माग 

राष्ट्रपतिसमक्ष सर्वोच्च अदालतसहित तीन निकायको वार्षिक प्रतिवेदन पेश

सिरहा हत्या प्रकरण : ५४ दिनमा पनि पत्ता लागेन दोषी

सिंहदरबारमा तयार भए छ दलका लागि संसदीय दलको कार्यालय (तस्बिरहरू)

सडकमा बसेर जनताको सरकार चलाउँछौँ : कुलमान घिसिङ

इरान स्कुल विस्फोटमा न्यायको माग

इरानको एक विद्यालयमा भएको घातक विस्फोटले युद्धका निर्दोष पीडितहरूको पीडा पुनः उजागर गरिरहँदा संयुक्त राष्ट्रसङ्घले घटनाको निष्पक्ष छानबिन र न्याय सुनिश्चित गर्न कडा आग्रह गरेको छ ।

संयुक्त राष्ट्रसङ्घका मानवअधिकार प्रमुख भोल्कर टर्कले उक्त आक्रमणलाई ‘भित्री आतङ्क’ सिर्जना गर्ने घटना भन्दै दोषीमाथि जवाफदेहिता आवश्यक रहेको बताए ।

संयुक्त राष्ट्र मानव अधिकार परिषदमा शुक्रबार सुरु भएको आकस्मिक बहसमा बोल्दै उनले युद्धका मतभेदहरू समाधान गर्ने नाममा बालबालिकामाथि आक्रमण हुनु अस्वीकार्य रहेको स्पष्ट पारे । मध्यपूर्व युद्धको पहिलो दिन फेब्रुअरी २८ मा इरानको मिनाबस्थित एक प्राथमिक विद्यालयमा भएको बम विस्फोटले ठूलो मानवीय क्षति निम्त्याएको थियो ।

बहराइन र यूएई होटलमा अमेरिकी सैनिकको उपस्थिति : इरानको कडा प्रतिक्रिया

अफगानिस्तानमा भारी वर्षा र बाढी : पाँच जनाको मृत्यु, छ घाइतेपश्चिम एशियामा सैन्य उपस्थिति बढाउँदै अमेरिका

पश्चिम एशियामा सैन्य उपस्थिति बढाउँदै अमेरिका

रूसको ऊर्जा क्षेत्रमा ‘ग्याजप्रोम’को नयाँ रणनीति

इरानमाथि हवाई हमलाबारे बैठक हुने : रुसी सरकारी मिडिया

स्ट्रेट अफ होरमुज इरानको नियन्त्रणमा, विश्व बजारमा तेल आपूर्ति संकट गहिरिँदै

ट्रम्पद्वारा १० दिनका लागि आक्रमण स्थगित, कच्चा तेलको मूल्य घट्यो

इरानी वार्ताकारले विचित्रको व्यवहार देखाए, समयमै गम्भीर नभए परिणाम भयानक : ट्रम्प
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी वार्ताकारको व्यवहारलाई ‘विचित्र’ भन्दै कडा चेतावनी दिएका छन् ।

आफ्ने स्वामित्वको ट्रुथ सोसल सामाजिक सञ्जालमा पोस्ट गर्दै राष्ट्रपति ट्रम्पले पर्दापछाडि सम्झौताका लागि ‘भिख मागिरहेको’ भएपनि इरानी पक्षले सार्वजनिक रूपमा भने अमेरिकी प्रस्तावमाथि विचार मात्र गरिरहेको नाटक मञ्चन गरेको जनाएका छन् ।

ट्रम्पले इरानको यो शैलीलाई पूर्ण रूपमा गलत भनेका छन् । राष्ट्रपति ट्रम्पले इरानको सैन्य शक्ति समाप्त भइसकेको र अब उसले पुनरागमन गर्ने कुनै सम्भावना नरहेको दाबी गरेका छन् ।

उनले इरानी पक्षलाई समयमै गम्भीर हुन सचेत गराएका छन् । ढिलो भएमा त्यसको परिणाम निकै भयानक हुने र पछि फर्कने बाटो नरहने उनको चेतावनी छ । ट्रम्पले इरानलाई अन्तिम मौका दिँदै छिटो निर्णय लिन दबाब दिएका छन् ।

नेटोसँग क्रुद्ध ट्रम्प भन्छन्- ‘बौलाहा राष्ट्र’ विरुद्ध कुनै सहयोग गरेनन्

भेनेजुएलाका पूर्वराष्ट्रपति मादुरो अदालतमा उपस्थित हुँदै

इरान द्वन्द्व चाँडै अन्त्य गर्ने ट्रम्पको सङ्केत

यूएईको आबु धाबीमा क्षेप्यास्त्रको भग्नावशेष खस्दा दुई जनाको मृत्यु

बस्फोरस स्ट्रेटनजिक कृष्ण सागरमा रुसी तेल बोकेको टर्किस ट्याङ्करमा ड्रोन आक्रमण

बेलारुसी राष्ट्रपति लुकाशेन्को उत्तर कोरियामा

बङ्गलादेशको पद्मा नदीमा बस खस्दा २३ जनाको मृत्यु

मध्यपूर्व द्वन्द्व चर्किँदै, वार्ता अनिश्चित

जर्मनीले भन्यो, ‘इरान युद्ध हाम्रो होइन, हामी फस्न चाहँदैनौं’

इरानले भारतलाई होर्मुज स्ट्रेट हुँदै तेल बोकेका जहाज आवतजावतको अनुमति दियो

प्रकाशित मिति : १३ चैत्र २०८२, शुक्रबार  ७ : ४८ बजे

निजी छाडेर सामुदायिकमा विद्यार्थी, नमुना बन्दै पडरिया मावि

सिरहा – लहान नगरपालिका–१२ पडरिया थारुटोलस्थित ‘माध्यमिक विद्यालय पडरिया’ थारुटोलले

प्रधानमन्त्री बालेनको गीतले बनायो नयाँ रेकर्ड

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको नयाँ र्‍याप गीत ‘जय महाकाली’ले

पर्यटन विकाससँगै जैविक विविधता जोगाउन ‘प्यारा’ तालको संरक्षण गरिँदै

कैलाली – कैलालीसँगै सिमाना जोडिएको जिल्ला कञ्चनपुरको पुनर्वास नगरपालिका–८ र

नागरिकसँग गरेका वाचा पूरा गर्छौं : लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नागरिकसँग

लेबनान ‘मानवीय विपत्ति’ को जोखिममा : युएनएचसिआर

जेनेभा – मध्यपूर्व युद्धको झन्डै एक महिनापछि लेबनानले गहिरिँदै गएको