आजका समाचार : संसद्‍मा शीर्ष नेताहरूको सम्बोधन, ओली-लेखक थप दुई दिन हिरासतमै रहने, एसईई सुरु र पश्चिम एशियामा युद्ध जारी « Khabarhub

आजका समाचार : संसद्‍मा शीर्ष नेताहरूको सम्बोधन, ओली-लेखक थप दुई दिन हिरासतमै रहने, एसईई सुरु र पश्चिम एशियामा युद्ध जारी


१९ चैत्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 6 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

एमालेलाई रमेश लेखकको माया लाग्दा कांग्रेससहितका अरू दल सरकारसँग नरम
प्रतिनिधिसभाको बिहीबार बसेको पहिलो बैठकमा नेकपा एमालेबाहकेका प्रतिपक्षी नरम देखिएका छन्।

एमालेका उपाध्यक्ष एवम् संसदीय दलका नेता रामबहादुर थापा बादलले भदौ २३ र २४ को जेन-जी आन्दोलनलाई लिएर सरकारमाथि एकपछि अर्को आक्रमण गर्दा अन्य दल भने नरम देखिएका हुन् । बैठकमा नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट बोलेका वर्षमान पुनले सरकारले जनहितमा काम गरे साथ दिने बताए ।

उनले राष्ट्र हितका एजेन्डा अगाडि बढाउँदा आफ्नो दलले साथ दिने आश्वासन बालेन्द्र शाह नेतृत्वको सरकारलाई दिएका छन् ।

उनले सत्तापक्षमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीलाई गणतन्त्रका सुन्दर फूलहरूको संज्ञा दिँदै फकाउने कोसिस गरे ।

वर्षमानको अभिव्यक्तिमा राष्ट्रिय स्वतन्त्र पार्टीप्रति निन्दा वा विरोधको शब्द सुनिएन। बरू उनले २०६४ सालमा नेकपा माओवादीले पनि बहुमत ल्याएको स्मरण रास्वपालाई गराए ।

संसद्‌मा कांग्रेसको प्रश्न- सरकारले जाँचबुझ आयोगको प्रतिवेदन किन सार्वजनिक गरेन ?

बादलको व्यंग्य : रास्वपाको ‘जितका लागि’ सेना, विदेशी शक्ति र सरकारी संरचना जलाउनेलाई बधाई

देउवाको स्पष्टीकरण : बूढानीलकण्ठस्थित निवास बेचेको होइन, बिक्री गर्ने योजना पनि छैन

एमालेले ओली-लेखकको मुद्दा उठाउँदा कांग्रेस र अन्य प्रतिपक्षी मौन

गृहमन्त्रीले प्रतिनिधिसभामा पेस गरे तीन अध्यादेश, अर्को बैठक चैत्र २२ गते

प्रतिनिधि सभाको पहिलो बैठकमा प्रधानमन्त्रीसहित सबै मन्त्रीहरू उपस्थित

प्रतिनिधि सभाको पहिलो बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहसहित मन्त्रिपरिषद्का सबै सदस्यहरू उपस्थित भएका छन्। बैठकमा सत्तापक्ष र प्रतिपक्षका शीर्ष नेताहरूको समेत उल्लेखनीय उपस्थिति देखिएको छ।

प्रधानमन्त्री शाहसँगै अर्थमन्त्री डा। स्वर्णिम वाग्ले, शिक्षामन्त्री सस्मित पोखरेल, परराष्ट्रमन्त्री शिशिर खनाल, उद्योगमन्त्री विराजभक्त श्रेष्ठ, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल, कानुनमन्त्री सोविता गौतम लगायत मन्त्रीहरू बैठकमा सहभागी भएका हुन्।

पहिलो बैठक भएकाले विभिन्न राजनीतिक दलका शीर्ष नेतृत्वको सक्रिय सहभागिता देखिएको छ।

साइकल चढेर संसद् गए रास्वपा सांसद गजुरेल  

सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं

दलित समुदायसँग रविले मागे माफी

सदनलाई राष्ट्रपति कार्यालयको पत्रको जानकारी

लोकतन्त्रको आधार संवाद, सहमति र सहकार्य : प्रतिनिधिसभाका सभाध्यक्ष केसी

जिम्मेवारी पूरा गरेर मतादेशको ऋण तिर्नेछौँ : सभापति लामिछाने

संसद्‌मा प्रचण्ड बोलेनन्, वर्षमानलाई बोल्ने अवसर दिए

नयाँ सांसदहरूलाई वर्षमान पुनले भने- गणतन्त्रका ‘सुन्दर फूल’

राष्ट्रिय हितमा सरकारलाई सहयोग हुने छ : सांसद आङ्देम्बे

संसद्‌मा प्रतिपक्षको आवाज कमजोर हुन दिँदैनौँ, लोकतन्त्र जोगाउन प्रतिबद्ध : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले प्रतिनिधि सभामा प्रतिपक्षको भूमिकालाई सशक्त राख्नुपर्ने बताएका छन्। प्रतिनिधि सभाको पहिलो बैठकमा सम्बोधन गर्दै उनले संसद्‌मा प्रतिपक्षीको आवाज कमजोर हुन नदिने प्रतिबद्धता जनाए। प्रतिपक्षको आवाज कमजोर हुँदा लोकतन्त्र नै कमजोर हुने उनको भनाइ छ।

‘हामी संसद्‌मा प्रतिपक्षको आवाज कमजोर बनाउँदैनौँ। हामीलाई थाहा छ, सदनमा प्रतिपक्षको आवाज कमजोर भयो भने लोकतन्त्र कमजोर हुन्छ,’ उनले भने।

उनले संसद्लाई बहस र विचार विमर्शको थलोका रूपमा विकास गर्नुपर्नेमा जोड दिए। ‘संसद बहसको थलो हुनेछ, प्रतिशोधको होइन,’ उनले भने, ‘विगतमा भएको राजनीतिक प्रतिशोधको अन्त्य गर्नेछौं।’

लामिछानेको अभिव्यक्तिलाई संसदीय अभ्यासलाई मर्यादित र संवादमुखी बनाउने प्रयासका रूपमा लिइएको छ।

रविले भने : कसैमाथि प्रतिशोध हुने छैन, प्रश्न गर्दैमा माइक काटिने छैन

संसद्‌मा कांग्रेसको प्रश्न- सरकारले जाँचबुझ आयोगको प्रतिवेदन किन सार्वजनिक गरेन ?

रवि र बालेनलाई वर्षमानले भने, ‘हामीले बहुमत सदुपयोग गर्न सकेनौँ, शिक्षा लिनू’

कांग्रेसले संसद्‍मा सोध्यो : जेन-जीका नाममा सिंहदरबार र संसद् भवन किन जलाइयो ?

सरकार डढेलो बने निभाउने साहस राख्छौँ : ज्ञानेन्द्र शाही

म प्रायः कसैसँग मिल्दिनँ : महावीर पुन

संसदको पहिलो सम्बोधनमा हर्क साम्पाङले के भने ?

संसद्को पहिलो बैठकमै एमालेद्वारा सरकारको विरोध, भन्यो, ‘ओली–लेखकलाई तत्काल रिहा गरियोस्

संसद्को पहिलो बैठक बस्नेबित्तिकै एमालेको विरोध

डीपीलाई सभामुखको उम्मेदवार बनाउने रास्वपाको निर्णय
राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभापति डोलप्रसाद डीपी अर्याललाई सभामुखको उम्मेदवार बनाउने भएको छ ।

पार्टी सभापति रवि लामिछानेको प्रस्तावमा सर्वसम्मत रुपमा अर्याललाई सभामुखमा अगाडि बढाउने निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिए । आगामी चैत २२ गते संसद बैठक डाकिएको छ । सोही बैठकले नयाँ सभामुख चयन गर्ने अपेक्षा गरिएको छ ।

स्थापनाकालदेखि नै उपसभापति बनेका अर्याललाई पार्टीले संसद चलाउने ऐतिहासिक जिम्मेवारी दिने भएको हो । बिहीबार बसेको संसदीय दलको बैठकले अर्याललाई सभामुख बनाउने निर्णय गरेको हो । बालेन्द्र शाह नेतृत्वको सरकारमा गृहमन्त्रीको दाबेदार मानिएका अर्याललाई सभामुखमा पठाउन बालेन्द्रले रविलाई सल्लाह दिएको नेताहरु बताउँछन् ।

पार्टी सभापति र प्रधानमन्त्रीको सल्लाहमै अर्याल सभामुख बन्न लागेका हुन् । उनी पार्टी सभापति रवि लामिछाने कारागार चलान हुँदा पार्टीको नेतृत्वमा रहेर काम गरेका व्यक्ति हुन् ।

संसद लगत्तै रास्वपा संसदीय दलको बैठक

राष्ट्रियसभा बैठक : कामका आधारमा सरकारको मूल्यांकन गरिने

शिक्षा क्षेत्रलाई प्रभावकारी बनाउन महावीर पुनले गराए सरकारको ध्यानाकर्षण

राजस्व चुहावट नियन्त्रणका लागि कार्ययोजना बनाएर काम गर्न निर्देशन

भ्रष्टाचार नियन्त्रणमा कडाइ गर्न मुख्यसचिवको निर्देशन

रामबहादुरले टिओबीको नाम लिँदा गृहमन्त्री गुरुङ डराएझैँ गरेर रिसाए ?

विभेदको कुरा गर्छौँ सदनभित्रै विभेद भयो : हर्क साम्पाङ

संसद्‍मा हर्कको माग- देशको आर्थिक अवस्था सुल्झाउन खेतीबारीका समस्या समाधान गरौँ

सरकारले विस्थापन होइन व्यवस्थापनको नीति अँगालोस् : हर्क साम्पाङ

विदेशी विश्वविद्यालयको सम्बन्ध लिएका कलेजको विषयमा चुइँक्क बोलेन बालेन सरकार
बालेन्द्र शाह ‘बालेन’ नेतृत्वको सरकारले पहिलो दिनको मन्त्रिपरिषद् बैठकबाट शासकीय सुधारका निम्ति एक सय कार्यसूची पारित गर्‍यो । तर, सो कार्यसूचीमा भने लामो समयदेखि विवादित रहँदै आएको विदेशी विश्वविद्यालयबाट सम्बन्ध लिएका नेपाली कलेजमाथिको नियमन भने परेको छैन ।

विदेशी विश्वविद्यालयबाट सम्बन्ध लिएको नाममा तोकेको मापदण्डविपरित दर्जनौँ संख्यामा सञ्चालन भएका कतिपय कलेजलाई कारबाही गर्नुपर्ने र कतिपय कलेजलाई नियमनको दायरामा ल्याउनुपर्ने विषय लामो समयदेखि उठ्दै आएको छ ।

विगतमा लामो समयदेखि एकदलीय सरकार बन्न नसकेको र कतिपय विवादास्पद विषय सम्बोधन हुन नसकेकोमा बालेन सरकारले पनि नेपालको शैक्षिक क्षेत्रको प्रतिष्ठासँग समेत जोडिएको विदेशी विश्वविद्यालय सम्बन्धन कलेजको नियमनलाई कतै नजरअन्दाज गर्न खोजेको त छैन भन्ने आशंका पैदा गरेको छ ।

मन्त्री रावलले सहकारी पीडितसँग थालिन् प्रत्यक्ष संवाद, सय दिनमा बचत फिर्ताको योजना

गृहमन्त्री गुरुङले गरे पशुपति मन्दिरमा दर्शन

बालेन सरकारको निर्णयले निजी मिडियालाई धक्का : सरकारी सूचना अब सरकारी सञ्चार माध्यममा मात्रै

एमालेका युवाहरूले घेरे च्यासलस्थित पार्टी कार्यालय (तस्बिरहरू)

प्रधानमन्त्री शाहलाई रूसी समकक्षी मिखाइलको बधाई

महावीर पुन सांसद भएर पनि किन किताब बेच्छन् ?

परराष्ट्रमन्त्री खनाललाई रुसी समकक्षीको बधाई

प्रलोपाको अध्यक्ष परिषद् सदस्य सुदन किरातीले दिए राजीनामा

 आजदेखि एसइई : पाँच लाख १२ हजार ४२१ विद्यार्थी सहभागी 

आजदेखि सञ्चालन भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा यस वर्ष थप पारदर्शी र व्यवस्थित बनाइएको छ । 

राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले विगतमा झैँ देशभर एकैपटक परीक्षा सञ्चालन गरेको हो। परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार देशभरका तोकिएका परीक्षा केन्द्रबाट बिहान ८ बजेदेखि एकै समयमा एसइई परीक्षा सुरु भएको थियो ।

यही चैत २९ गते सम्पन्न हुने एसइई परीक्षामा यस वर्ष पाँच लाख १२ हजार ४२१ जना विद्यार्थी सहभागी थिए । तीमध्ये नियमिततर्फ चार लाख ४१ हजार ५६६ जनाले र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ जनाले परीक्षा दिने भएका छन्। परीक्षा दिनेमा छात्राको सङ्ख्या बढी छ। 

यस वर्ष दुई लाख ५७ हजार ६१३ छात्रा, दुई लाख ५४ हजार ८०१ छात्र र अन्य सात जना परीक्षामा सहभागी छन् ।

टिकटकर तुल्सा अधिकारीसहित ६ जनाविरुद्ध २१ करोडको सम्पत्ति शुद्धीकरण मुद्दा

पार्टीभित्रको विवाद मिलाउन नसके आगामी निर्वाचनमा झन् अवस्था बिग्रन्छ : शेखर कोइराला

भारतको सहयोगमा नेपालमा ७ विकास परियोजना अघि बढ्ने, समझदारी पत्रमा हस्ताक्षर

चितवन मालपोत कार्यालयमा सेटिङ धन्दा, ६ बिचौलिया पक्राउ

सुरु भयो एसईई (तस्बिरहरू)

पक्राउ परे व्यवसायी दीपक भट्ट

ट्रम्पको सम्बोधनपछि इजरायलमा इरानी क्षेप्यास्त्र आक्रमण
इजरायली सेनाले बिहीबार बिहान इरानबाट गरिएको क्षेप्यास्त्र आक्रमणको लहरको सामना गरेको जनाएको छ । उक्त आक्रमण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध सम्बन्धी विषयमा अमेरिकी जनतालाई सम्बोधन गरेलगत्तै भएको बताइएको छ ।

पहिलो आक्रमणपछि प्रहरीले मध्य इजरायलका विभिन्न प्रभावित क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको जनाएको छ । सञ्चारमाध्यमका अनुसार करिब नौ स्थान प्रभावित भएका छन् । तेल अभिव क्षेत्रमा चार जना सामान्य घाइते भएको चिकित्सकलाई उद्धृत गर्दै प्रतिवेदनमा उल्लेख गरिएको छ ।

इजरायली सञ्चारमाध्यमले आक्रमणबाट फराकिलो क्षेत्रमा क्षति पुगेको उल्लेख गर्दै यसको कारण क्लस्टर हतियारको प्रयोग हुन सक्ने बताएका छन् । यस्ता हतियार हावामै विस्फोट भई साना बमहरू छर्छन् । इरान र इजरायलले यसअघि पनि एकअर्कामाथि क्लस्टर बम प्रयोगको आरोप लगाउँदै आएका छन् ।

पहिलो आक्रमणको करिब छ घण्टापछि इजरायली सेनाले पुनः तीन चरणमा इरानबाट प्रहार गरिएका क्षेप्यास्त्रहरू पहिचान गरेको जनाएको छ । यससँगै उत्तरी र मध्य इजरायलका अधिकांश क्षेत्रमा हवाई आक्रमणको साइरन बजाइएको थियो ।

धम्कीको भाषामा ट्रम्पले भने : इरानसँग युद्ध जितिसक्यौँ, अब पनि नमाने ढुंगे युगमा पुर्‍याइदिन्छौँ

ट्रम्पको भनाइको अमेरिकामै विरोध, इरानी सेनाको कडा चेतावनी

आफ्ना नागरिकलाई इराक छोड्न अमेरिकी निर्देशन

आर्टेमिस–२ : चन्द्र यात्रामा मानवको पुनरागमन

इरानी सर्वोच्च नेताद्वारा पूर्वाधार पुनःस्थापना अभियानको आह्वान

पश्चिम एशियामा युद्ध चर्किँदा विश्व चिन्तित

इन्धन सङ्कटले भुटानमा जनजीवन कष्टकर

स्ट्रेट अफ हर्मुज सञ्चालनका लागि सैन्य अभियान अवास्तविक : म्याक्रोँ













 



























प्रकाशित मिति : १९ चैत्र २०८२, बिहीबार  ८ : ०३ बजे

पश्चिम एसिया द्वन्द्वका कारण छ लाखभन्दा बढी यात्रु भारत फर्किए

नयाँदिल्ली – अमेरिका–इजरायल र इरानबीचको द्वन्द्व दोस्रो महिनामा प्रवेश गरिरहँदा

गृहमन्त्री नपाएका डिपीलाई रास्वपाले सभामुखमा अघि सार्ने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापनाकालदेखि नै उपसभापति बनेका डिपी

गृहमन्त्री गुरुङ त्रिभुवन विमानस्थलको अनुगमनमा

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ अनुगमनका लागि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल

फेरि बढ्यो डिजेल र पेट्रोलको मूल्य (सूचीसहित)

काठमाडौं – इन्धनको मूल्यमा फेरि वृद्धि गरिएको छ। नेपाल आयल

व्यापारी भट्टमाथि १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौं – जिल्ला अदालतले सम्पत्ति शुद्धिकरण कसुरमा व्यापारी दीपक भट्टमाथि