साप्ताहिक ब्रिफिङ : केपी, रवि र बालेनविरुद्ध आक्रमक गगन, जेन-जी आन्दोलनको भिडियोले विवादमा बीबीसी, निर्वाचनमा तीन दिन बिदा र सम्झौताबिना टुङ्गियो अमेरिका–इरान वार्ता « Khabarhub

साप्ताहिक ब्रिफिङ : केपी, रवि र बालेनविरुद्ध आक्रमक गगन, जेन-जी आन्दोलनको भिडियोले विवादमा बीबीसी, निर्वाचनमा तीन दिन बिदा र सम्झौताबिना टुङ्गियो अमेरिका–इरान वार्ता


१५ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 8 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आदरणीय पाठकवृन्द ! यो साता नेपाली मिडियामा केही सनसनीपूर्ण समाचारहरु छाए । राजनीति, प्रवास क्षेत्रमा तरंग ल्याउने घटना भए ।

खबरहब डटकमले हरेक शुक्रबार साताभरिका घटनालाई समेटेर ब्रिफिङ पस्कने गरेको छ । एक सातामा मुख्य घटनामा ‘रि–भिजिट’ गरिएको यो सामग्री पाठकहरुका लागि उपयोगी हुन सक्छ ।

गगनले केपी ओली, रवि र बालेनमाथि एकसाथ साँधे निशाना

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र साहमाथि एकसाथ निशाना साँधेका छन् ।

पोखरामा शुक्रबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले भने यी तीनैजनाले अहिले पनि अतिवादलाई मलजल गरिरहेको आरोप लगाएका छन् ।

पाँच वर्ष देश बनाउने स्पष्ट भिजनका साथ अगाडि बढेका छौँ : गगन थापा

‘गठबन्धनको राजनीतिले खराब परिणाम दियो : हामीले दूषित राजनीतिलाई सफा गर्छौँ’

गगनको अपिल : कसैलाई मौका दिने नाममा देशलाई प्रयोगशाला नबनाऔँ सभापति थापा

विश्वप्रकाशले भने : पुरानाका दिन सकिएका भए धर्मशास्त्र र धर्ती बाँकी हुने थिएनन्

चितवनबाट तनहुँ पुगेका रविलाई मुख्य सडकमै कालोझण्डा

बालेन्द्रले ल्याए भारतको तरकारी रोक्ने योजना, वाइवाइलाई दिए ‘कांग्रेसको चाउचाउ’को संज्ञा

जिल्ला आचारसंहिता अनुगमन समितिमा एक हजार ७६ उजुरी, लुम्बिनीमा सबैभन्दा धेरै

प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको पहिलो भेट, के के भयो कुराकानी ?

प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत महामहिम चाङ माओमिङले शुक्रबार सिंहदरबारमा भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्री कार्कीले नवनियुक्त राजदूतलाई बधाई दिँदै कार्यकाल सफलताका लागि शुभकामना व्यक्त गरिन् ।

यसका साथै उनले राजदूत चाङ माओमिङले प्राप्त जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने र दुई देशबीचको मित्रवत् सम्बन्धलाई अझै उचाइमा पुर्‍याउने महत्त्वपूर्ण भूमिकामा सफल हुने विश्वास व्यक्त गरिन् ।

चिनियाँ राजदूत माओमिङले व्यस्तताका बीच शिष्टाचार भेटका लागि समय उपलब्ध गराइदिएकामा प्रधानमन्त्री कार्कीलाई धन्यवाद दिए ।

रास्वपामा गएको केही दिनमै एमालेमा फर्किए बामदेव गुरुङ

देवराज घिमिरेको स्पष्टीकरण : मैले महाकाली सन्धिमा हस्ताक्षर गरेको थिइनँ

ओलीको जिकिर : सरकारले अझै निष्पक्ष निर्वाचनको वातावरण बनाउन सकेन

‘सडक बनेन भनेर कसैलाई रुखमा झुन्ड्याउँछु भन्दैमा देश बन्दैन’

‘अबको पाँच वर्षलाई खेर जान दिँदैनौँ, हरेक महिनाको प्रगति विवरण सार्वजनिक गर्छौँ’

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले अबको पाँच वर्षलाई स्वर्णिम बनाउने दाबी गरेका छन् ।

सुर्खेतमा बिहीबार कांग्रेसको कर्णाली प्रदेशस्तरीय चुनावी सभालाई सम्बोधन गर्दै सभापति थापाले फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा जिताएर मुलुकलाई स्वर्णिम पाँच वर्ष बनाउन सबैलाई आग्रह गरे ।

‘विगत पाँच(छ वर्ष केवल सरकार बनाउने र फेर्ने काममा मात्रै खर्च भयो । यसले तन्नेरीलाई रुष्ट बनायो । देशले गति समात्नु पर्नेमा गठबन्धनको राजनीतिले कहीँ न कहीँ दूषित बनायो । अब ०८२ देखि ०८७ सम्मको पाँच वर्ष हामी आग्रह गरिरहेका छौँ’, उनले भने, ‘यो एउटा मौकालाई नेपालको इतिहासलाई स्वर्णिम बनाउने छौँ भनेर सपना बोकेर आएका छौँ । हामीलाई नेपालको सीमितता थाहा छ । यसलाई सुधार्छौँ । प्रतिज्ञापत्र सार्वजनिक गरेका छौँ । पाँच वर्ष भनेर बस्दैनौँ । वैशाख १ गते आउँछ र एक महिनामा यो काम गर्यौँ भन्छ कांग्रेसले । जेठ १ गते आउँछ र एक महिनामा यी काम गर्यौँ भन्छौँ ।’

उनले पाँच वर्षका योजनाबारे सबै दलसँग सामूहिक टेबलमा बस्न तयार रहेको बताए । तर कोही पनि यसका लागि तयार नभएको भन्दै उनले कोही कसैले कुनै नाटक गर्यो भने कर्णालीले त्यसलाई पत्याउन नहुने बताए ।

बालेनलाई गगनको जवाफ : यार्सागुम्बा र मार्सी धानको गीत गाएर मात्रै कर्णालीको विकास हुँदैन

कांग्रेसको निष्कर्ष : पार्टीको पक्षमा जनलहर चलेको छ

गगनले भने : हिजो माओवादीले मान्छे मारिरहँदा नक्कली शरणार्थी बनेर मस्ती मार्नेहरूलाई नपत्याउनू

सरकारले निष्पक्ष रूपमा निर्वाचन सम्पन्न गराउँछ : गृहमन्त्री अर्याल

निर्वाचन लक्षित तीनदिन सार्वजनिक बिदा दिने सरकारको निर्णय
सरकारले प्रतिनिधिसभा निर्वाचनका लागि फागुन २० देखि २२ गते सम्म सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचन आयोगको सिफारिस अनुसार प्रतिनिधिसभा निर्वाचनका लागि फागुन २० देखि २२ गते सम्म सार्वजनिक बिदा दिने निर्णय गरेको हो । प्रतिनिधिसभा निर्वाचन फागुन २१ गते देशैभर हुँदै छ ।

त्यस्तै बैठकले जेन-जी परिषद् गठन गर्ने निर्णय समेत गरेको सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए । बैठकले प्रतिनिधिसभा निर्वाचनका लागि चीन सरकारबाट प्राप्त हुने प्रस्ताविक ४ मिलियन अमेरिकी डलर बराबरको नगद अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको उनले बताए ।

मतपेटिका ढुवानी नेपाल प्रहरीले गर्ने : गृहमन्त्री अर्याल

आयोग भन्छ : बीबीसीको डकुमेन्ट्री विवाद कूटनीतिक माध्यमबाट समाधान गर्छौँ

निर्वाचन आचारसंहिता उल्लङ्घनमा कडा कारबाही माग्दै कांग्रेस

मुख्य ६ एजेन्डासहित मतदातालाई प्रचण्ड-माधवको अपिल, ‘व्यवस्था बदल्यौँ, अब जनताको अवस्था बदल्छौँ’

नेपाली कम्युनिष्ट पार्टीले चुनाव नजिकिँदै गर्दा बिहीबार मतदाताका लागि अपिल जारी गरेको छ। पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधव कुमार नेपालले संयुक्त अपिल जारी गर्दै राष्ट्रिय स्वाधीनता, लोकतन्त्रको सुदृढीकरण र आर्थिक–सामाजिक रूपान्तरणलाई मुख्य एजेन्डा बनाएका छन् ।

अपिलमा फागुन २१ गते हुने निर्वाचनलाई ऐतिहासिक अवसरका रूपमा उल्लेख गरिएको छ। विभिन्न २२ कम्युनिष्ट तथा समाजवादी शक्ति एकीकृत भएर नेकपा गठन गरिएको पनि उनीहरूले जनाएका छन् ।

आफूहरू ‘व्यवस्था बदलेको शक्ति’ भएकाले अब ‘अवस्था बदल्ने’ प्रतिबद्धता पनि दुई नेताले गरेका छन् ।

प्रचण्ड र माधवले देखेको खतरा : कुनै दलको बहुमत आउँदैन, देश फेरि अस्थिरतातिर जान्छ

निर्वाचनका सात दिन बाँकीः कर्णालीमा तीन सय ५९ वटा मतदानस्थल अति संवेदनशील

संविधान पुनरावलोकनदेखि सम्पत्ति छानबिन आयोग गठनसम्म नेकपाको प्रतिबद्धता

संविधान कार्यान्वयनको समीक्षा गर्दै परिमार्जन गर्ने नेकपाको उद्घोष

मतदातासमक्ष एमाले महासचिव पोखरेलका पाँच संकल्प 

देउवा सिंगापुरतिर उड्दा पाँच दिनदेखि भारतको तीर्थयात्रामा छिन् पत्नी आरजु
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा बुधबार राति सिंगापुरतिर लागेका छन् ।

यस पटक उनी एक्लै सिंगापुरतिर लागेका हुन् । गत पुस २७ देखि माघ १ गतेसम्म भएको कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट बिदा गरिएका देउवा चुनावको मुखमा अचानक विदेशिएका हुन् ।

विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित गगन थापासँग संवाद नै हुन नसकेको अवस्थामा देउवा विदेशतिर लागे ।

फागुन २१ गतेको मध्यावधि निर्वाचनका क्रममा देउवासहित उनको पक्षका नेताहरूको भूमिकालाई लिएर प्रश्न उठिरहेको छ । अचानक कांग्रेसको नेतृत्वबाट बिदा हुनुपरेपछि क्षुब्ध रहेका देउवा पछिल्लो समय महाराजगञ्जस्थित भाडाको घरमा चुपचाप बसिरहेका थिए ।

झापा-५ मा सेना, प्रहरी र सशस्त्रको संयुक्त गस्ती (तस्बिरहरू)

निर्वाचनको तयारी अन्तिम चरणमा, सुरक्षामा चुनौती देखिएको छैन : आयोग

गोरखामा रविले भने- सिंहदरबार पुनःनिर्माण गर्न सकिन्छ 

प्रतिनिधिसभा निर्वाचनअघि कोशीका भारत–चीन सीमामा सुरक्षा सतर्कता बढाइने

‘पिटर-१’ ले ‘आवश्यक बल प्रयोग गर्नू’ भनेपछि २३ भदौमा हिंसा सुरू भएको बीबीसीको दाबी

‘कर्फ्यू लागिसकेको छ, अब थप अनुमति लिइरहनु पर्दैन । आवश्यक बल प्रयोग गर्नू ।’ भदौ २३ गते दउँसो १२ बजेर ४० मिनेटमा रेडियो सेटमार्फत दिएको यही ‘कोड’ आदेशपछि जेनजी प्रदर्शनकारीमाथि गोली चलेको बीबीसीले खुलासा गरेको छ । बीबीसीले प्राप्त गरेको गोप्य प्रहरी रेडियो संवादमा ‘पिटर–१’ कोड भएका अधिकारीले यस्तो आदेश दिएका थिए ।

प्रहरी स्रोतको हवाला दिँदै बीबीसीले जनाएअनुसार यस्तो कोड भएका ती प्रहरी अधिकारी प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङ थिए । खापुङले यस्तो आदेश दिएपछि रक्तपात मच्चिन शुरु भएको हालै सार्वजनिक डकुमेन्ट्रीमा दाबी गरिएको छ ।

खापुङको आदेशलगत्तै प्रहरीले चलाएको गोलीबाट विद्यालयको पोसाकमै रहेका किशोरसहित १९ जना युवाको मृत्यु भएको बीबीसीको दाबी छ । भ्रष्टाचार र सामाजिक सञ्जालमाथि प्रतिबन्धको विरोधमा माइतीघर मण्डलामा भेला भएका करिब ३० हजार युवाहरू सुरुमा शान्तिपूर्ण थिए ।

बीबीसीको विवादित भिडियो सामग्री हटाउन काउन्सिललाई निर्वाचन आयोगको पत्र

स्वास्थ्यमन्त्री र अमेरिकी राजदूतावासका कार्यवाहक प्रमुखबीच सहकार्यबारे छलफल

निर्वाचनको मत परिणामको नजिता छिटो सार्वजनिक गर्नेगरि तयारी गरेका छौँ : आयोग

‘संवैधानिक प्रक्रियालाई सही ठाउँमा ल्याउन आगामी निर्वाचन महत्त्वपूर्ण’

दमकमा बालेनलक्षित ओलीको टिप्पणी : केटाकेटीको खेलजस्तो आफैंले आफैंलाई प्रधानमन्त्री घोषणा गरेछन्

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फागुन २१ गतेको निर्वाचनमा कसैले पनि बुथ कब्जा गर्ने कल्पना नगर्न चेतावनी दिएका छन्।

सोमबार दमकमा आयोजित नेशनल भोलेन्टियर फोर्सको कोशी युनिफाइड कमान्ड घोषणा सभालाई सम्बोधन गर्दै उनले पार्टीका युवा स्वयंसेवकमार्फत गाउँ–गाउँ र टोल–टोलमा सुरक्षा समिति गठन गर्न निर्देशन दिएका छन्।

ओलीले नेशनल भोलेन्टियर फोर्सले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा शान्तिपूर्ण मतदान सुनिश्चित गर्न भूमिका खेल्ने बताए।

उनले भने, ‘कम्तीमा ३० जना स्वयंसेवकलाई प्रत्येक मतदान बुथमा खटाएर निर्वाचन सुरक्षा कायम गरिन्छ। उपद्रो र आतंक फैलिन नदिन यो फोर्स निर्माण गरिएको हो।’

उनले भदौ २३ र २४ गतेको हिंसात्मक र विध्वंसात्मक घटनाहरुको स्मरण गर्दै सर्वोच्च अदालत र अन्य सरकारी संरचना जलेको भन्दै यस्तो दोहोरिन नदिन स्वयंसेवकहरुलाई सक्रिय बनाइने बताए। उनले भदौ २४ मा जस्तो अब प्रहरीको हतियार कब्जा गर्न नदिइने बताए । उनले अबका हिंस्रक गतिविधि नियन्त्रण गर्न फोर्स जिम्मेवार रहने स्पष्ट पारे।

दमकमा नेशनल भोलेन्टियर फोर्स कोशी कमाण्ड घोषणा (तस्बिरहरू)

चुनावमा हुने कुनै पनि प्रकारका धाँधली स्वीकार्य हुँदैन : अध्यक्ष ओली

देउवा सभापतिबाट हटेसँगै कर्ण मल्लसहितका नेताहरू कांग्रेसमै फर्किन तयार

ओलीको दाबी : चुनावपछि देश सम्हाल्ने पार्टी नै एमाले हो

हरेक मतदान बुथमा एमालेबाट ३० जना भोलेन्टियर्स फोर्स खटिने

दुर्गा प्रसाईंको रिटमा सक्कल फाइल झिकाउन सर्वोच्चको आदेश

वीरगञ्जमा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी

झापा ५ : केपी, बालेन र रञ्जितले कस्तो ल्याए चुनावी घोषणापत्र ?
फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा झापा ५ चर्चाको एउटा केन्द्र बन्न पुगेको छ ।

सो क्षेत्रबाट लामो समयदेखि नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले लगातार निर्वाचन जित्दै आएकोमा उनलाई हराउनकै लागि यसपटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) प्रतिस्पर्धाका लागि गएका छन् ।

जसका कारण पनि सो निर्वाचन क्षेत्र चर्चाको केन्द्र बन्न पुगेको छ । २४ जना उम्मेदवार रहेको झापा ५ मा सामाजिक सञ्जाल र जनपरिचालनको हिसाबले हेर्दा भने पछिल्लो समयमा एमाले, नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र रास्वपाको उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा हुन सक्ने देखिएको छ ।

झापा ५ का उम्मेदवारहरूमध्ये एमालेका अध्यक्ष केपी ओली, कांग्रेसकी मन्धरा चिमरिया र रञ्जित तामाङले यस अघि नै आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरिसकेका थिए । तर, बालेन्द्र शाहले भने आज सोमबार मात्रै आफ्नो घोषणापत्र सार्वजनिक गरेका छन् ।

ईश्वर पोखरेलको तर्क : देश बनाउने सही पार्टी एमाले मात्रै हो

रविसँग भिडिरहेकी मीना भन्छिन् : मेरो काम हेरेर मलाई जनताले जिताउने छन्

मकवानपुरमा रास्वपालाई ठूलो झट्का, जिल्ला सभापति पराजुली कांग्रेसमा प्रवेश

बालेनको ‘वाचापत्र’ सार्वजनिक, भ्रष्टाचारविरुद्ध उभिने सङ्कल्प: यी हुन् प्रमुख बुँदा

प्रतिज्ञा पत्रमा उल्लेख गरेका विषय कांग्रेसले कार्यान्वयन गरेरै छाड्छ : प्रदीप पौडेल

‘रुखमा बाँधेर बाटो बनाउने’ बालेनको अभिव्यक्ति आपत्तिजनक, माफी माग्नुपर्ने निर्माण व्यवसायीको अडान

स्वास्थ्य सुधारका लागि बालेनका वाचा : शुद्ध पानीदेखि घर–घर स्वास्थ्य सेवा कार्यक्रम

क्यानडाका प्रधानमन्त्री कार्नी भारत भ्रमणमा

क्यानडाका प्रधानमन्त्री मार्क कार्नी भारत भ्रमणका लागि शुक्रबार मुम्बई पुगेका छन् । उनले अमेरिकासँग आफ्नो देशको बिग्रँदो सम्बन्धबाट भएको क्षतिको भरपाई गर्ने र भारतसँगको सम्बन्ध पुनः मजबुत बनाउने र दोहोरो व्यापार प्रवद्र्धनका लागि सम्झौता गर्ने आशा गरेका छन् ।

ओटावाले नयाँ दिल्लीलाई क्यानडामा सिख कार्यकताविरुद्ध घातक अभियान चलाएको आरोप लगाएपछि सन् २०२३ मा टुटेको सम्बन्धमा कार्नीको भ्रमण एक महत्वपूर्ण कदम हुने अपेक्षा गरिएको छ । भ्रमणको अन्तिम दिन सोमबार उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटघाट गर्ने र त्यसअघि व्यापारिक नेताहरूलाई सम्बोधन गर्ने अपेक्षा गरिएको छ ।

इरानबाट ‘जतिसक्दो छिट्टै’ बाहिर निस्कन आफ्ना नागरिकलाई चीनको आग्रह

पाक-अफगान द्वन्द्व : मध्यस्थता गर्ने इरानको प्रस्ताव, तनाव नबढाउन चीनदेखि रुससम्मको अपिल

ताकाइची पुरुष–उत्तराधिकारीमै अडिग

कजाकिस्तानमा ग्यास विस्फोट, सात जनाको मृत्यु

सम्झौताविना टुङ्गियो अमेरिका–इरान वार्ता

मदिरा घोटाला प्रकरण : सफाइ पाएपछि अदालत परिसरममै रोए अरवीन्द केजरीवाल

पाकिस्तान र अफगानिस्तानबीच सैन्य तनाव तीव्र

पाकिस्तानको एफ १६ लडाकु जहाज खसालेको अफगानिस्तानको दाबी

चीन-जर्मनी सम्बन्ध मजबुत बनाउने प्रयास
युक्रेनमा रुसको युद्ध र व्यापारिक मतभेदका बाबजुद चीनका राष्ट्रपति सी जिनपिङ र जर्मनीका चान्सलर फ्रेडरिक मर्जले विश्वव्यापी अशान्तिको युगमा दुई देशबीचको रणनीतिक साझेदारीलाई गहिरो बनाउने प्रयास जारी राख्ने प्रतिबद्धता जनाएका छन्।

बेइजिङमा भएको भेटमा सीले भने, ‘संसार जति जटिल र अशान्त हुन्छ, त्यति नै चीन र जर्मनीले आपसी विश्वास र रणनीतिक सञ्चार बलियो बनाउनुपर्छ ।’

मर्जले जवाफमा दुई देशबीच मतभेद भए तापनि साझा उद्देश्यमा जोड दिन र संयुक्त चुनौतीको सामना गर्न दुवैले आवश्यक रहेको दाबी गरे।

उत्तर–पूर्वी नाइजेरियामा जिहादी आक्रमण : २५ जनाको मृत्यु

किमको दोहोरो सन्देश : धम्की र संवाद

टर्नबुलको आह्वान : अस्ट्रेलिया गणतन्त्र बनोस्

हिंसाबीच विश्वकपमा मेक्सिकोप्रति विश्वास

जेनेभामा इरान वार्ता : क्षेप्यास्त्र विवाद ओझेलमा

प्रकाशित मिति : १५ फाल्गुन २०८२, शुक्रबार  ८ : १० बजे

न्युजिल्याण्डमाथि इंग्ल्यान्डको रोमाञ्चक जित, रोचक बन्यो सेमिफाइनल समीकरण

काठमाडौं । आईसीसी पुरुष टी–२० विश्वकप अन्तर्गत सुपर–८ चरणको प्रतिस्पर्धा

रास्वपाले भन्यो : मोदीलाई लेखेको भनिएको पत्र पूर्णतः नक्कली र कपोलकल्पित हो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सभापति रवि लामिछाने

भीडभाड गरेर फागु खेल्न नपाइने

गण्डकी – प्रतिनिधिसभा सदस्य चुनावको सम्मुखमा परेको फागु पर्व यसपालि

रास्वपाले मोदीलाई लेखेको भनिएको पत्र भाइरल, शिशिर खनाल भन्छन् – यो ‘फेक’ हो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुन २१ गतेको चुनावअघि

आईसीसी लिग-२ को तयारीका लागि २० खेलाडी छनोट

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी विश्वकप लिग–२ को