साप्ताहिक ब्रिफिङ : फर्किए रवि, आयोगविरुद्ध एमाले अदालत जाने, सुधनबारे समितिले बुझायो प्रतिवेदन, फेरि फुटे राजावादी र रोकिएन लेबनानमा इजरायली आक्रमण « Khabarhub

साप्ताहिक ब्रिफिङ : फर्किए रवि, आयोगविरुद्ध एमाले अदालत जाने, सुधनबारे समितिले बुझायो प्रतिवेदन, फेरि फुटे राजावादी र रोकिएन लेबनानमा इजरायली आक्रमण


२२ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 7 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

दिल्लीबाट फर्किएपछि रवि लामिछानेले भने : नेपाल–भारत सम्बन्धलाई ‘रिसेट’ गरेका छौँ

भारतको पाँच दिने भ्रमण सकेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने शुक्रबार अपराह्न काठमाडौं फर्किएका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले आफ्नो भ्रमणलाई ‘पारदर्शी र परिणाममुखी’ भएको दाबी गरेका छन्।

लामिछानेले यसपटकको भ्रमण अघिल्ला कूटनीतिक भेटघाटभन्दा फरक रहेको बताएका छन् । उनले भने, ‘पहिले धेरैजसो भ्रमणहरू बन्द कोठामा हुन्थे, तर यसपटक पारदर्शी रूपमा वार्ता भयो।’

भारतीय अधिकारीहरू र मित्र राष्ट्र (अमेरिका) का प्रतिनिधिसँग भएका छलफलहरूमा नेपाली कार्यवाहक राजदूतको पनि उपस्थिति गराइएको उनले बताए । जसले वार्तालाई अझ खुला र स्पष्ट बनाएको उनले दाबी गरेका छन् ।

मानव अधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने

राजदूत बन्न प्रधानमन्त्री बालेनलाई सचिव पुष्करको म्यासेज– ‘सहयोग पाऊँ हजुर’

‘सुधन गुरूङ हिरासतभित्रै छिरेर हप्कीदप्की गरे, सरकारविरुद्ध नबोल्न धम्की दिए’

छानबिन समिति संयोजक भन्छन् : सुधनको सम्पत्ति भिड्यो कि भिडेन म अहिले भन्न सक्दिनँ

कुलमान भन्छन्- रास्वपाको निलो क्रान्ति धेरै टिक्दैन, अब हामी हरित क्रान्ति गर्छौँ

नयाँ दिल्ली पुगे परराष्ट्रमन्त्री खनाल

परराष्ट्रमन्त्री शिशिर खनाल भारतको औपचारिक भ्रमणका क्रममा आज नयाँ दिल्ली पुगेका छन् । भारतीय विदेशमन्त्री डा. एस जयशंकरको निमन्त्रणामा मन्त्री खनाल दिल्ली पुगेका हुन् ।

नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका परराष्ट्रमन्त्री खनाललाई भारतका लागि नेपाली कार्यवाहक राजदूत डा. सुरेन्द्र थापा र भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले स्वागत गरेका थिए ।लपछि प्रधानमन्त्री शाहको सम्भावित भारत भ्रमणका एजेन्डा तय गरिने छ।

ऐन संशोधनको माग गर्दै यातायात श्रमिकहरूको देशव्यापी खबरदारी कार्यक्रम

विधि विज्ञान प्रयोगशालालाई अन्तर्राष्ट्रिय स्तरमा उकास्न नयाँ कानुन ल्याइँदै : मन्त्री पोखरेल

‘सभामुखको कार्यशैली र सरकारको भूमिकाप्रति प्रश्न उठाउँदै सदनमा विरोध गरेका हौँ’

शिक्षा मन्त्रालयको पहलपछि त्रिविका ४१ प्राध्यापकबाट १० करोड ४६ लाख बढी फिर्ता

‘साहित्यले मानव सरोकारलाई स्थानीय वास्तविकतासँग जोड्न प्रयास गरेको छ’

राप्रपामा ठूलो विभाजन, १८३ नेता–कार्यकर्ताले गरे पार्टी परित्याग
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्रको आन्तरिक असन्तुष्टि सतहमा आएको छ। पार्टीका केन्द्रीय सदस्य, जनवर्गीय संगठनका पदाधिकारी तथा विभिन्न तहका नेता–कार्यकर्तासहित १८३ जनाले संयुक्त रूपमा पार्टी परित्यागको घोषणा गरेका छन्।

बुधबार जारी गरिएको घोषणापत्रमा उनीहरूले राप्रपाको मूल विचार, संवैधानिक राजसंस्थासहितको संसदीय व्यवस्थाप्रतिको प्रतिबद्धता र पार्टीको स्थापनाकालीन उद्देश्यप्रति आफूहरू अझै अडिग रहेको उल्लेख गरेका छन्। तर, पार्टी नेतृत्वले पार्टीको वैचारिक आधार, एकता महाधिवेशनको मर्म तथा लोकतान्त्रिक अभ्यासलाई कमजोर बनाएको आरोप लगाएका छन्।

घोषणापत्रमा राप्रपाको एकता महाधिवेशनले पार्टीमा नयाँ ऊर्जा र सम्भावनाको ढोका खोले पनि मूल नेतृत्वको ‘हिनभाव, कमजोरी र आत्मकेन्द्रित शैली’ का कारण ती सम्भावनाहरू क्षीण भएको दाबी गरिएको छ। पार्टी नेतृत्वले केन्द्रीय कार्यसमिति र अन्य संरचनालाई बेवास्ता गर्दै एकल निर्णय गर्ने प्रवृत्ति अपनाएको आरोप पनि उनीहरूले लगाएका छन्।

राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा

संस्थापनको कारबाही र लखेटाइले कार्यकर्ताको आत्मसम्मानमा चोट पुग्यो : धवलशमशेर राणा

दलित अधिकारको प्रभावकारी कार्यान्वयनमा सभामुखको प्रतिबद्धता

चुनावमा अन्तर्घात : बारा जिल्ला सभापति राजेश राय कांग्रेसबाट निलम्बन

नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले पार्टी अनुशासन उल्लंघनसम्बन्धी विभिन्न उजुरीमाथि निर्णय गर्दै बारा जिल्ला कार्यसमिति सभापति राजेश राय यादवलाई निलम्बन गरेको छ ।

समितिको बिहीबार पार्टी केन्द्रीय कार्यालय, बीपी स्मृति भवन ललितपुरमा बसेको बैठकले यादवले तोकिएको समयभित्र स्पष्टीकरण नदिएको र थप अनुसन्धान आवश्यक देखिएको भन्दै अन्तिम निर्णय नआएसम्मलाई सभापति पदमा काम गर्न नपाउने गरी निलम्बन गर्ने निर्णय गरेको हो ।

समितिका अनुसार यादवमाथि २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई हराउन भूमिका खेलेको आरोपमा उजुरी परेको थियो । उनलाई दुई पटक स्पष्टीकरण माग गरिए पनि जवाफ नआएपछि विधान अनुसार निलम्बन गरिएको जनाइएको छ ।

होल्डिङ सेन्टरमा गम्भीर बिरामी परेका सुकुम्वासी भेषबहादुरको उपचारका क्रममा मृत्यु

टिकटकर तुल्सा अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

जातीय भेदभाव राष्ट्रको साझा समस्या हो : सभापति थापा

प्रधानमन्त्रीको भनाइबारे सरकारका प्रवक्ता : हाम्रो सीमा मिचियो भनेर भारतले खबर पठाएको छ
सरकारका प्रवक्ता एवम् शिक्षामन्त्री सस्मित पोखरेलले यही आइतबार प्रतिनिधिसभामा प्रधानमन्त्री वालेन्द्र शाहले दिएको अभिव्यक्तिको बचाउ गरेका छन् । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकपछि बोल्दै उनले बालेन संसद्मा दिएको अभिव्यक्तिको बचाउ गरेका हुन्।

‘नेपालले भारतको भूभाग कब्जा गरेको खबर दिल्लीबाटै आएको भएर अचम्मित छु भन्नू भएको हो’, उनले भने, ‘त्यसबारेमा परराष्ट्र मन्त्रालयले आवश्यक वक्तव्य दिइसकेको छ।’

उनले दुवै छिमेकीको तलमाथि परेको भूमि समस्या मिलाउन पुरानै समितिहरूले काम गरिरहेको बताए । ‘भूमिसम्बन्धी सीमा विवाद मिलाउन पुरानै समितिहरू छन् । प्रधानमन्त्रीले पनि यसबारेमा भन्नु भएको छ’, उनले भने, ‘सीमा विवादबारे भारतले पनि नोट पठाएको छ। नेपालले पनि पठाएको छ। हामीले सीमा विवादसम्बन्धी काम अघि बढाउँदा भारतले पनि हाम्रो सीमा मिचिएको छ भनेर प्रधानमन्त्रीले खबर गरेको भन्नुभएको हो ।’

कार्की आयोगको प्रतिवेदनमा सुरक्षा संयन्त्रको भूमिका अध्ययन गर्ने समितिलाई थप समय

मन्त्रिपरिषद्को निर्णय : सशस्त्र प्रहरीको एआईजीमा अञ्जनीकुमार पोखरेल

मन्त्रिपरिषद्को निर्णय : भूमि समस्या समाधान समितिमा पदाधिकारी नियुक्त, अञ्जनी पोखरेल सशस्त्रको एआईजीमा बढुवा

प्रधानमन्त्रीको भनाइबारे सरकारका प्रवक्ता : हाम्रो सीमा मिचियो भनेर भारतले खबर पठाएको छ

युक्रेनमा रूसी आक्रमण तीन जनाको मृत्यु

युक्रेनका विभिन्न क्षेत्रमा भएको रूसी आक्रमणमा तीन जनाको मृत्यु भएको क्षेत्रीय अधिकारीहरूले शुक्रबार बताएका छन् ।

युद्ध अन्त्य गर्ने कूटनीतिक प्रयासहरू कम भएकाले पछिल्लो समयमा मस्को र किएभले एक–अर्कालाई लक्षित गर्दै हवाई तथा ड्रोन आक्रमणहरू तीव्र पार्दै आएको जनाइएको छ ।

युद्धविराम प्रयासबीच पनि लेबनानमा इजरायली आक्रमण जारी, सात जनाको मृत्यु

भारतले ब्याजदर ५.२५ प्रतिशतमै कायम राख्यो

इन्डोनेसियामा ज्वालामुखी विस्फोट

मोदीमाथि दबाब दिनु हानिकारक हुन्छ : पुटिन

ट्रम्पले भने- भारत–अमेरिका व्यापार सम्झौता छिट्टै टुंगिनेछ

नेपाल-भारत सीमा विवादमा तेस्रो पक्षको भूमिका अस्वीकार्य : भारत
नेपाल-भारत सीमा विवादमा तेस्रो पक्षको भूमिका स्वीकार्य नहुने भारतले प्रष्ट पारेको छ । बिहीबार भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले नियमित पत्रकार सम्मेलनका क्रममा नेपाल र भारतबीचको सीमा विवाद पूर्ण रूपमा द्विपक्षीय विषय भएको उल्लेख गर्दै यसमा कुनै पनि तेस्रो पक्षको भूमिका स्वीकार्य नहुने स्पष्ट पारेका हुन् ।

नेपालका प्रधानमन्त्रीले सीमा सम्बन्धमा व्यक्त गरेका भनाइ र त्यसपछि नेपाली परराष्ट्र मन्त्रालयले जारी गरेको वक्तव्यबारे प्रतिक्रिया दिँदै प्रवक्ता जयसवालले दुई देशबीच स्थापित संयन्त्रमार्फत नै यस विषयलाई टुङ्गो लगाइने बताए ।

यसअघि प्रधानमन्त्री वालेन्द्र शाहले संसद्‍मा नेपालले पनि भारतको सीमा मिचेको हुनसक्ने भन्दै विवादास्पद अभिव्यक्ति दिएका थिए । प्रधानमन्त्री शाहले दुई मुलुकको सीमा विवादका विषयमा इङ्ग्ल्याण्ड सरकारसँग पनि कुराकानी भइरहेको दाबी गरेका थिए ।

यसै विषयमा प्रवक्ता जयवसालले प्रतिक्रिया दिएका हुन् । उनका अनुसार भारत र नेपालबीचको करिब ९८ प्रतिशत सीमा क्षेत्रको सीमाङ्कन भइसकेको छ भने केही सीमित क्षेत्रहरूमा मात्र अझै सहमति हुन बाँकी छ । विशेष गरी गण्डक नदीले आफ्नो बहाव परिवर्तन गर्दा केही स्थानहरूमा प्राविधिक अस्पष्टता र विवाद उत्पन्न भएको उनले उल्लेख गरे ।

सीमा विवादको प्रश्नमा कविन्द्रले भने- प्रधानमन्त्रीबाटै यसको जवाफ आउँछ

रविलाई स्वागत गर्दै भाजपा अध्यक्ष नितिन नवीनले के भने ?

भाजपा मुख्यालयमा बाजागाजा र पुष्पवर्षासहित रवि लामिछानेको भव्य स्वागत

‘हिन्दुस्तान टाइम्स’मा रविको लेख : भारतसँगको सम्बन्धलाई विकास र व्यापारमा केन्द्रित गर्नुपर्नेमा जोड

दिल्ली पुगेका रवि लामिछानेले आज शीर्ष नेतालाई भेट्दै

भारतीय विदेश मन्त्रालयको टिप्पणीपछि प्रधानमन्त्रीसँग भीम रावलले मागे जवाफ

रास्वपा महामन्त्री बुर्लाकोटी भन्छन् : रवि–मोदी भेट हुन सक्छ

विपक्षीको नाराबाजीबीच संसद् बैठक २५ गतेसम्मका लागि स्थगित
विपक्षी दलहरूले वेलमा नाराबाजी गरेपछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ ।

सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको अर्को बैठक २५ गते बस्नेगरी स्थगित गरेको घोषणा दिए ।

दुई घण्टा ढिलोगरी सुरु भएको बैठकमा अहिले विपक्षी दलहरू उठेर विरोध गरेका थिए ।

दिउँसो १ बजे बस्ने भनिएको प्रतिनिधिसभा बैठक ३ बजेमात्रै सुरु भएको थियो ।

विपक्षी दलहरूले मागे प्रधानमन्त्री वालेन्द्र शाहको राजीनामा

विपक्षी दलहरूले मागे प्रधानमन्त्री वालेन्द्र शाहको राजीनामा

राष्ट्रिय सभामा पनि विपक्षीको अवरोध, मागियो प्रधानमन्त्रीको जवाफ

सुदूरपश्चिमका मुख्यमन्त्री शाहविरुद्ध कांग्रेसभित्रै विद्रोह, बहुमत सांसद विपक्षमा 

कांग्रेसले संसद् बैठकसँगै समितिहरू पनि बहिष्कार गर्ने
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद्सँगै अब संसदीय समितिका बैठक पनि बहिष्कार गर्ने भएको छ।

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले संसद्मा उभिएर माफी नमागेसम्मम कांग्रेसले आगामी २५ जेठसम्म संसदीय समितिका बैठकमा सहभागी नहुने दलका नेता भीष्मराज आङ्देम्बेले बताए । प्रतिपक्षीको निरन्तर विरोधका कारण संसद् पनि जेठ २५ सम्मलाई रोकिएको छ।

आइतबार प्रतिनिधि सभाको प्रश्नोत्तर कार्यक्रममा बालेनले ञनेपालले पनि भारतको भूमि मिचेको रहेछझ भन्ने अभिव्यक्ति दिएपछि कांग्रेसले माफी माग्नुपर्ने भन्दै सदन अवरोध गरिरहेको छ । कांग्रेससँगै अन्य विपक्षी दल पनि विरोधमा उत्रिएका छन् ।

सांसदलाई कानुनभन्दा माथि राख्नेगरी सत्ताको बलमा पेलेर प्रतिनिधि सभा नियमावली पारित गरिएको भन्दै कांग्रेसले आपत्ति जनाएको छ । अब कांग्रेसले संसदीय समितिका बैठक पनि बहिष्कार गर्ने निर्णय लिएको हो ।

प्रधानमन्त्रीले माफी नमागेसम्म सदन अवरोध जारी रहन्छ : प्रमुख सचेतक थापा

प्रधानमन्त्रीज्यू, सदनमा आएर जवाफ दिनुहोस् : सांसद तामाङ

प्रधानमन्त्रीको जिम्मेवारपूर्ण जवाफको प्रतीक्षामा छौँ : गुरु बराल

वीरगञ्जका मेयर सिंहलाई चार लाख १५ हजार धरौटी लिएर रिहा गर्न आदेश

भारत-अमेरिका व्यापार सम्झौता नजिक
भारत र संयुक्त राज्य अमेरिका पहिलो चरणको द्विपक्षीय व्यापार सम्झौतामा लगभग अन्तिम चरणमा पुगेको वाणिज्य मन्त्रीले जानकारी दिएका छन् । दुवै देशबीच लामो समयदेखि जारी वार्ता तीव्र बनेसँगै प्रारम्भिक सम्झौताको ‘करिब ९९ प्रतिशत’ काम पूरा भइसकेको दाबी गरिएको छ ।

अमेरिकी प्रतिनिधिमण्डल दक्षिण र मध्य एसियाका लागि सहायक अमेरिकी व्यापार प्रतिनिधि ब्रेन्डन लिन्चको नेतृत्वमा मंगलबार नयाँदिल्ली पुगेपछि तीन दिनसम्म औपचारिक वार्ता सुरु भएको हो । यो वार्तालाई दुवै देशबीच व्यापारिक सम्बन्धलाई नयाँ चरणमा पुर्‍याउने निर्णायक प्रयासका रूपमा हेरिएको छ ।

भारतीय वाणिज्य मन्त्री पियुष गोयलले सोमबार नयाँदिल्लीमा पत्रकारहरूसँग कुरा गर्दै अधिकांश विवादित विषयहरू समाधान भइसकेको बताए । उनका अनुसार अब करिब ९९ प्रतिशत मुद्दा टुङ्गो लागिसकेको छ र केवल केही प्राविधिक तथा अन्तिम विवरणहरूमा छलफल बाँकी छ ।

युक्रेनमा रुसको ठूलो हवाई आक्रमण, १० जनाको मृत्यु

ट्रम्पले नेतन्याहूलाई झपार्दै भने, ‘तिमीलाई सबैले घृणा गर्दैछन्, म नभएको भए जेलमा हुन्थ्यौ’

न्यूयोर्कका मेयरले बहिष्कार गरे इजरायल डे परेड, ६२ वर्षयताकै पहिलो घटना

देशभित्रै घेरिँदै नेतन्याहू, ट्रम्पसामु झुकेको आरोप, सहयोग रोक्न अमेरिकामा पनि दबाब

जापानमा भालु आक्रमण तिव्र पछिल्लो आक्रमणमा चार जना घाइते

लेबनान–इजरायल युद्धविराम घोषणा
अमेरिकी नेतृत्वमा वासिङ्टनमा भएको उच्चस्तरीय वार्तापछि इजरायल र लेबनान बुधबार युद्धविराम लागू गर्न सहमत भएका छन् । तर इरान समर्थित हिजबुल्लाहले गोली आदानप्रदानको ‘पूर्ण समाप्ति’ बिना कुनै पनि सहमति कार्यान्वयन नहुने स्पष्ट पारेको छ, जसले सम्झौतामाथि अनिश्चितता कायम राखेको छ ।

दुवै पक्षबीच औपचारिक कूटनीतिक सम्बन्ध नभए पनि संयुक्त विज्ञप्तिमा ‘पाइलट जोन’ स्थापना गर्ने सहमति भएको उल्लेख छ । उक्त क्षेत्रमा लेबनानी सशस्त्र बलले गैर–राज्य सशस्त्र समूहहरूलाई हटाउँदै विशेष नियन्त्रण लिने व्यवस्था रहने बताइएको छ ।

युद्धविरामको घोषणा भए पनि त्यसअघि र पछिसमेत सीमावर्ती क्षेत्रमा झडप र आक्रमणहरू जारी रहेका छन् । हिजबुल्लाहले इजरायली सेनालाई लक्षित आक्रमण गरेको र इजरायली आक्रमणमा दक्षिणी लेबनानमा कम्तीमा १० जनाको मृत्यु भएको दाबी गरिएको छ । सम्झौता सार्वजनिक भएको केही घण्टापछि उत्तरी इजरायलमा ‘संदिग्ध हवाई लक्ष्य’ देखिएपछि हवाई आक्रमण चेतावनी जारी गरिएको थियो, यद्यपि कुनै हताहत भएको पुष्टि भएको छैन ।

उत्तर कोरियाको आणविक दौड तीव्र, नयाँ युरेनियम संवर्धन केन्द्र सार्वजनिक

अफगानिस्तानमा बारुती सुरुङ विस्फोट : दुई बालबालिकाको मृत्यु

‘गाजामा इजरायली आक्रमण, आठ जनाको मृत्यु’

पाकिस्तानको निर्यात मे महिनामा ९.५९ प्रतिशतले बढ्यो

चिडियाखानामा ‘ट्रम्प’ भैँसी

इराकमा तालिमका क्रममा एकजना अमेरिकी सैनिकको मृत्यु

युद्धविराम सहमतिपछि पनि रोकिएन लेबनानमा इजरायली आक्रमण, कयौँ सर्वसाधारण घाइते

लेबनानमा एकजना संयुक्त राष्ट्र शान्ति सैनिकको मृत्यु

प्रकाशित मिति : २२ जेठ २०८३, शुक्रबार  ७ : ४६ बजे

त्रिविको उपकुलपतिका लागि १० जनाको नाम सर्टलिस्ट

काठमाडौँ । सरकारले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको लागि सर्टलिस्टमा परेका १०

म्यानपावर व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने

काठमाडौँ । विदेशमा कार्यरत नेपाली श्रमिकहरूले रोजगार सम्झौताअनुसार तलब, सेवासुविधा

इरानी मुलका अमेरिकी पत्रकारसहित चार जनाद्वारा सहायताका लागि याचना

वासिङ्टन – तेहरानको कुख्यात कारागारमा १० वर्षको जेल सजाय सुनाइएका

विपद् व्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुखका लागि दरखास्त आह्वान

काठमाडौँ । सरकारले राष्ट्रिय विपद् जोखमि न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको

ओपीडीबाहेकको समयलाई ‘ओभरटाइम’ गणना गर्न चिकित्सक संघको माग

काठमाडौँ । नेपाल चिकित्सक संघले चिकित्सकको अनकल/आपतकालीन ड्युटीलाई ‘ओभरटाइम’ गणना