साप्ताहिक ब्रिफिङ : पूर्वराष्ट्रपतिविरुद्ध रोकिएन ओलीको आक्रोश, रवि फकाउँदै प्रचण्ड, टर्‍यो उप-सभामुखको संकट, पार्टी खोल्दै प्रसाईं, उपेन्द्रलाई गौर हत्याकाण्डको संकट र राष्ट्रसङ्घद्वारा गाजामा अनिकालको घोषणा | Khabarhub Khabarhub

साप्ताहिक ब्रिफिङ : पूर्वराष्ट्रपतिविरुद्ध रोकिएन ओलीको आक्रोश, रवि फकाउँदै प्रचण्ड, टर्‍यो उप-सभामुखको संकट, पार्टी खोल्दै प्रसाईं, उपेन्द्रलाई गौर हत्याकाण्डको संकट र राष्ट्रसङ्घद्वारा गाजामा अनिकालको घोषणा


६ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 9 मिनेट


396
Shares
  • change font
  • change font
  • change font

आदरणीय पाठकवृन्द ! खबरहब डटकमले हरेक शुक्रबार साताभरिका घटनालाई समेटेर ब्रिफिङ पस्कने गरेको छ । 

पूर्वराष्ट्रपतिले असन्तुष्ट र जनसंगठनमा हारेकालाई बोकेर हिँडेको ओलीको आरोप
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले झुक्याएर पार्टी सदस्यता नवीकरण गर्न खोजेको आरोप लगाएका छन् ।

शुक्रबार अपरान्ह आम जनता पार्टी (आजपा) का वरिष्ठ उपाध्यक्ष उपेन्द्र साहसहित विभिन्न नेता कार्यकर्तालाई आज एमाले पार्टी प्रवेश गराउने क्रममा च्यासलबाट सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

पूर्वराष्ट्रपति भण्डारीको पार्टी सदस्यता कायम हुन नहुनेबारे एमाले केन्द्रीय कमिटीको साउन ५-६ गतेको निर्णयबारे पनि ओलीले स्पष्ट हुन आग्रह गरे ।

उनले नवौँ महाधिवेशनमा उपाध्यक्ष बनेकी भण्डारीले राष्ट्रपति पदमा गएपछि पार्टी सदस्यता त्यागेको दाबी गरे । ‌भण्डारीले शीतल निवासबाट बाहिरिएपछि यसअघि त्यागेको पार्टी सदस्यता नवीकरण या नयाँका लागि निवेदन नै नदिएको उनले जिकिर गरे ।

विश्वासको मत नलिएकोबारे सर्वोच्चले प्रधानमन्त्री ओलीलाई सोध्यो कारण

आजपाको जिकिर : भ्रष्टाचार र ठगी गर्दै हिँडेपछि निकालिएकाहरूलाई ओलीले टीको लगाएर एमालेमा भित्र्याए

पूर्वराष्ट्रपतिले एमालेको सदस्यता लिन झुक्याएर रसिद काटेको ओलीको जिकिर

प्रभु साहलाई छोडेर एमालेमा प्रवेश गरेर वरिष्ठ उपाध्यक्ष उपेन्द्र साह

पूर्वराष्ट्रपति भण्डारीले भनिन् : संसद् निरीह भयो, दलहरूमा समस्या छ

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले वर्तमान संसद् र दलहरूको कार्यशैलीप्रति कडा टिप्पणीसहित आलोचना गरेकी छन् । मदन भण्डारी फाउन्डेसनको हीरक जयन्ती आयोजन समितिको सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा बिहीबार बोल्दै उनले संसद् निरीह थलोमा परिणत भएको बताइन् ।

‘हामी पूर्ण लोकतन्त्रमा छौँ, तर जनताको आकांक्षा पूरा हुन सकेको छैन। राजनीतिक दलहरूमा समस्या छ, दलहरू प्रणालीमा चल्न सकिरहेका छैनन्,’ उनले भनिन् ।

भण्डारीले ठूला दल कांग्रेस र एमाले संविधान संशोधनमा सहमत भए पनि संशोधनको आवश्यकता के हो भन्ने विषयमा गम्भीर छलफल नभएको उल्लेख गरिन् ।

उनले सांसदसहितका जनप्रतिनिधिमाथि आरोप पुष्टि नहुन्जेल निलम्बन गर्नु गलत भएको बताइन् । ‘कसैलाई आरोप लगाउँदैमा तुरुन्त निलम्बन गर्नु लोकतान्त्रिक होइन,’ उनले भनिन् ।

विद्याका अघि ईश्वर पोखरेलले भने, ‘हेक्का राखिएन भने दुर्घटनाग्रस्त हुन पुगिन्छ…’

थापागाउँबाट च्यासललाई पूर्वराष्ट्रपति भण्डारीको जवाफ : म एमाले कार्यकर्ता हुँ, संघर्ष गरिरहन्छु

एमाले सरकारमा गइरह्यो, अब समीक्षा गरौँ : भण्डारी

मोरङबाट च्यासललाई चुनौती दिएपछि थापागाउँमा उत्साहित देखिएकी विद्या

सम्पर्क कार्यालयको बार्दलीमा हात हल्लाउँदै पूर्वराष्ट्रपति भण्डारी (तस्बिरहरू)

राष्ट्रियसभाबाट नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक पारित

राष्ट्रियसभाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक सर्वसम्मतिले पारित गरेको छ ।

राष्ट्रियसभाको आजको बैठकमा गृहमन्त्री रमेश लेखकले प्रस्तुत गरेको उक्त विधेयकलाई सभाले पारित गरेको हो । उक्त विधेयक राष्ट्रियसभाले पुनः सन्देशसहित प्रतिनिधिसभामा पठाउनेछ ।

विसं २०८१ माघ १५ गते गृहमन्त्री रमेश लेखकले प्रतिनिधिसभामा नागरिकता (दोस्रो संशोधन) विधेयक दर्ता गराएका थिए । उक्त विधेयक २०८२ साल असार १४ गते प्रतिनिसिधाबाट पारित भएको थियो ।

त्यसअघि विधेयकमाथिको छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै गृहमन्त्री लेखकले आमाको नामबाट पनि नागरिकता पाउन सक्ने व्यावहारिक व्यवस्थालाई सुनिश्चित गरेको उल्लेख गरे ।

ग्यास भण्डारको उत्पादकत्व निर्धारण गर्न ‘जिटूजी’मार्फत अनुरोध

प्रतिनिधिसभाबाट दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो

तीन दशकमा माइन तथा विस्फोटनमा परी ६५१ जनाको मृत्यु : गृहमन्त्री लेखक

लिपुलेकका विषयमा भारत र चीनबीचको सम्झौता स्वीकार्य छैन : सांसदहरू

वैकल्पिक विकास वित्त परिचालन विधेयक २०८२ प्रतिनिधिसभाबाट सर्वसम्मतिले पारित

प्रतिनिधिसभामा विद्यालय शिक्षा विधेयक पेस

भारत र चीनले नेपालको भूमि प्रयोग गर्नेगरी भएको व्यापारिक सम्झौता खारेज गर्न माग

प्रभु साहले भने- लिपुलेकमा भारत-चीनले सहमति गर्दा हाम्रा राजदूत के हेरेर बसेका छन् ?

रास्वपा र उपसभामुख रानामाथि योगेशका प्रश्नै प्रश्न

रवि भेटेपछि प्रचण्डले भने- अलिक दुब्लाउनु भएछ, अनुहार राम्रै देखेँ
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहकारी ठगी प्रकरणमा हाल ललितपुरको नख्खु कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भेटेका छन् । बुधबार साँझ नख्खु कारागारमा पुगेर प्रचण्डले पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेसँग कारागारको बसाइ र उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन्।

रविले त्यसक्रममा आफूलाई भैरहवा कारागारमा गोलघर भित्रजस्तै राखिएको बताएका थिए । अहिले नख्खुमा आफूलाई धेरै सहज भएको जवाफ रविले दिएको प्रचण्डले बताएका छन्। भैरहवाको बसाइले रविको अवस्था जटिल भएर उनी दुब्लाएको आफूले महसुस गरेको प्रचण्डले सुनाए ।

‘भैरहवामा उहाँको स्वास्थ्य बिग्रिएको रहेछ। तर यहाँ आएपछि सुधार हुँदैछ भन्नुभयो’, प्रचण्डले भने, ‘उहाँ अहिले दुब्लाउनु भएको छ। अनुहार भने राम्रै देखिन्छ।’

लामिछानेलाई गत साउन ३१ गते भैरहवा कारागारबाट अड्डासार गरेर नख्खु कारागार ल्याइएको थियो। बुटवलस्थित सुप्रिम सहकारी संस्थाको बचत रकम ठगी प्रकरणमा उनी २०८१ चैत २५ गतेदेखि भैरहवा कारागारमा थिए ।

लिपुलेकबाट व्यापारिक नाका खोल्ने भारत–चीन सहमतिप्रति समाजवादी मोर्चाको आपत्ति

समावेशी गणतन्त्रको सपना अपूरो छ : अध्यक्ष प्रचण्ड

कांग्रेस-एमालेलाई रञ्जिताको साथ, सरकारलाई समर्थन गरेपछि पुग्यो दुईतिहाइ

एमालेमा फेरि उठ्दै उमेर हदको कुरा, चितवनका नेताहरूले भने : भ्रातृसंगठनको नियम पार्टीमा पनि लागु गरौँ

जापान सरकारको ३० अर्ब आठ करोड रुपैयाँ ऋण स्वीकार

अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका करार कर्मचारीलाई निकालिएपछि संगठनको आपत्ति, तत्काल काममा फर्काउन माग

रञ्जिता आफैं बनिन् नागरिक उन्मुक्ति दलको नेत

अमेरिकाबाट शेखरलाई उपसभामुख रानाको फोन : मेरोबारे त्यहाँ खास भएको के हो ?
नेपाली कांग्रेस र नेकपा एमालेले हटाउने प्रयासलाई फेरि तीव्र पारिरहेका बेला अमेरिकामा रहेकी उपसभामुख इन्दिरा रानामगरले नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालालाई फोन गरेकी छन् । रानामगरलाई हटाउन मंगलबार कांग्रेस र एमालेले हस्ताक्षर चलाएको समाचार बाहिरिएसँगै राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा माओवादी केन्द्रसहितका दलहरू आक्रोशित भएका छन्।

यस्तोमा कांग्रेसको हस्ताक्षर अभियानमा शेखरले साथ नदिएको चर्चाबीच रानामगरले फोन गरेकी हुन् । शेखर पक्षले हस्ताक्षर गर्नुपर्ने कारण खुलाउन भनेर अडान राखेको समाचार बाहिरिएका बेला रानामगरले अमेरिकाबाट फोन गरेर सोधेकी हुन् ।

‘त्यहाँ के भएको हो रु डाक्टर सा’व भनेर मैले कल गरेको हो’, उनले मंगलबार साँझ भनिन्, ‘उहाँलाई मेरोबारेमा सबै कुरा थाहा छ । मेरो जिन्दगी भनेको खुला किताब जस्तै हो । म कुनै पनि पार्टीहरूमा हिँडेको मान्छे होइन ।’

उनले आफूहरूले अहिलेको प्रजातन्त्र कयौँको बलिदान दिएर ल्याएको बताउँदै दुरुपयोग गर्न नमिल्ने उल्लेख गरिन् । ‘हामीले यो प्रजातन्त्रलाई अनेकौँको बलिदान दिएर ल्याएका हौँ । त्यसलाई हामीले दुरूपयोग गर्नु हुँदैन’, उनले भनिन्, ‘मैले नेता शेखरसँग यो के भएको हो भनेर सोधेँ । मैले पहिले पनि यो कुरा सुनेको हो, अहिले पनि सुन्नमा आयो। सुनेपछि फोन गरेर उहाँसँग चासो राखेर सोधेको हो ।’

हस्ताक्षर अभियानबारे योगेशको टिप्पणी- यो चलिरहने संसदीय अभ्यास हो, गोकुलले भने- बोलाएर आएँ, अरू थाहा भएन

सङ्खुवासभालाई ऊर्जाको राजधानी बनाउनुपर्छ : मन्त्री खड्का

समाचारका विषयमा ५१ प्रतिशत महिलाले स्थान पाउनुपर्छ : अध्यक्ष झा

बीपीका पालाको जस्तो कांग्रेस बनाउन म पार्टी सभापति बन्नै पर्ने अवस्था आयो : शशांक कोइराला

आईजीपी अर्याल भन्छन्, ‘कार्य क्षेत्रमा म होइन, हामी भनेर काम गरौँ’

रास्वपाले भन्यो- कांग्रेस-एमालेले संकलन गरेको हस्ताक्षर लोकतन्त्रको लागि ठूलो खतरा
प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेले संकलन गरेको हस्ताक्षरलाई लोकतन्त्रको लागि निकै ठूलो खतरा भएको ठहर गरेको छ ।

प्रतिनिधिसभाको बुधबारको बैठकको सुरूवातमा सभामुख देवराज घिमिरेले उपलब्ध गराएको आकस्मिक समयमा बोल्दै रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले कांग्रेस–एमालेले संकलन गरेको हस्ताक्षरप्रति आपत्ति जनाएउँदै यस्तो बताएका हुन् ।

‘हिजो बालुवाटार र सिंहदरबारमा जुन किसिमको प्रहसन भयो त्यसले सम्मानीत सदनलाई चोट पु¥याएको छ । लोकतन्त्रको विारसत धानेको भनिएकाहरूबाट सार्वभौम संसद्को उपसभामुखजस्तो जिम्मेवार पदलाई जुन तहको अवमूल्यन भएको छ, यो लोकतन्त्रको लागि निकै ठूलो खतरा भएको छ भन्ने रास्वपाको ठम्याइ हो,’ उनले भने ।

प्रमुख सचेतक परियारले कांग्रेसलाई लोकतन्त्रका लागि हार्न तयार भएका संस्थापक नेता बीपी कोइराला र एमलेलाई सामन्तवादको खरो विरोध गर्ने आफ्ना नेता मदन भण्डारीलाई सम्झिन सुझाव पनि दिए ।

रास्वपा नेता कँडेल : प्लस टुदेखि डिग्रीसम्मकै सर्टिफिकेट नक्कली, पाएका थिए ६ महिना जेलसजाय

रास्वपाबाट निलम्बित भए नेता कँडेल

कांग्रेस सर्लाहीका सभापतिले दिए राजीनामा 

समर्थकलाई छल्दै नख्खु पुर्‍याइयो रविलाई
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई रुपन्देही कारागारबाट काठमाडौं ल्याइपुर्‍याइएको छ ।

रविको स्वागतमा बसेका कार्यकर्ता र समर्थकलाई छल्दै प्रशासनले रविलाई ललितपुरस्थित नख्खु कारागार पुर्‍याएको छ ।

त्रिभुवन विमानस्थलमा रविको स्वागतमा बसेका समर्थकलाई भेट गर्न नदिई आयल निगम हुँदै नख्खु कारागारतर्फ लगिएको हो ।

सभापति लामिछानेको कारागार सरूवाबारे विस्तृत जानकारी दिइएको छैन : मनिष झा

उपेन्द्र मुछिएको गौर हत्याकाण्ड ब्युँत्याइदियो सर्वोच्चले, मुद्दा चलाउन परमादेश
सर्वोच्च अदालतले रौतहट सदरमुका गौरको राइसमिल खैदानमा १९ वर्षअघि २८ जना माओवादी कार्यकर्ताको हत्या भएको घटनालाई ब्युँत्याइदिएको छ । ‘गौर हत्या काण्ड’ भएको १९ वर्षपछि सर्वोच्चले मुद्दा चलाउन आदेश दिएसँगै जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवलाई अर्को संकट आइलागेको छ ।

सर्वोच्चका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेयको इजलासले यादवसहि जोडिएको उक्त हत्याकाण्डको मुद्दामा निवेदकको माग बमोजिम हुने परमादेश सोमबार जारी गरेको हो।

त्रिभुवन साहसमेतले जिल्ला प्रहरी कार्यालय रौतहट र जिल्ला सरकारी वकिल कार्यालय रौतहटसमेतलाई प्रतिवादी बनाएर रिट दायर गरेका थिए । उक्त रिटमा सुनुवाइ गर्दै सर्वोच्चले प्रतिवादीविरुद्ध मुद्दा चलाउन परमादेश दिएको हो । यसबारेको पुष्टि तत्कालीन माओवादी नेता एवम् हाल आमजनता पार्टीका अध्यक्ष प्रभु साहले गरेका छन् ।

सर्वोच्चको यो परमादेशसँगै जसपा नेपालका अध्यक्ष यादव पनि यो मुद्दामा तानिने भएका छन् । २०६३ चैत ७ गते रौतहट सदरमुकाम गौरको राइसमिल मैदानमा तत्कालीन मधेसी जनाधिकार फोरमका कार्यकर्ताको आक्रमणमा २८ जना माओवादी कार्यकर्ताले ज्यान गुमाएका थिए ।

धनराज भन्छन्- राजनीतिमा स्वच्छ प्रतिस्पर्धा नहुँदा गणतन्त्र धरापमा पर्‍यो

लुम्बिनी प्रदेशले विकास समस्या समाधानका ११ विषय सङ्घीय समितिमा लैजाने

मुख्यमन्त्री सिंह एक साताका लागि मलेसिया जाँदै

चैत १५ गते तीनकुनेबाट किन भागे दुर्गा प्रसाईं ? दिए यस्तो स्पष्टीकरण
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान नेपालका संयोजक दुर्गा प्रसाईंले डिल्ली बजार जेलबाट रिहा भएपछि पहिलो पटक सार्वजनिक अभिव्यक्ति दिएका छन् ।

गत चैत १५ गते पत्रका सुरेश रजक र यातायात मजदुर सविन महर्जनको ज्यान जाने गरी काठमाडौंको तीनकुनेमा भएको राजावादीको प्रदर्शनबीचमै भागेका उनी चैत २६ गते भारतको आसामबाट समातिएका थिए ।

हिंस्रक प्रदर्शनलाई भड्काउन भूमिका खेलेको आरोपमा उनलाई जेठ ३० गते काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको थियो ।

गत साउन १९ गते डिल्ली बजार कारागारबाट रिहा भएदेखि मौन बस्दै आएका प्रसाईंले सोमबार भक्तपुरस्थित निवासमै पत्रकार सम्मेलन गर्दै अन्य राजावादी दल र समूहलाई सक्दो गाली गरेका छन् ।

लिङ्देनलाई ‘गाली’ गर्दै पार्टी खोल्ने दुर्गा प्रसाईंको घोषणा

तीनकुनेबाट भारततिर भागेका प्रसाईं भन्छन्- मेरो शासनमा कुनै नेताले भाग्ने मौका पाउँदैनन्

दुर्गा प्रसाईँले भने- छिटै राजनीतिक दल खोल्छु

दुर्गम क्षेत्रमा विपद् व्यवस्थापन संयन्त्र सुधार्न सांसद बजगाईँको आग्रह
नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईँले दुर्गम तथा पहुँचविहीन क्षेत्रमा विपद् व्यवस्थापन र तत्काल सहयोग पुर्‍याउने संयन्त्र सुधार गरिनुपर्नेमा जोड दिएका छन् ।

सांसद बजगाईंले बुधबार सामाजिक सञ्जाल एक्समा गृहजिल्ला गोर्खाका प्रमुख जिल्ला अधिकारीले देखाएको व्यवहार उदाहरणका रूपमा प्रस्तुत गर्दै विपद् व्यवस्थापन र तत्काल सहयोग पुर्‍याउने संयन्त्र सुधार गरिनुपर्नेमा जोड दिएका हुन् ।

‘कस्तो सीडीओरु गोर्खाका सीडीओको व्यवहारप्रति गम्भीर आपत्ति, सम्माननीय प्रधानमन्त्रीको ध्यानकृष्टको खातिर,’ उनले गोर्खाका एउटा घटना उल्लेख गर्दै लेखेका छन्,’ ‘म यो घटनाको गम्भीरतालाई हेरेर विशेष गरी दुर्गम तथा पहुँचविहीन क्षेत्रमा विपद् व्यवस्थापन र तत्काल सहयोग पुर्‍याउने संयन्त्र तत्काल सुधार गरिनुपर्छ भन्ने कुरा जोड दिन चाहन्छु ।’

सांसद बजगाईंले गोर्खाको चुम नुब्री गाउँपालिका वडा नं. २ विही गाउँमा गएको पहिरोसम्बन्धी घटना पनि एक्समा उल्लेख गरेका छन् । स्थानीय राजा लामाले बाटो बगेको पहिरोको तस्बिर र जानकारी दिँदै आपतकालीन सहयोगका लागि अनुरोध गरेपछि आफूले तुरुन्तै गोर्खाका प्रमुख जिल्ला अधिकारीसँग सम्पर्क गरेको उनको भनाइ छ ।

धनगढीमा विश्वकर्माको मूर्ति बनाउन भ्याइनभ्याइ

व्यासको चिस्यान केन्द्रमा निःशुल्क आलु भण्डारण

भारत र चीनको विरोधमा नेविसंघको मशाल जुलुस (तस्बिरहरू)

प्रमुख सत्तारूढ नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघ त्रिचन्द्र क्याम्पसले भारत र चीनबीच लिपुलेकबाट व्यापारिक रूट बनाउने सम्झौताको विरोधमा मसाल जुलुस निकालेको छ ।

शुक्रबार साँझ नेविसंघले त्रिचन्द्र क्याम्पसले मसाल जुलुस निकालेको हो । जुलुसको क्रममा ‘लिपुलेक हाम्रो हो’ भन्ने लगायत नारा लागेको थियो ।

लिपुलेकमा भारत-चीन सम्झौताविरुद्ध क्रान्तिकारीले बाल्यो मसाल (तस्बिरहरू)

प्रमुख दलहरूले जोखिम मोलेरै भए पनि संविधान संशोधनको प्रक्रिया अघि बढाउनुपर्छ : गगन थापा

सुदूरका मुख्यमन्त्रीले भने- जनताले दिएको मन र मतको सधैँ सम्मान गर्छु

सङ्घीयता कार्यान्वयनमा देखिएका चुनौतीको विश्लेषण गर्ने समय आयो : सभामुख घिमिरे 

राष्ट्रियसभा बैठक : लिपुलेक विवादबारे कूटनीतिक समाधान खोज्न सांसदहरूको माग

संयुक्त राष्ट्रसङ्घद्वारा गाजामा अनिकालको घोषणा

संयुक्त राष्ट्रसङ्घले शुक्रबार गाजामा अनिकालको औपचारिक घोषणा गरेको छ। मध्यपूर्वमा पहिलो पटक अनिकाल परेको र पाँच लाख मानिसले ‘विनाशकारी’ भोकमरीको सामना गर्नुपरेको विज्ञहरूले चेतावनी दिएका छन् ।

संयुक्त राष्ट्रसङ्घका उच्च अधिकारीहरूले युद्धग्रस्त प्यालेस्टिनी क्षेत्रमा सहायता वितरणमा इजरायलले ‘सुनियोजित अवरोध’ पुर्‍याएको आरोप लगाएका छन् ।

इजरायलको विदेश मन्त्रालयले गाजा शहर र आसपासमा अहिले अनिकाल परेको घोषणा ‘निहित स्वार्थ भएका संगठनहरूमार्फत हमासको झूटमा आधारित’ रहेको बताएको छ ।

“गाजामा कुनै अनिकाल छैन,” मन्त्रालयले भनेको छ ।

जेलेन्स्कीसँग ‘कुनै पनि बैठकको योजना’ नबनेको रुसको भनाइ

भारतमा अनलाइन जुवा प्रतिबन्ध

गर्मीका कारण श्रमिकको ज्यान जोखिममा : संयुक्त राष्ट्रसंघ

४५ सय गोप्य भिडियो खिचेको आरोपमा पक्राउ परेका डाक्टर जमानतमा रिहा

पाकिस्तानमा वर्षाजन्य विपदबाट २४ घण्टामा २४ जनाको मृत्यु

पुटिनसँग डराउँदै ईयू, कूटनीतिज्ञले भने – हामी जोगिनुपर्छ

हमासले सर्त नमाने गाजा ध्वस्त गर्छौँ : इजरायली रक्षामन्त्री

श्रीलंकाका पूर्वराष्ट्रपति रनिल विक्रमसिङ्घे पक्राउ

अर्जेन्टिनाको समुद्री तटनजिकै ७.५ म्याग्निच्युडको भूकम्प, सुनामीको खतरा टर्‍यो

नेटोका सैन्य प्रमुखले युक्रेनको सुरक्षा प्रत्याभूतिबारे छलफल गर्ने
नेटोका सैन्य प्रमुखहरूले युक्रेनको लागि अन्तिम सुरक्षा सुनिश्चितताको विवरणमा बुधबार छलफल गर्नेगरी कार्यक्रम तय गरेका छन् । सैन्य प्रमुखहरूबीच अन्तिम सुरक्षा सुनिश्चितताको कूटनीतिक प्रयास जारी रहे पनि रुसी सेनाले युक्रेनी थप तीन वस्तीमा सफलता हात पारेको दाबी गरेको छ । युक्रेनी अधिकारीहरूले मस्कोको क्षेप्यास्त्रबाट थप व्यक्तिको मृत्यु भएको बताएका छन् ।

नेटोका ३२ सदस्य राष्ट्रका सैन्य प्रमुखहरूको भर्चुअल बैठकमा हुने भएका केही विवरणहरू चुहावट भएका छन् बैठक बुधबार अपराह्न २ः३० बजे सुरु हुनेछ।

तर मङ्गलबार साँझ नेटोका ‘ज्वाइन्ट चिफ्स अफ स्टाफ’का प्रमुख तथा शीर्ष अमेरिकी अधिकारी डन केनले युरोपेली सेनाका प्रमुखहरूसँग ‘सम्भावित युक्रेन शान्ति सम्झौताका लागि उत्तम विकल्प’ बारे छलफल गरेको एक अमेरिकी रक्षा अधिकारीले एएफपीलाई बताए।

दिल्लीका मुख्यमन्त्री गुप्तामाथि थप्पड प्रहार

अमेरिकी हवाई र युरोपेली स्थल सेना युक्रेन सुरक्षाको हिस्सा हुनसक्छ : ट्रम्प

युक्रेनको रक्षा गर्न अमेरिकी सेना नपठाउने

जापानको निर्यात संकट गहिरिँदै, गाडी आपूर्ति २८ प्रतिशत घट्यो

अमेरिकासँग तनाव बढ्दा नजिकिए भारत–चीन, सिधा हवाई उडान थाल्ने सहमति

पशुप्रेमी रिक्सा चालकले दिल्लीकी मुख्यमन्त्रीलाई हाने थप्पड

पाकिस्तान शाहिन्ससँग १ रनले हार्‍यो नेपाल

अस्ट्रेलियामा जारी टप एण्ड ट्वान्टी–२० शृङ्खलाअन्तर्गत शुक्रबार भएको खेलमा पाकिस्तान शाहिन्ससँग नेपाल १ रनले पराजित भएको छ ।

अष्ट्रेलियाको डार्विनस्थित मरारा क्रिकेट मैदान–२ मा भएको खेलमा पाकिस्तान शाहिन्सले टस जितेर पहिला ब्याटिङ रोजेको थियो ।

उसले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै दिएको एक सय ४४ रनको लक्ष्य पछ्याएको नेपाल ७ विकेट गुमाउँदै १४३ रनमा समेटियो।

जितनजिक पुगिसकेको अवस्थामा नेपाल अन्तिम ओभरमा लड्खडायो । अन्तिममा २ विकेट गुमाएपछि नेपालले पराजय भोग्यो। नेपालका लागि कप्तान रोहित पौडेलले ५२ रनको अर्धशतकीय पारी खेले । उनले ४४ बलमा ६ चौका र १ छक्का हाने ।

उता दीपेन्द्रसिंह ऐरी ४१ रनमा रनआउट रहे। दीपेन्द्रले २१ बलमा २ चौका र १ छक्का हाने। अन्तिम बलमा दीपेन्द्र रनआउट हुँदा नेपालले यो सिरिजमा चौथो हार सामना गर्‍यो ।

प्रकाशित मिति : ६ भाद्र २०८२, शुक्रबार  ८ : ०० बजे

दुई सय बिघा जग्गामा लगाइएको धानखेती बाढीले डुबायो

महोत्तरी – जिल्लाको जलेश्वर नगरपालिका–८ का किसानद्वारा लगाइएको दुई सय

प्रचण्डले भने : उत्पीडित वर्गको अधिकारका लागि सङ्घर्ष जारी छ

लमजुङ – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री

जोखिममा परेका गर्भवती तथा सुत्केरीको सतप्रतिशत हवाई उद्धार गरिने

काठमाडौं – चालु आर्थिक वर्षको वार्षिक योजना तथा कार्यक्रम निर्धारित

साफ यू –१७ महिलाः भुटानविरुद्ध नेपालको जित

काठमाडौं – सहारा लिम्बूको उत्कृष्ट प्रदर्शनसँगै नेपालले दक्षिण एसियाली फुटबल

ओली–विद्या दन्तबझान : एमाले फुटेकै हो ?

काठमाडौं– थापागाउँमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले विहीबार सम्पर्क कार्यालय उद्घाटन गरिन्