आजका समाचार : देशभर बाढी पहिरोको वितण्डा, सरकारले ज्यान गुमाएकाका परिवारलाई क्षतिपूर्ति दिने | Khabarhub Khabarhub

आजका समाचार : देशभर बाढी पहिरोको वितण्डा, सरकारले ज्यान गुमाएकाका परिवारलाई क्षतिपूर्ति दिने


१२ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : 4 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्क्रमणकालीन न्यायलाई टुङ्गो लगाउने क्रममा सशस्त्र द्वन्द्वकालमा भएका गम्भीर अपराधका घटनामा आममाफी नदिइने बताएका छन् ।

संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिएर आज अमेरिकाको न्युयोर्कबाट बोस्टन आइपुगेका प्रधानमन्त्री ओलीले हावर्ड विश्वविद्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै हालै संसदद्वारा पारित सङ्क्रमणकालीन न्यायसम्बन्धी प्रक्रियाले कानुनी उपचारलगायत पीडितको अधिकार र हितको रक्षा गर्ने स्पष्ट पारे ।


दुई ठूला दलको सहभागितामा आफ्नो नेतृत्वको सरकार बनेपछि सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरुको छानविन आयोगसँग सम्बन्धित विधेयक संसद्बारा लगभग सर्वसहमतिका आधारमा पारित भएको बताउँदै उनले विगतमा गठन भएका आयोगले गर्न बाँकी रहेका कामहरू अबका दिनमा अगाडि बढ्ने स्पष्ट पारे ।

सबै मिलेर विपत्तिको सामना गरौँ : प्रधानमन्त्री

अविकसित देशलाई सहयोग गर्न जी–७७ र चीनलाई परराष्ट्रमन्त्रीको आग्रह

बाढी–पहिरोमा ज्यान गुमाएकाका परिवारलाई क्षतिपूर्ति दिने सरकारको निर्णय

जारी परीक्षा स्थगित गर्ने सरकारको निर्णय

काठमाडौँ उपत्यकाबाट साढे सात सय जनाको सकुशल उद्धार स् गृहमन्त्री

नेता–कार्यकर्तालाई कांग्रेसको निर्देशन-उद्धार तथा राहतमा खटिनू

दूरसञ्चार र ‘इन्टरनेट’ सेवालाई निरन्तरता दिन मन्त्रालयको निर्देशन

घाइतेको निःशुल्क उपचार गर्न सबै स्वास्थ्य संस्थालाई मन्त्रालयको निर्देशन

गृहमन्त्री लेखकलाई राष्ट्रपतिको फोन, जनधनको क्षतिबारे लिए जानकारी

उद्धार र राहतमा जुट्न पार्टी पङ्क्तिलाई सभापति देउवाको निर्देशन

कोशी ब्यारेजको पुलमा आवत–जावत बन्द
लगातारको वर्षापछि नदीमा पानीको सतह बढेपछि कोशी ब्यारेजको पुलमा आवत–जावत बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले शनिबार दिउँसो ४ बजेबाट लागू हुने गरी ब्यारेजको पुलमा आवत–जावत बन्द गरेको हो ।

विगत तीन दिनदेखि परिरहेको अविरल वर्षाका कारण कोशी ब्यारेजमा पानीको सतह अत्याधिक बढेर खतराको संकेतसमेत पार गरेका कारण अर्को सूचना जारी नभएसम्मका लागि ब्यारेजको पुलबाट मानिससमेत जान नपाउने गरी आवतजावत बन्द गरेको हो ।

सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी वेदराज फुँयालले सुरक्षाका कारण ब्यारेजमा रहेको पुलबाट आवत–जावत बन्द गरेका कारण अत्यावश्यक काम परे वैकल्पिक मार्ग प्रयोग गर्न पनि आग्रह गरेका छन् ।

श्रीलंका टप्पुको तिलियामा २४ घण्टादेखि २२ जना उद्धारको पर्खाइमा

नारायणगढ–मुग्लिन–नागढुङ्गा सडकमा सवारी साधन सञ्चालनमा रोक

गोरुसिङ्गे–सन्धिखर्क सडक अवरुद्ध

आज बेलुकीदेखि पानी पर्न कम हुने

नेपालमा बाढी चल्दा भारतमा अत्यास, २४ घण्टे क्याम्प लगाउन निर्देशन

महोत्तरीका चौबिस गाउँ बाढीको उच्च जोखिममा

पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

बाढीपहिरो चल्दा देशका मुख्य सडक ४५ स्थानमा ठप्प

पहिरोले माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको बाँध क्षेत्रका संरचनामा क्षति

जलसतह बढेपछि गण्डक ब्यारेजका सबै ढोका खोलिए

उदयपुरको बेलका क्षेत्रमा सप्तकोशीको बाढी पस्यो, एक हजारबढी घर उच्च जोखिममा
अविरल वर्षापछि जिल्लाको बेलका नगरपालिका–३ स्थित भाटेपुललगायत क्षेत्रमा सप्तकोशी नदीको बाढी पस्दा करिब एक हजार ५०० घर बाढीको उच्च जोखिममा परेका छन् ।

बेलका नगरपालिका प्रमुख अशोक कार्कीकानुसार वडा नं ३ को भाटेपुल क्षेत्र र वडा नं ८ को लाहुरेखोचमा बाढी पसेपछि ती परिवार उच्च जोखिममा परेका प्रहरीले जनाएको छ । यसरी जोखिममा परेका करिब एक सय ५० जनालाई आजै नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरीको सहयोगमा उद्धार गरेर अन्य सारिएको बेलका नगरपालिकाले जनाएको छ ।

तीन जिल्लामा सेनाको हेलिकप्टर उद्धारमा प्रयोग

वर्षाका कारण मेलम्चीको पानी आउने दिन अनिश्चित

कोशीमा बाढी र पहिरोमा परि मृत्यु हुनेको सङ्ख्या ८ पुग्यो, ९ जना बेपत्ता

काठमाडौँ उपत्यकामा बाढीपहिरोबाट ३४ जनाको मृत्यु, दुई हजार घर डुबानमा

मेडिसिटी अस्पतालमा बाढी पसेपछि‘

देशभर बाढी पहिरोको वितण्डा, २० हजार सुरक्षाकर्मी परिचालन

विपदमा देशभर ४९ जनाको मृत्यु, ४० जना बेपत्ता

काभ्रेपलाञ्चोकको खानीखोलाका आठ घर बगे, विद्युत् सेवा बन्द

बाढीपहिरो चल्दा देशका मुख्य सडक ४५ स्थानमा ठप्प
अविरल वर्षापछि चलेको बाढीपहिरोका कारण देशका मुख्य सडकहरू ४५ स्थानमा अवरुद्ध भएको छ । ती स्थानमा पहिरो र बाढी चल्दा यातायात आवागमन ठप्प भएको हो ।

नेपाल प्रहरीले जारी गरेको ‘हाइवे अपडेट’ मा शनिबार दिउँसो साढे १ बजेसम्म देशको अधिकांश मुख्य राजमार्ग अवरुद्ध भएको उल्लेख छ । सातैवटा प्रदेशका मुख्य सडकका अधिकांश स्थानमा पहिरो खसेको छ ।


हुम्लाको सुर्केगाड गाउँपालिका(४ मा पहिरो जाँदा कर्णाली प्रदेशको जीवनमार्ग मानिने कर्णाली करिडोरको सो खण्ड पूर्ण अवरुद्ध छ । बागमती प्रदेशका मुख्य राजमार्गको २४ स्थानमा पहिरो खसेको छ । पहिरो खसेका सबै स्थानमा आवागमन ठप्प छ ।

अविरल वर्षासँगै आएको बाढी पहिरोमा ३० जनाको मृत्यु, ११ जना बेपत्ता

एपीवान टेलिभिजनको मुख्यालयमा बाढी पसेपछि प्रसारण रोकियो

नागढुङ्गामा सडकमाथि गाडी, गाडीमाथि पहिरो !

त्रिशूलीको बाढीले झोलुङ्गे पुल बगायो, तीन उच्च जोखिममा

विपद व्यवस्थापनमा महानगरका १७ नगर प्रहरी टोली परिचालन

नख्खु बाढीमा फसेकाको हेलिकोप्टरबाट उद्धार (तस्बिरहरू)

कोशीमा अति उच्च जोखिम तहको बाढी

पहिरोले पुरिएर ललितपुरमा चार जनाको मृत्यु

भक्तपुरमा पहिरोले पुरिएर तीन जनाको मृत्यु

भोटेकोशीले बगायो लार्चाको पुल, तातोपानी नाकासँग सम्पर्क विच्छेद
अरनिको राजमार्गअन्तर्गत भोटेकोशी नदीले सिन्धुपाल्चोकस्थित लार्चाको पुल बगाएको छ । शनिबार बिहान भोटेकोशी गाउँपालिकास्थित लार्चाको पुल बगेपछि तातोपानी नाकासँगको सम्पर्क टुटेको छ ।

अहिले भोटेकोशीको जलसतह बढ्दो क्रममा रहेकाले तातोपानी, बाह्रबिसे लगायतका तटीय क्षेत्र जोखिममा परेका छन् ।

मकवानपुरको सिस्नेरीमा ३० घर बगे, खानीखेतका २८ घर डुबानमा

सिरहामा बाढीले बगायो हुलाकी सडक

मेची राजमार्गको गोलाखर्क–राजदुवाली सडकखण्ड अवरुद्ध

पहिरोका कारण तनहुँका विभिन्न सडक अवरुद्ध

खराब मौसमका कारण हवाई उडान प्रभावित

धनकुटा पाख्रीबासमा पहिरोले घर बगाउँदा आमाछोरीको मृत्यु

बेरुतमा हिजबुल्लाहका नेतालाई लक्षित गरी हमला
बेरुत आक्रमणको सामना गरिरहेको इजरायली सेना थप आक्रामक भएको छ । शुक्रबार इजरायलले बेरुतमा थप गम्भीर आक्रमण गरेको थियो। आक्रमणको निशाना हिजबुल्लाह नेता हसन नसरल्लाह थिए। तर, नसरल्लाह हालसम्म यो स्थितिमा विश्वस्त भएका छैनन्। शुक्रबार निकै भीडभाड भएको ठाउँमा भएको आक्रमणमा परी ६ जनाको ज्यान गएको थियो । ९१ जना घाइते भएका छन् । आकाश धुवाँले ढाकेको छ ।

इजरायली डिफेन्स फोर्स ९आईडीएफ० का प्रवक्ता ड्यानियल हगारिलेले हिजबुल्लाहको मुख्यालयमा भएको आक्रमणलाई नजिकै रहेको बताए। यसैबीच इरानले अमेरिकाको विरोधाभाषी नीतिका कारण मध्यपूर्वमा हिंसा भड्काएको आरोप लगाइएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले शुक्रबार अमेरिकालाई आक्रमणबारे कुनै जानकारी नभएको बताएका छन् ।

स्पेनमा डुङ्गा दुर्घटना हुँदा नौ जनाको मृत्यु, ४८ बेपत्ता

युक्रेनमा चीनको शान्ति प्रयासमाथि अमेरिकी विदेशमन्त्रीको प्रश्न

युक्रेनमा बढ्दो तनावबीच ट्रम्प र जेलेन्स्कीबीच भेटवार्ता

अमेरिकामा हेलेन आँधीबाट ४३ जनाको मृत्यु

प्रकाशित मिति : १२ आश्विन २०८१, शनिबार  ८ : ०२ बजे

भोलिको लागि तय परीक्षा असोज २१ गते गर्ने त्रिविको निर्णय

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोलि असोज १३ गतेका लागि तय

कोशी ब्यारेजमा पानीको बहाव प्रतिसेकेन्ड ६ लाख क्युसेक नाघ्यो, अवस्था अतिजोखिमपूर्ण

विराटनगर- सप्तकोशी नदीस्थित कोशी ब्यारेजमा पानीको बहाव विस्फोटक अवस्थामा पुगेको

विपद् अपडेट : बाढी–पहिरोबाट ८७ जनाको मृत्यु, ७२ बेपत्ता

काठमाडौं – पछिल्लो तीन दिनसम्ममा परेको भारी वर्षाका कारण आएको

वर्षाले विभिन्न जलविद्युत् आयोजनामा क्षति, माग धान्न ३०० मेगावाट विद्युत् भारतबाट आयात

काठमाडौं – अविरल वर्षाका कारण विभिन्न जलविद्युत् आयोजना र प्रसारण

बाढीपहिरो पीडितको राहत र उद्धारमा नेता-कार्यकर्तालाई एमालेको आग्रह

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले) का कार्यवाहक अध्यक्ष ईश्वर पोखरेलले