साप्ताहिक ब्रिफिङ : प्रचण्ड फेरि अध्यक्ष हुने बाटोमा, केही नेताको राहदानी रोक्का हुने, गृहमन्त्रीले नेताका सबै फाइल खोल्ने र ट्रम्पल औषधिसहितमा लगाए नयाँ ट्यारिफ | Khabarhub Khabarhub

साप्ताहिक ब्रिफिङ : प्रचण्ड फेरि अध्यक्ष हुने बाटोमा, केही नेताको राहदानी रोक्का हुने, गृहमन्त्रीले नेताका सबै फाइल खोल्ने र ट्रम्पल औषधिसहितमा लगाए नयाँ ट्यारिफ


१० आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 10 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आदरणीय पाठकवृन्द ! खबरहब डटकमले हरेक शुक्रबार साताभरिका घटनालाई समेटेर ब्रिफिङ पस्कने गरेको छ । एक सातामा मुख्य घटनामा ‘रि–भिजिट’ गरिएको यो सामग्री पाठकहरुका लागि उपयोगी हुन सक्छ ।

पूर्वराष्ट्रपतिको निष्कर्ष : जेन-जी आन्दोलनका घटना शंकास्पद्, दलहरू एकजुट हुनुपर्छ

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ पुस्ताको मनोभावना बुझ्दै राष्ट्रिय एकताका साथ मुलुकलाई अघि बढाउनुपर्ने बताएकी छन् ।

शुक्रबार काठमाडौंमा जेन-जी आन्दोलनका भएका घटनापश्चात् मुलुकमा उत्पन्न परिस्थितिका बारेमा छलफल कार्यक्रमको आयोजना गर्दै पूर्वराष्ट्रपति भण्डारीले नयाँ पुस्ताको मनोभावना र माग बुझेर त्यसलाई सम्बोधन गर्ने वातावरण बनाउँदै राष्ट्रिय एकताका साथ मुलुकलाई अघि बढाउनुपर्ने बताएकी छन् ।

अहिलेको परिस्थितिमा पार्टीहरूको बिचमा पनि समन्वय र सहकार्य हुन जरुरी रहेको उनले बताइन् । भण्डारीले भ्रष्टाचारको नियन्त्रण र सुशासनको माग राखेर युवा पुस्ताले गरेको आन्दोलनमा भएको घटना शङ्कास्पद रहेको धारणा राखिन् ।

उनले नेपालको अस्थिरताले मित्र राष्ट्रहरूलाई पनि समस्या पर्न सक्ने भएकाले शान्ति र स्थायित्वको लागि विशेष ध्यान दिनुपर्नेमा जोड दिइन् ।

सञ्चारमन्त्री खरेलसँग ‘एनआरएनए’ प्रतिनिधिमण्डलको भेट

उपत्यकाका मेयर्स फोरमले गर्‍यो पुनः निर्माणका लागि ६ करोड दिने घोषणा

काज सरुवाको निर्देशन दरबन्दी शिक्षकमा मात्रै लागू हुने

‘प्रधानमन्त्री कार्कीको नाममा कुनै पनि सामाजिक सञ्जाल छैन’

व्यापारीको गुनासो- चिनियाँ पक्षले तातोपानी नाकाबाट नेपाली कन्टेनर ल्याउन दिएन

गृहमन्त्रीले भने- राजनीतिक दबाबमा बन्द गरिएका अनुसन्धानका सबै फाइल खोल्छु

गृहमन्त्री ओमप्रकाश अर्यालले राजनीतिक दबाबमा बन्द गरिएका अनुसन्धानका सबै फाइल खोल्ने बताएका छन् ।

शुक्रबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को निरीक्षणपछि सञ्चारकर्मीसँग कुरा गर्दै गृहमन्त्री अर्यालले यसअघि राजनीतिक दबाबका कारण अनुसन्धानमा भएका अवरोधलाई हटाउँदै सबै फाइल खोल्ने बताएका हुन् ।

उनले अपराध अनुसन्धानमा अब ब्रेक थ्रु हुने जिकिर गरे । सुशासनका दिन नसकेका कारण यसअघिको सरकार र जनप्रतिनिधिहरूको म्यान्डेट बिचैमा भङ्ग भएकाले अव सुशासन वर्तमान सरकारको पहिले सर्त भएको उनले बताए । शान्ति सुरक्षा नभए ६ महिनाभित्र निर्वाचन गर्न नसकिने भएकाले सुशासन कायम गर्नै पर्ने उनको भनाइ छ ।

गृहमन्त्री अर्यालले आफ्नो व्यवसायीकता प्रदर्शन गरेर प्रभावकारी रूपमा अनुसन्धानको कामलाई अघि बढाउन निर्देशन दिएको जानकारी दिए ।

सूचनाको हकको प्रभावकारी कार्यान्वयन हुन्छ : सञ्चारमन्त्री खरेल

अर्थमन्त्री र मन्त्रालयका सचिवको अमेरिका भ्रमण स्वीकृत गर्ने सरकारको निर्णय

पूर्वगुप्तचर प्रमुख शर्माको आरोप : संसद् भवनअगाडि एम्बुस थापेर विद्यार्थीलाई गोली हानियो

मन्त्री घिसिङसँग युरोपेली सङ्घका राजदूत लोरेन्जोको शिष्टाचार भेटवार्ता

सिटिइभीटीलाई शिक्षामन्त्री पुनको चार बुँदे निर्देशन

प्रधानमन्त्रीको वाचा : विगतका भ्रष्टाचारको छानबिन हुन्छ

प्रधानमन्त्री सुशीला कार्कीले विगतका सरकारका पालमा भएका भ्रष्टाचारको छानबिन हुने बताएकी छन् । बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दै कार्कीले विगत समयमा भएका भ्रष्टाचारको छानबिन हुने वचन दिइन् ।

उनले भदौ २४ गते जेन-जीका नाममा भएको आगजनीका क्रममा निजी घरहरूमा भेटिएका नगदबारे पनि छानबिन थालिसकिएको बताएकी छन् ।

‘निजी घरमा देखिएको नगद रकमबारे सरकारीनिकायले छानबिन थालिसकेका छन्’, उनले भनेकी छन्, ‘सरकार पुननिर्माण र सुशासन कायम गर्दैनिर्वाचन गराउन प्रतिबद्ध छ ।’

राष्ट्रका नाममा प्रधानमन्त्रीको सम्बोधन

भ्रष्टाचार न्यूनीकरण, सुशासन र सामाजिक न्यायका लागि सरकार दृढ छ : प्रधानमन्त्री कार्की

जेन-जी आन्दोलनका दोषीलाई सख्त कारबाही हुन्छ : प्रधानमन्त्री

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक, प्रधानमन्त्रीले आजै देशवासीलाई सम्बोधन गर्ने

राष्ट्रपतिसमक्ष दलित आयोगको वार्षिक प्रतिवेदन पेस

केही नेताहरूको राहदानी रोक्का गर्ने सरकारको तयारी

सुरू भयो मतदाता नामावली संकलन, १६ वर्ष पूरा भई नागरिकता लिएकाले नाम दर्ता गराउन सक्ने

एमालेमा ६४ वटा पार्टी कार्यालय र १५८ जना नेता-कार्यकर्ताको घरमा आक्रमण

केन्द्रीय समिति विघटन गर्दै प्रचण्डले भने: मलाई अध्यक्ष पदमा टाँसिएर बसिरहन मन छैन

नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको सातौँ पूर्ण बैठक बिहीबारबाट काठमाडौंमा सुरू भएको छ । प्रज्ञा भवन कमलादीमा बसेको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनितिक एवम् संगठनात्मक प्रस्ताव राखेका छन् ।

प्रचण्डले अहिलेको केन्द्रीय समिति विघटन गर्दै विशेष महाधिवेशनमा जानका लागि आफ्नो नेतृत्वमा आयोजक कमिटी बनाउने प्रस्ताव राखेका हुन् ।

त्यस्तै उनले तोकिएको समयमा नै निर्वाचन हुनुपर्ने र पार्टीको ध्यान निर्वाचनमा केन्द्रित गर्नुपर्नेमा जोड दिएको बैठकमा सहभागी माओवादी नेताहरूले बताएका छन् ।

प्रचण्डले यतिबेला देश इतिहासकै गम्भीर संटमा परेको बताएका छन्। उनले यस्तो अवस्थामा आफू जिम्मेवारीबाट भाग्न नसक्ने पनि बताएका छन्।

सबै माओवादी नेताको सम्पत्ति सार्वजनिक गर्ने प्रचण्डको घोषणा

प्रचण्डका विकल्प : कार्यकारी अध्यक्ष दिएर निर्वाचन फेस गर्ने कि महाधिवेशनपछि नेतृत्व छाड्ने ? 

माओवादीको केन्द्रीय कमिटी भङ्ग, प्रचण्डकै प्रस्तावअनुसार मंसिरमा विशेष महाधिवेशन

प्रचण्डले भने- म अब माओवादीको अध्यक्ष रहिनँ, संयोजक भएँ

केन्द्रीय समिति विघटन गर्दै प्रचण्डले भने- मलाई अध्यक्ष पदमा टाँसिएर बसिरहन मन छैन

महासचिवको प्रस्तावमा माओवादी नेताहरूको आपत्ति, बैठकको सुरूमै विरोधमा उत्रिए

प्रचण्डले जेन-जी विद्रोहको दोष ओली नेतृत्वको सरकारलाई थोपरे

जेन-जीका नाममा सर्वस्व जलाइएपछि पूर्णबहादुरको गुनासो : काठमाडौंमा मेरो घर र जग्गा छैन भन्दा कोही पत्याउँदैन

नेपाल र श्रीलंकाको चेम्बरबीच सहकार्यको सम्झौता

माओवादीले पार्टी नेतृत्वको बहसलाई तार्किक निष्कर्षमा पुराउने

नारायणकाजी र जनार्दनले अस्वीकार गरे प्रचण्डको प्रस्ताव

सुदन किरातीको टिप्पणी : राम जस्ता नेता पैसा र परिवारको पछि लाग्दा रावण हुने डर भयो

नेकपा (माओवादी) केन्द्रका नेता सुदन किरातीले नेताहरूको विलाशी जीवन शैलीले आन्दोलन नै संकटग्रस्त भएको बताएका छन् । माओवादी केन्द्रीय समितिको बिहीबारदेखि सुरू केन्द्रीय समिति बैठकमा बोल्दै उनले नेताहरूले मृत्यु र पैसाको प्रवाह नगर्दा पार्टी बलियो भएको बताए ।

‘जब नेताले मृत्युको प्रवाह गरेनन्, त्यसबेला पार्टी बलियो भयो । जब नेतृत्वले जीवनको लोभ गर्न थाल्यो तब पार्टी कमजोर हुँदै गयो’, उनले भने, ‘नेताले जीवनको लोभ गर्न थालेपछि, परिवार, पैसा र सुन(धनको पछाडि मरिहत्ते गरेर लाग्न थाल्यो । हामी यसकै कारण कमजोर हुँदै गयौँ । त्यहीकारण राम जस्ता नेताहरू आज रावण जस्तो हुने खतराबाट बचाउनुपर्ने भएको छ ।’

नेता किरातीले अब यही यथास्थितिमा पार्टी चल्न नसक्ने बताए । अब महाधिवेशनमा जाँदा पार्टीले पूरा गर्नुपर्ने जिम्मेवारी पनि उनले बैठकमा प्रस्तुत गरे ।

कार्यदलले बुझायो पुँजीबजारमा लगानीकर्ताको मनोबल बढाउने ३७ वटा सुझाव

किन भयो पुँजीबजारको नियामक सेबोन र नेप्सेमा आन्दोलन ?

बाबुरामले भने- पुराना दलहरू नसच्चिने भए सक्किन तयार हुनु पर्छ

देउवाको बचाउमा उत्रिँदै कांग्रेसका २३ नेताले दिए संसद् पुनर्स्थापनाबाट संविधान संशोधनको विकल्प
 
नेपाली कांग्रेसका २३ जना नेताहरू सभापति शेरबहादुर देउवा बचाउमा उत्रिएका छन् । दुई दिनअघि नेता गुरु घिमिरेसहितले विशेष महाधिवेशन माग गरेको पृष्ठभूमिमा बुधबार संयुक्त वक्तव्य निकाल्दै २३ जना नेताले देउवाको बचाउ गरेका हुन् ।

पार्टीका केन्द्रीय सदस्य, मुख्यमन्त्री, राष्ट्रिय सभा सदस्य, प्रदेश कार्यसमितिका कार्यवाहक सभापति, प्रदेश सरकारका मन्त्री, जिल्ला सभापति, प्रदेशसभा सदस्य र पदाधिकारीहरूको बैठकपछि देशको राजनीतिक निकास र पार्टीभित्रको आन्तरिक एकताबारे धारणा सार्वजनिक गरिएको हो ।

उनीहरूले जेन-जीका नाममा गत भदौ २४ गते सभापति तथा पूर्वप्रधानमन्त्री देउवा र केन्द्रीय सदस्य डा. आरजु राणा देउवामाथि भएको भौतिक आक्रमणको कडा निन्दा गरेका छन् ।

कांग्रेसले छाड्यो मधेस सरकार, मुख्यमन्त्री सिंह अल्पमतमा परे

कांग्रेस सुधारका लागि नेता पौडेलले थाले सुझाव संकलन

प्रभावकारी सेवाका लागि दरबन्दी मिलान गरिने

सिर्जनशील टिम बनाउन व्यस्त छु, फोन नगर्नुहोला : शिक्षामन्त्री पुन

देउवा दम्पती डिस्चार्ज हुँदै, तत्काललाई ललितपुरमा बस्ने

माफी माग्दै योगेशले भने : बदलिएका अपेक्षा र आवश्यकता सम्बोधन गर्न सकेनौँ

नेकपा (एमाले) का सचिव योगेश भट्टराईले जेन–जी आन्दोलनपछि आत्मालोचना गर्दै बदलिएका आवश्यकता र अपेक्षा सम्बोधन गर्न नसकेको स्वीकार गरेका छन्। बिहीबार सार्वजनिक वक्तव्य जारी गर्दै उनले आन्दोलनका क्रममा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली दिँदै उनले यस्तो स्वीकारोक्ति गरेका हुन् ।

‘२३ भदौले देखाइसकेको छ कि सबै कुरा ठिकठाक थिएनन्। यो सत्य स्वीकार गर्दै भन्नुपर्छ, बदलिएका आवश्यकता र अपेक्षा पूरा गर्न सफल नभएकोमा हामी माफी चाहन्छौँ’, योगेशले भनेका छन् ।

उनले जेन–जी आन्दोलनमाथि भएको दमनको न्यायिक छानबिन हुनुपर्नेमा पनि जोड दिएका छन् । तर २४ भदौमा भएको हिंसात्मक गतिविधिले आन्दोलनलाई बदनाम गरेको पनि उनले बताए। ‘त्यो दिनका अपराधिक गतिविधिले राष्ट्रिय सम्पदा र गौरव जोडिएका संरचनामा क्षति पुर्‍यायो, जसले जेन–जीहरूको पवित्र मागलाई विद्रूप बनायो,’ उनले भनेका छन् ।

भट्टराईले मुलुकलाई अस्थिरताको प्रयोगशाला बनाउन खोजिएको चर्चा भए पनि त्यसबारे अहिले धेरै नबोल्ने बताएका छन्। तर संविधानको रक्षा, लोकतान्त्रिक प्रक्रियाको पुनर्जीवन र निर्वाचनमार्फत् देशलाई ‘ट्रयाक’मा ल्याउनु आजको पहिलो कार्य भएको पनि उनले बताएका छन् ।

एमालेमा ६४ वटा पार्टी कार्यालय र १५८ जना नेता-कार्यकर्ताको घरमा आक्रमण

सञ्चालनमा ल्याइयो तीन मन्त्रालयमा हटलाइन नम्बर

प्रचण्डकै सामु जनार्दनको निष्कर्ष- माओवादी पनि कांग्रेस-एमाले जस्तै बिग्रिएपछि जेन-जी विद्रोह भयो

शिक्षामन्त्री पुनसमक्ष विद्यालय कर्मचारीको ध्यानाकर्षण

भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा योगदान गर्न सरकारको आह्वान

विमानस्थल आसपास क्षेत्रमा चङ्गा, ड्रोन तथा बेलुन उडाउन नपाइने

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपास क्षेत्रमा चङ्गा, ड्रोन तथा बेलुन उडाउनेलाई कारबाही गर्ने भएको छ ।

पछिल्लो केही दिनयतादेखि विमानस्थलको हवाई आवागमन हुने तथा आसपासको क्षेत्रमा चङ्गा, ड्रोन, बेलुन उडाउने कार्य गरेको पाइएका कारण सो कार्य नगर्नरनगराउन आग्रह गरिएको विमानस्थलका महाप्रबन्धक हंसराज पाण्डेले जानकारी दिए ।

उनले भने, ‘विमानस्थलको हवाई आवागमन हुने तथा आसपासको क्षेत्रमा चङ्गा, ड्रोन, बेलुन उडाउने तथा लेजर लाइटले विमानको उडान सुरक्षामा गम्भीर असर पर्न सक्ने भएको हुँदा यस किसिमका गतिविधि एवं क्रियाकलाप नगर्न अनुरोध गरेका छौँ । अवज्ञा वा अटेर गर्नेलाई कारबाही हुनेछ ।’

काठमाडौं महानगरद्वारा नाम्खा गाउँपालिकालाई एम्बुलेन्स प्रदान

पूजा गरेर कोटेश्वर प्रभाग पुनर्स्थापित, प्रहरीलाई फूलमालाले स्वागत (तस्बिरहरू)

दसैँ नजिकिएसँगै आन्तरिक उडानमा बढ्यो चाप

राष्ट्रपतिले जारी गरे मतदाता नामवालीसम्बन्धी अध्यादेश

राष्‍ट्रपति रामचन्द्र पौडेलले मतदाता नामवालीसम्बन्धी अध्यादेश बुधबार जारी गरेका छन् । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीसँग भेटवार्ता भएपछि पौडेलले मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गरेका हुन् ।

पौडेल र अन्तरिम सरकारका प्रधानमन्त्री कार्कीबीच बुधबार भेटवार्ता भएको थियो । राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा समसामयिक राजनीति, फागुन २१ मे तोकिएको प्रतिनिधिसभा निर्वाचनको तयारी तथा सुरक्षा अवस्थाबारे छलफल भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

प्रदेश संरचना खारेज हुँदैन : अर्थमन्त्री खनाल

अब कर्मचारीले नियमित कामको बैठकमा भत्ता लिन नपाउने

खर्च कटौतीको निर्णयले संघदेखि पालिकासम्मका प्रेस सल्लाहकारको जागिर गयो

अर्थमन्त्री खनालको निर्णय : सबै स्वकीय सचिवको जागिर खाेसियाे

सरकारले भूमि समस्या समाधान आयोग खारेज गर्ने

विपिनका आमा र बहिनी इजरायलपछि अब अमेरिकातिर, राष्ट्रसंघमा कुरा उठाउने

भदौ २४ गते उपत्यका प्रहरी कार्यालयको गाडीमा खुकुरी हानिरहेका थिए जेन-जीका कोशी संयोजक

गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनमा विवादित पृष्ठभूमिको हामी नेपाल संस्थाबाट स्वयम्सेवकका रुपमा माइती घरमा खटिएका सुदन गुरुङमाथि अहिले अनेक आरोप लागिरहेका छन् ।

उनीमाथि लागेको आरोपमध्ये एक हो, जेन-जीको आन्दोलन हाइज्याक गरेर आफैं हर्ताकर्ता बनेको । सुदन र उनका साथी काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहमाथि अहिले जेन-जी पुस्ता नै सामाजिक सञ्जालमा खनिइरहेका छन् ।

यद्यपि सुदन रोकिएका छैनन्, कहिले प्रधानमन्त्री सुशीला कार्कीलाई ढोग्न पुग्छन् त कहिले उनैविरुद्ध कार्यकर्ता नाराबाजीमा उतार्छन् ।

पछिल्लो समय ५ असोजमा प्रधानमन्त्री कार्कीलाई भेट्न जाँदा संविधान खारेज गर्न खोजे पनि नेपालमा भारतीय सेना आउने डरले त्यसो नगरेको विवादास्पद टिप्पणी दिए ।

सीआईबी प्रमुखको जिम्मेवारी डा. मनोज केसीलाई

जेन-जी आन्दोलन : गौरीबहादुर कार्कीको नेतृत्वमा तीन सदस्यीय जाँचबुझ आयोग गठन

नख्खु कारागारबाट भागेका कैदीले घर पुगेर गरे श्रीमतीको हत्या

बाबुरामले छाडे नयाँ शक्तिको अध्यक्ष पद

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले पार्टीको अध्यक्ष पद त्याग गरेका छन्। दीपज्योती बैङ्क्वेट बौद्धमा बुधबार बसेको नेसपा (नयाँ शक्ति)को केन्द्रीय समितिको विशेष विस्तारित बैठकमा अध्यक्ष डा भट्टराईले पदत्याग गर्ने प्रस्ताव पेस गरेको र केन्द्रीय समितिद्वारा स्वीकृत गरेको सो पार्टीका प्रवक्ता कृष्ण शर्माले राससलाई जानकारी दिए ।

उनले भने, ‘अध्यक्ष भट्टराईको पदत्याग गर्ने प्रस्ताव केन्द्रीय समितिद्वारा स्वीकृत भएको छ । पार्टीका उपाध्यक्ष दुर्गा सोवको अध्यक्षतामा महाधिवेशन आयोजक समिति बनाउने निर्णय गरिएको छ ।’

महाधिवेशनसम्मको निम्ति उपाध्यक्ष दुर्गा सोबलाई संयोजक र महासचिव सोनामसिंह स्याङ्तानलाई सदस्य सचिव तथा पार्टी प्रवक्तामा कृष्ण शर्मालाई तोकिएको सो पार्टीका केन्द्रीय सदस्य टङ्क धमलाले बताए । उनका अनुसार नेसपा (नयाँ शक्ति) ले आउँदो फागुन महिनासम्ममा आफ्नो पार्टीको विशेष महाधिवेशन गर्ने तयारी गरेको छ ।

माओवादीसँग एकताका लागि विप्लवले बनाए वार्ता टोली

जेन-जीका नाममा घेर्न थालेपछि एकै ठाउँ दलनिकट ट्रेड युनियन, मुख्य सचिवसँग लगाए गुहार

रास्वपाको वेबसाइट ह्याक गरेर रविबारे लेखियो : न माफी दिन्छौँ, न त बिर्सिन्छौँ

राष्ट्रिय महिला आयोगकी कृष्णकुमारीले आफैंलाई तोकिन् कार्यवाहक अध्यक्ष

जेन-जीका नाममा प्रहरीको हत्यामा संलग्न भएको अभियोगमा दुईजना समातिए

सिन्धुपाल्चोकमा पहिरोमा परी दुई बालिका बेपत्ता, खोजी जारी

जिल्लाको बलेफी गाउँपालिका–१ जलबिरेस्थित बलेफी–ढाडे भित्री सडक खण्डमा आज दिउँसो पहिरोमा परी दुई बालिका बेपत्ता भएका छन् ।

चौतारा साँगाचोकगढी नगरपालिका–२ भोटे फुल्पिङ घर भई जुगल गाउँपालिका–२ गोल्छेमा रहेको मामाघर जाँदै गरेका ज्याङजेङ लामाकी छोरी १७ वर्षीया फूलमाया लामा र निजकी बहिनी पाँच वर्षीया मनमाया लामा पहिरोमा परेर बेपत्ता भएको प्रहरी उपरीक्षक तथा जिल्ला प्रहरी प्रमुख रामेश्वर कार्कीले जानकारी दिए ।

आज दिउँसो करिब ४ः४५ बजे सडकमाथिबाट लेदो सहितको पहिरोमा परी उनीहरू बेपत्ता भएका हुन् । घटनापछि इलाका प्रहरी कार्यालय जलबिरेबाट प्रहरी निरीक्षक गजेन्द्र रावतको नेतृत्वमा १० जनाको प्रहरी टोली परिचालन भई खोजी कार्य जारी राखिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

भक्तपुरमा दसैँका लागि च्याङ्ग्रा ल्याइयो

संयुक्त राष्ट्रसङ्घको ८०औँ महासभामा न्यूयोर्कस्थित स्थायी प्रतिनिधि सहभागी हुने

भक्तपुर र सिराहामा तीन जना मृत अवस्थामा फेला

आगजनीपछि अस्तव्यस्त सर्वोच्च अदालत (तस्बिरहरू)

तुइन खोला क्षेत्रको पहिरो : पोखरा–काठमाडौँ यातायात समेत प्रभावित

तातोपानी नाकाबाट भित्रिए सय कन्टेनर, रसुवागढीमा बेलिब्रिज हाल्ने तयारी

तातोपानी नाका जोड्ने अरनिको राजमार्ग सञ्चालनमा आएपछि चीनतर्फ अड्कीएका कन्टेनर नेपाल भित्रिन थालेका छन ।

भोटेकोशी गाउँपालिका–२ स्थित कोदारी बजार नजिकै पर्ने इकुसहित अन्य चार ठाउँमा खसेको पहिरोका कारण भदौ ८ गतेबाट राजमार्ग ठप्प बनेको थियो । राजमार्ग खुलेपछि मंगलबार दिउँसोबाट तातोपानी भन्सार कार्यालयको बन्दरगाहमा कन्टेनर आउन थालेको भन्सार प्रमुख सूर्यप्रसाद काफ्लेले बताएका छन ।

‘सबैभन्दा समस्या इकुको २ सय ५० मिटर चौडाइमा फैलिएर खसेको पहिरो थियो, त्यहाँ सोमबार बेलुका ट्रयाक खुलाइयो, दलदले माटोका कारण बाक्लिएली ग्राभेल हालेपछि मंगलबार दिउँसो १ बजेबाट चेकजाँचका लागि करिब ३९ वटा फलफूलका साना कन्टेनर भन्सार यार्डमा आइपुगेका हुन । ठूला कन्टेनर पास हुन अलिक असहज हुन सक्छ साना त निर्वाध आवतजावत गर्न थालेका छन उनले भने।’

साल्ट ट्रेडिङ कर्पोरेसन झापामा २२८ मेट्रिक टन रासायनिक मल मौज्दात

अवरुद्ध तातोपानी–कोदारी राजमार्ग खुलेसँगै भन्सार नाकाबाट सामान आयात सुरु

पहिरोले कोदारी राजमार्गमा सधैँको सास्ती (तस्बिरहरू)

काठमाडौं महानगरभित्र १२ वटा ‘हाई मास्ट लाइट’ जडान

बेलायतले विवादास्पद विचारलाई पुनर्जीवित गर्दै डिजिटल आइडी कार्डहरू प्रस्तुत गर्ने

बेलायतले नागरिक र स्थायी बासिन्दाहरूका लागि अनिवार्य डिजिटल पहिचान (आइडी) कार्ड प्रस्तुत गर्ने योजना घोषणा गरेको छ ।

सरकारले भनेको छ, ‘काम पाउन अब यो कार्ड आवश्यक हुनेछ, जसले लामो समयदेखि विवादास्पद रहेको विचारलाई पुनर्जीवित गरेको छ ।’

सरकारको दाबी अनुसार, यस योजनाले अनधिकृत आप्रवासन नियन्त्रण गर्न मद्दत गर्नेछ, भूमिगत अर्थतन्त्रमा काम गर्न गाह्रो बनाउनेछ र नागरिकलाई स्वास्थ्य सेवा, बाल संरक्षण, कल्याण तथा अन्य सार्वजनिक सेवामा छिटो पहुँच दिलाउनेछ ।

प्रधानमन्त्री किर स्टार्मरले भने, ‘यसले हाम्रो सिमाना सुरक्षित गर्नेछ, अवैध रूपमा काम गर्न कठिन बनाउनेछ र साधारण नागरिकलाई असङ्ख्य फाइदा दिनेछ । पुराना युटिलिटी बिल खोज्नुको सट्टा, सेवा प्राप्त गर्न सजिलै पहिचान प्रमाणित गर्न सकिनेछ ।’

विषाक्त रक्सी सेवन गर्दा रूसमा १९ जनाको मृत्यु

आइसीसी वारेन्टका आधारमा स्लोभेनियाद्वारा नेतान्याहुलाई देश प्रवेशमा प्रतिबन्ध

डोनाल्ड ट्रम्पको ‘ट्यारिफ बम’: अब औषधिमा १०० प्रतिशत कर

गाजामा विनाशबीच माइक्रोसफ्टले बन्द गर्‍यो इजरायली सेनाका केही सुविधा

ट्रम्पको नयाँ शुल्क घोषणा : औषधि, ठूला ट्रक र फर्निचरमा कर

लद्दाखमा नेपालकै शैलीको आन्दोलन : एकैदिन ४ जनाको मृत्यु, ७२ घाइते, भाजपा कार्यालय जलाइयो
केन्द्रशासित प्रदेश लद्दाखलाई पूर्ण राज्यको दर्जा दिनुपर्ने मागसहित बुधबार लेहमा भएको प्रदर्शन हिंसात्मक बनेको छ। विद्यार्थी र सुरक्षाकर्मीबीचको झडपमा ४ जनाको मृत्यु भएको छ भने ७० भन्दा बढी घाइते भएका छन्।

प्रदर्शनका क्रममा विद्यार्थीहरूले प्रहरीमाथि ढुंगामुढा गरे। भाजपा कार्यालय र सीआरपीएफको गाडीमा समेत आगजनी गरिएको छ। यसैबीच प्रशासनले लेहमा कुनै पनि र्‍याली वा प्रदर्शन गर्न रोक लगाएको छ।

यी विद्यार्थीहरू सामाजिक अभियन्ता सोनम वाङ्चुकको समर्थनमा आन्दोलनमा उत्रिएका हुन्। वाङ्चुक १५ दिनदेखि आमरण अनशनमा बसेका थिए। माग पूरा नभएको विरोधमा प्रदर्शनकारीहरूले बन्दको आह्वान गरेका थिए। त्यसै क्रममा हिंसा सुरु भएको हो।

भारतको लद्दाखमा नेपालकै शैलीमा प्रदर्शन : भाजपाको कार्यालय र प्रहरीको गाडी जलाइयो

बढ्दो मूल्यवृद्धिले अस्ट्रेलियामा जनजीवन प्रभावित

दक्षिण सुडानमा स्वास्थ्य अभियान सुरु, लाखौँलाई लाभ हुने अपेक्षा

युक्रेनमा आक्रमण जारी राख्नुबाहेक कुनै विकल्प छैन : रुस 

गाजामा इजरायली बमबारी, १५ जना प्यालेस्टिनीको मृत्यु

बैंककमा सडक भासिँदा यातायात अवरुद्ध

युएस क्रिकेट निलम्बित

इजरायलका प्रधानमन्त्री नेतन्याहु न्यूयोर्क प्रस्थान
संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन जाने क्रममा इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु सवार विमानले अनौठो हवाइ मार्गको प्रयोग गरेको बताइएको छ ।

बेन्जामिन नेतान्याहु। तस्बिर : बिबिसी

विमान विभिन्न युरोपेली मुलुकहरूको हवाइ मार्ग हुँदै बिहीबार न्यूयोर्कका लागि प्रस्थान गरेको थियो। पछिल्लो समय फ्रान्ससहितका केही युरोपेली मुलुकहरूले प्यालेस्टाइनलाई स्वतन्त्र राज्यको रूपमा मान्यता दिने घोषणा गरेका छन् ।

नेतन्याहुले आफ्नो उडानका लागि अनौठो मार्ग तय गर्नुलाई प्यालेस्टाइनलाई स्वतन्त्र राज्यको रूपमा मान्यता दिने घोषणासँग सम्बन्धित सन्दर्भसँग जोडेर हेरिएको अनुमान गरिएको छ ।

अमेरिकी सांसद : चीनसँगको व्यापार द्वन्द्व समाधान गर्न धेरै काम आवश्यक

पेरिस अदालतले सार्कोजीमाथि गद्दाफीको अवैध अभियान वित्तपोषण मुद्दामा फैसला सुनाउँदै

भेनेजुएलामा ६.३ म्याग्निच्युडको भूकम्प

अमेरिकामा नयाँ घरको बिक्री उच्च

प्रकाशित मिति : १० आश्विन २०८२, शुक्रबार  ८ : २१ बजे

राजनीतिक सम्बन्धले रोकेका अपराधका विषय अनुसन्धानको प्रक्रियामा जान्छ : गृहमन्त्री

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले विगतमा राजनीतिक सम्बन्धका आधारमा रोकिएका

नेतन्याहूको भाषण बहिष्कार गरेर राष्ट्र संघ महासभाबाट बाहिरिए दर्जनौँ देशका प्रतिनिधि

न्यूयोर्क- शुक्रबार संयुक्त राष्ट्र महासभामा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले विश्व

जेनजी प्रदर्शनका क्रममा काठमाडौं महानगरमा ६३ लाखको क्षति

काठमाडौं – गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका

सुर्खेतमा खोलाले बगाउँदा दिदीबहिनीको मृत्यु

सुर्खेत – पौडी खेल्ने क्रममा खोलाले बगाउँदा जाजरकोटमा एकै घरका

प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित एक जना पक्राउ

सिरहा – लागुऔषध नियन्त्रण ब्यूरो र इलाका प्रहरी कार्यालय मिर्चैया,