साप्ताहिक ब्रिफिङ : दलसँग सम्बन्ध सुधार्ने प्रधानमन्त्रीको कोसिस, आयोगमा दर्ता भयो एमाले, ओलीविरुद्ध पोखरेल लड्ने, लगातार हारले संकटमा कर्णाली र हङकङमा भीषण आगलागी, मर्ने डेढसय नजिक « Khabarhub

साप्ताहिक ब्रिफिङ : दलसँग सम्बन्ध सुधार्ने प्रधानमन्त्रीको कोसिस, आयोगमा दर्ता भयो एमाले, ओलीविरुद्ध पोखरेल लड्ने, लगातार हारले संकटमा कर्णाली र हङकङमा भीषण आगलागी, मर्ने डेढसय नजिक


१२ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 7 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

सचिवालयबाट निकालिएका तीनैजनाले एकसाथ भने- प्रधानमन्त्री बिचौलियाको चंगुलमा परिसक्नुभयो

एक दिनअघि मात्रै प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयबाट हटाइएका तीनजना विज्ञले आफूहरूलाई पदमुक्त गर्ने निर्णयप्रति गम्भीर आपत्ति जनाएका छन् । उनीहरूले आफूहरूलाई हटाउने प्रधानमन्त्री कार्कीको निर्णयलाई बेवास्ता, नातावाद र व्यक्तिगत प्रतिशोधको नतिजा भनेका छन् ।

बिहीबार संयुक्त वक्तव्य निकालेर युवा तथा सामाजिक विज्ञ प्रदीप ज्ञवाली, सूचना तथा प्रविधि विज्ञ अरुण कटुवाल र शाखा अधिकृत आकृति घिमिरेले प्रधानमन्त्री स्वार्थ समूहको चंगुलमा परेको आभास भएको बताएका छन्।

तीनैजनाले आफूहरू सुरुदेखि नागरिक सरकारको सचिवालय विस्तारमा योगदान पुर्‍याउँदै, निर्वाचन तयारी, मतदाता परिचयपत्रलाई राष्ट्रिय परिचय नम्बरमा जोड्ने काम, अन्तरजिल्ला र बाह्य निर्वाचन प्रक्रियामा सक्रिय रूपमा लागेको उल्लेख गरेका छन्।

ओलीलाई स्थानहद गरिएकोबारे एमाले नेताहरूले प्रधानमन्त्रीसँग उठाए प्रश्न

प्रधानमन्त्रीसँग एमालेको अडान : यो सरकारको वैधताको छिनोफानो सर्वोच्च अदालतले गर्नुपर्छ

प्रधानमन्त्री कार्कीसँग लोसपा अध्यक्ष ठाकुरको भेट

प्रधानमन्त्रीले एमालेसँग थालिन् सिधा संवाद

सामाजिक सुरक्षाको दायरामा आउन निजी सञ्चारमाध्यमलाई आह्वान

कर प्रणालीको सरलीकरण र नीतिगत समन्वय अपरिहार्य : मन्त्री खनाल

सामाजिक सुरक्षा व्यवस्था सामाजिक न्यायको आधार हो : प्रधानमन्त्री

सोलुखुम्बुबाट एमालेका सबै महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन

पूर्वएआईजी विश्वराज पोख्रेल घण्टी बजाउँदै रास्वपातिर (तस्बिरहरू)

प्रचण्डले भने- माधवजी र मैले मिलेर संविधान जोगायौँ, केपीले संसद् पुनः स्थापनको कुरा गर्न सुहाउँदैन

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धनगढीमा आयोजित सन्देश सभामा देश गम्भीर राजनीतिक मोडमा पुगेको बताएका छन् ।

वामपन्थी तथा देशभक्त शक्तिहरूबीच बृहत् एकता अपरिहार्य भएको उनले बताएका छन् । आगामी चुनाव देशको निकासको मुख्य मार्ग भएको भन्दै उनले सबैलाई निर्वाचन प्रक्रियामा गम्भीरतापूर्वक जुट्न अपिल गरे ।

सभालाई सम्बोधन गर्दै प्रचण्डले सुदूरपश्चिम प्रदेशसँग आफ्नो विशेष भावनात्मक र राजनीतिक सम्बन्ध रहेको उल्लेख गरे।

सर्वोच्चलाई राष्ट्रपतिको जवाफ : अन्तरिम सरकार गठन र संसद् विघटन तत्कालीन अवस्थाको बाध्यकारी कदम

मन्त्री घिसिङ पनि फिल्डमा खटेर रातारात पुरिँदै सडकका खाल्डा

कृपाशुरको आरोप : शेरधनको निर्देशनमा प्रतिशोधस्वरुप मलाई कारबाही गरिएछ

भीम रावल भन्छन् : हेलिकप्टरमा भागेका ओली भक्तपुरको कुनाबाट जनता धम्क्याउँदैछन्

एमाले युवा नेता प्रकाश पौडेल महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत

देउवाको पालामा आईजीपी बन्न नपाएका विश्वराज पोखरेल रास्वपामा प्रवेश गर्दै

तीन केन्द्रीय सदस्यसहित १० नेता नेकपा छाडेर प्रगतिशील लोकतान्त्रिकतिर

पुष्पकमल दाहाल प्रचण्ड संयोजक रहेको नेपाली कम्युनिष्ट पार्टीका १० जना नेताहरू जनार्दन शर्मा प्रभाकरको पहलमा स्थापित प्रगतिशील लोकतान्त्रिक पार्टीमा प्रवेश गरेका छन्। बुधबार संयुक्त वक्तव्य जारी गरेर उनीहरूले बिहीबारदेखि औपचारिक रूपमा नयाँ दलमा प्रवेश गरेको घोषणा गरेका हुन्।

यसरी प्रगतिशील लोकतान्त्रिक रोज्नेमा केन्द्रीय सदस्य वामदेव क्षेत्री, गोविन्द केसी र किस्मत विकलगायतका छन्।

प्रदेश तथा स्थानीय तहका जिम्मेवारी सम्हाल्दै आएका नेताहरूले पनि सामूहिक रूपमा नेकपा छाडेर प्रगतिशील लोकतान्त्रिक पार्टी रोजेका हुन्।

नेकपामा प्रवेश गरिन् तेजाव पीडित मुस्कान, केन्द्रीय सदस्य बनाइँदै

एकीकृत समाजवादी कैलालीले मानेन माधव नेपालको निर्णय, नेकपामा समाहित नहुने

सबै तहका समितिको म्याद ६ महिना थप्ने राप्रपाको निर्णय

नेकपा र जसपाको राजेन्द्र श्रेष्ठ समूहबीच एकता (तस्बिरहरू)

नेपाली कम्युनिस्ट पार्टी र विभिन्न घटकबीच एकता घोषणा कार्यक्रम शुरू

कांग्रेसको विशेष महाधिवेशन पक्षले उठायो नेतृत्वको भूमिकामा प्रश्न

नेकपा र जसपाको राजेन्द्र श्रेष्ठ समूहबीच एकता

एमालेको भोलेन्टियर्स फोर्सले भन्यो : सुदन गुरुङलाई नपक्रिए प्रतिरोध गर्छौँ

नेकपा (एमाले) को युवा दस्ता ‘नेशनल भोलेन्टियर्स फोर्स’ले ‘हामी नेपाल’का संस्थापक सुदन गुरुङलाई पक्राउ गर्न सरकारसँग माग गरेको छ।

फोर्सले आइतबार विज्ञप्ति जारी गरेर गुरुङलाई पक्राउ नगरिए परिस्थितिजन्य प्रतिरोधको जिम्मेवारी सरकारले लिनुपर्ने भन्दै चेतावनी दिएको हो ।

सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार अपराधीलाई सजाय दिलाउनभन्दा पनि संरक्षणमा बढी केन्द्रीत बनेको दावी गरिएको छ ।

पछिल्लो केही दिनयता विभिन्न जिल्लामा एमाले नेताहरूमाथि योजनाबद्ध आक्रमणको प्रयास भइरहेको बताउँदै फोर्सले भनेको छ, ‘कथित नेता भनिने सुदन गुरुङको अराजक समूहले जितपुरसिमरा उपमहानगरपालिका-४ स्थित औराहमा रहेको एमाले नेता किसान श्रेष्ठको घरमा पुगेर गुण्डागर्दीशैलीमा परिवारका सदस्य तथा पुनःनिर्माणमा खटिएका कामदारलाई धम्याएकोमा हाम्रो ध्यानाकर्षण भएको छ ।’

शेरधनसँगको टसलमा एमालेबाट ‘निलम्बन गरिएका’ कृपाशुर गुन्डुमा केपी ओलीसँग देखिए

महेश बस्नेतमाथि आक्रमण प्रयासमा संलग्‍नलाई सरकारले कारबाही गरोस् : रामकुमारी झाँक्री

भोजपुरका माओवादीको आरोप : पार्टी छाडेका सुदनले भ्रम छरे, आवश्यक परे प्रतिवाद गर्छौँ 

आक्रमण प्रयासपछि महेश बस्नेत : विरोध र आलोचना स्वीकार्य छ, हिंसात्मक हर्कत आपत्तिजनक

नेविसंघका जिल्ला नेताले गरेका थिए महेश बस्नेतलाई आक्रमण प्रयास

महेश बस्नेतमाथि आक्रमण प्रयासबारे दुजाङले भने- नेविसंघलाई बदनाम गर्नेहरूमाथि कारबाही हुन्छ

विराटनगरमा महेश बस्नेतमाथि आक्रमण प्रयास, गाडीमा रङ फ्याँकियो

प्रधानमन्त्री भेट्न नपाएपछि सिंहदरबारको गेटमै पत्र टाँसेर फर्किए मिराज नेतृत्वका जेन-जी

मिराज ढुंगाना नेतृत्वको जेन-जी समूह सिंहदरबारको दक्षिण गेटमा माग पत्र टाँसेर फर्किएको छ ।

सोमबार प्रधानमन्त्री सुशीला कार्कीलाई माग पत्र बुझाउन जाने क्रममा सिंहदरबार प्रवेश गर्न नपाएपछि उनीहरूले मागपत्र गेटमा टाँसेर फर्किएका हुन् ।

प्रधानमन्त्री भेट्न नपाएपछि सिंहदरबारमै जेन-जीको नाराबाजी (तस्बिरहरू)

कांग्रेसमा अर्को किचलो, गगन भन्छन् : विशेष महाधिवेशनबाट नयाँ सभापति ल्याएर चुनावमा जान्छौँ

एमाले महाधिवेशन प्रतिनिधि बन्न उम्मेदवार शुल्क नै १० हजार

जेन-जी आन्दोलनका घटनामा ओलीको दोष छैन, उहाँले त उदारता देखाउनु भयो : प्रदीप ज्ञवाली

माओवादी नेता महरालाई २० लाख धरौटीमा छोड्न आदेश

नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरालाई पाटन उच्च अदालतले २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ।

न्यायाधीशहरू अर्जुन प्रसाद कोइराला र तेजेन्द्रप्रसाद शर्मा सापकोटाको इजलासले बिहीबार सुनुवाइपछि पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत काठमाडौंको आदेश बदर गर्दै २० लाख धरौटीमा छाड्ने आदेश दिएको हो ।

यसअघि २९ असोजमा जिल्ला अदालत काठमाडौंले पूर्वसभामुख महरालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको थियो। त्यसपछि उनी डिल्ली बजार कारागारमा थुनामा रहेका छन् ।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले महराविरुद्ध काठमाडौं जिल्ला अदालतमा महराविरुद्ध ८ करोड ५५ लाख २८ हजार बराबरको बिगो मागदाबीसहित मुद्दा दर्ता गरेको थियो ।

सर्वोच्चमा आगजनी प्रकरण : विष्णु ढुंगेललाई रिहा गर्न सरकारलाई क्रान्तिकारीको दबाब

आयातित तरकारी र फलफूलको विषादी परिक्षण गर्न सर्वोच्चको परमादेश 

ओलीको भाषण प्रसारण गर्ने अनलाइनलाई स्पष्टीकरण, काउन्सिलकै सदस्यले भने : झ्यालबाट निर्णय छिराउनु गलत

विद्या भण्डारी भन्छिन्- एमाले महाधिवेशन निर्णायक मोड हो, प्रतिनिधि चयनमा सजगता अपनाऔं

सर्वोच्चमा आगजनी प्रकरण : विष्णु ढुंगेललाई रिहा गर्न सरकारलाई क्रान्तिकारीको दबाब

ब्याटिङमा चितवनले लय गुमाउँदा काठमाडौंको सहज जित

नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत शुक्रबारको पहिलो खेलमा चितवन राइनोजले ब्याटिङमा लय गुमाउँदा काठमाडौं गोर्खाजले ५३ रनको सहज जित निकालेको छ ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर १४३ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको चितवन १७ ओभर १ बलमामा सबै विकेट गुमाउँदै ८९ रनमा समेटिएको हो ।

बसिरको आक्रामक ब्याटिङले हारबाट जोगियो विराटनगर, कर्णाली तेस्रो पटक निराश

ब्याटिङमा सुमीत र बलिङमा विपीन चम्किँदा पोखराको पहिलो जित, साविक विजेता जनकपुर फेरि निराश

एनपीएल-२ : बिनोदको अर्धशतकले सुदूरपश्चिको लगातार चौथो जित, लुम्बिनी हार्‍यो

विराटनगरको अपराजित यात्रामा ब्रेक, बोपाराको अर्धशतकले चितवन विजयी

कप्तान ऐरीको धारिलो बलिङले तीन खेलमा हारविहीन बन्न पुग्यो सुदूरपश्चिम, हार्‍यो कर्णाली

एनपीएल २ : विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार


माइतीघरमा नारा : जेन-जीको आडमा चुरीफुरी, सुशीला सरकार कुरीकुरी

काठमाडौंको माइतीघरमा जेन-जीको समूहले सरकारविरुद्ध प्रदर्शन गरेका छन् । पम्प्लेटसहित जेन(जीको समूहले प्रदर्शन गरेको हो ।

उनीहरूले टाउकोमा कालो पट्टी बाँधेर ‘ओलीको खेलमा, सुशीलाको झेलमा, जेन-जी सबै जेलमा’, ‘सुशीलाको पाराले दुख पाए साराले’, ‘जेन-जीको आडमा चुरीफुरी सुशला सरकार कुरीकुरी’ जस्ता पम्प्लेट प्रदर्शन गरेका छन् ।

घोराही–तुलसीपुर खण्डमा चार लेनको सडक निर्माण सुरु

पूर्वाधार निर्माणको योजनामा वातावरणीय पक्ष समावेश गर्न संयोजक डंगोलको निर्देशन 

हुम्लामा पानीका धारामा बरफ जम्न थाल्यो

वीरगञ्ज महानगरद्वारा चार महिनामा २१ करोड तीन लाख राजस्व संकलन

चुच्चेपाटीको भाटभटेनीमा जलेका सात जनाको हुन सकेन पहिचान, डीएनए स्याम्पलसमेत निस्किएन

गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा काठमाडौंको चुच्चेपाटीस्थित भाटभटेनी सुपर मार्केटमा जलेका ७ जनाको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवम् एसपी पवनकुमार भट्टराईले भदौ २४ गते तोडफोड र आगजनीका क्रममा जलेका ७ जनाको पहिचान हुनै नसकेको बताएका छन् । भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा ७६ जनाले ज्यान गुमाएका थिए ।

‘चुच्चेपाटीको भाटभेटीनभित्र जलेको अवस्थामा ७ वटा शव भेटिएका थिए । ती शव पूरै जलेकाले हामीले विधि विज्ञान प्रयोगशलामा पठाएका थियौँ’, उनले भने, ‘तर पूरै जलेर खरानी भएकाले डीएनए स्याम्पल निकाल्न पनि समस्या भएको छ। ती शव पूरै जलेको अवस्थामा छन् । शवको डीएनए संकलन नहुँदा आशंका गरिएका परिवार सदस्यसँग मिलाउन पनि सकिएन ।’

प्रतिनिधिसभा निर्वाचनका लागि ६१ दल दर्ता

रसुवागढीस्थित सुख्खा बन्दरगाहको सफाइ सुरु

तत्कालीन नगरप्रमुख गोइतसहित १० जनाविरुद्ध आरोपपत्र दायर

सिंहदरबार क्षेत्रका सडक रङरोगन गर्ने काम सुरु (तस्बिरहरू)

युक्रेनी राष्ट्रपति जेलेन्स्कीको चिफ अफ स्टाफको घर र कार्यालयमा छापा

युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीका चिफ अफ स्टाफ एन्ड्री यर्माकका घर तथा कार्यालयमा भ्रष्टाचारविरोधी एकाइहरूले छापा मारेको छ । रूसको आक्रमण रोक्ने प्रयास र अमेरिकी सहयोग सुनिश्चित गर्ने प्रक्रियाबीच उत्पन्न भएको यो घटना किएभका अधिकारीहरूका लागि एक अवाञ्छित चुनौतीका रूपमा देखिएको छ ।

युक्रेनमा भ्रष्टाचारविरुद्ध कार्यरत दुई प्रमुख राष्ट्रिय संस्थाहरू राष्ट्रिय भ्रष्टाचार विरोधी ब्युरो र विशेष भ्रष्टाचार विरोधी अभियोजकको कार्यालयले यर्माकको कार्यालयमा खोजतलास गरेको पुष्टि गरेका छन् । यर्माक स्वयंले पनि आफ्नै अपार्टमेन्टमा अनुसन्धानकर्ताहरू आएको स्वीकार गर्दै टेलिग्राममार्फत ‘अनुसन्धानकर्ताहरूले कुनै बाधा पाएका छैनन्, मैले पूर्ण सहयोग गरिरहेको छु र मेरा कानूनी प्रतिनिधिहरू उपस्थित छन्’ भनेका छन् ।

वैश्विक पर्यटनमा निरन्तर वृद्धि : संयुक्त राष्ट्रसङ्घ

रुसले दाबी गरेको युक्रेनी भूमि बलपूर्वक कब्जा गर्ने पुटिनको चेतावनी

ज्यान गुमाउनेको संख्या १२८ पुग्यो, परामर्शदाता कम्पनीका दुईजना निर्देशक पक्राउ

ट्रम्पद्वारा ‘तेस्रो विश्व’ आप्रवासन स्थगित गर्ने घोषणा

इन्टरपोलको अध्यक्षमा फ्रान्सेली प्रहरी नियन्त्रक नियुक्त

फ्रान्सेली प्रहरी नियन्त्रक लुकास फिलिप बिहीबार इन्टरपोलको प्रमुखमा नियुक्त छन् ।

मोरक्कोमा सम्पन्न ९३ औँ सम्मेलनमा उनले इमिराती अहमद नासिर अल–राइसीको स्थान लिएका हुन्। अल–राइसीले यातनालाई प्रश्रय दिएको भन्दै यूरोपबाट धेरै न्यायिक उजुरी परेका थिए।

इन्टरपोलको अध्यक्षको भूमिका प्रत्येक चार वर्षमा आलोपालो हुन्छ तर शीर्षक धेरै हदसम्म प्रतीकात्मक छ।

फ्रान्सेली प्रहरी निर्देशकका लागि युरोपेली र अन्तर्राष्ट्रिय मामिलाका सल्लाहकारका रूपमा पनि काम गर्दै आएका ५३ वर्षीय फिलिपले ८४ मत प्राप्त गरेका छन् भने उपविजेता टर्किस मुस्तफा सेर्कान साबान्काले ६० मत प्राप्त गरेका मोरक्कोको सरकारी समाचार संस्था ९एमएपी०का अनुसार उनले ८४ मत प्राप्त गरेका छन् भने उपविजेता टर्किका मुस्तफा सेर्कान साबान्काले ६० मत प्राप्त गरेका छन् ।

फिलिपले भने, ‘मेरो स्पष्ट उद्देश्य विश्वव्यापी सन्दर्भको रूपमा सङ्गठनको भूमिकालाई सामूहिक सुरक्षाका लागि सुदृढ पार्नु रहनेछ।’

हङकङको आगलागीले बिर्सायो २९ वर्षअघिको घटना, चुनाव नै सार्ने तयारी

श्रीलंकामा भारी वर्षा र पहिरोका कारण ३१ जनाको मृत्यु

हङकङमा भीषण आगलागी, ४४ जनाको मृत्यु

ह्वाइट हाउसनजिकै अफगान युवाले नेशनल गार्डलाई हाने गोली, दुईजना गम्भीर घाइते

चीनको युन्‍नानमा रेलले कामदरलाई ठक्कर दिँदा कम्तीमा ११ जनाको मृत्यु

भ्रष्टाचारसम्बन्धी तीन मुद्दामा शेख हसिनालाई २१ वर्षको जेल सजाय

इमरान खानको स्वास्थ्यबारे फैलिएको ‘अफवाह’ स्पष्ट पार्न सरकारसँग आग्रह

दक्षिण अफ्रिकालाई मियामी जी–२० शिखर सम्मेलनमा सहभागी नदिने ट्रम्पको घोषणा

टर्कीको अदालतद्वारा इस्तानबुलमा विरोध प्रदर्शनका आरोपित चार पत्रकार रिहा

ह्वाइट हाउस नजिकै दुई सैनिकको हत्या, अफगान नागरिकमाथि राष्ट्रपतिको गम्भीर आरोप

दुर्लभ पृथ्वी चुम्बक उत्पादनमा भारतको ८० करोड डलर लगानी

प्रकाशित मिति : १२ मंसिर २०८२, शुक्रबार  ७ : ५४ बजे

खाडी मुलुक जाने श्रमिकका लागि हवाइ भाडादरमा छुट

काठमाडौं – नेपाल वायुसेवा निगमले खाडी मुलुकमा जाने नेपाली श्रमिकका

पूर्वीनाकाबाट कफीको आयात बढ्यो

झापा – पूर्वीनाका काँकरभिट्टाबाट चालु आर्थिक वर्ष २०८२/८३ को प्रथम

एनपीएल : बसिर अहमद बने अर्धशतक बनाउने १३औँ खेलाडी

काठमाडौं – विराटनगर किङ्ग्सका बसिर अहमद राजधानीमा जारी नेपाल प्रिमियर

प्रधानमन्त्री र जेन-जी अगुवाबीच भेटवार्ता

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले आज जेन-जी आन्दोलनका अगुवा प्रतिनिधिहरूसँग छलफल