साप्ताहिक ब्रिफिङ : एमालेभित्र तलैसम्म दुई लाइन टकराव, अन्तरघातविरुद्ध कठोर कांग्रेस, रसुवागढीमा बाढीको विध्वंश र ट्रम्पविरुद्ध २० मिलियन डलर क्षतिपूर्तिको मुद्दा | Khabarhub Khabarhub

साप्ताहिक ब्रिफिङ : एमालेभित्र तलैसम्म दुई लाइन टकराव, अन्तरघातविरुद्ध कठोर कांग्रेस, रसुवागढीमा बाढीको विध्वंश र ट्रम्पविरुद्ध २० मिलियन डलर क्षतिपूर्तिको मुद्दा


२७ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 9 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आदरणीय पाठकवृन्द ! खबरहब डटकमले हरेक शुक्रबार साताभरिका घटनालाई समेटेर ब्रिफिङ पस्कने गरेको छ ।

‘४० काटेपछि रमाउने कुरा नगर्नू, २० मा बिहे गरेर ३० मा तीन सन्तान जन्माइसक्नू’

प्रधानमन्त्री केपी शर्मा ओलीले २० वर्ष पुग्नासाथ बिहे गर्न र ३० वर्षभित्र तीनवटा सन्तान जन्माउन युवाहरुलाई सुझाव दिएका छन् ।

विश्व जनसङ्ख्या दिवसका अवसरमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आयोजित राष्ट्रिय जनसङ्ख्या नीति, २०८२ सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले भने, ‘२० वर्षपछि बिहे गर्ने उमेर खोल्दिया छ सरकारले…. सकेसम्म २० वर्षपछि तुरुन्तै बिहे गरिहाल । छोराछोरी तीनवटा बनाऊ । ३० वर्षभित्र छिटोछिटो तीवटा छोराछोरी बनाऊ अनि काममा लाग ।’

चाँडै सन्तान जन्माउँदा हुने फाइदाबारे बताउँदै प्रधानमन्त्रीले अगाडि भने, ‘ठूलो त हुर्किसक्छ नि कान्छो हुँदासम्म । कान्छी छोरी हुँदासम्म त जेठी छोरी हुर्किसकेकी हुन्छे ।’

राष्ट्रिय जनसंख्या नीति : घट्दो प्रजनन दरप्रति चिन्ता, युवा खटाएर समृद्धि ल्याइने

मुलुकको अर्थतन्त्रमा सुधार भएको छ : प्रधानमन्त्री ओली

विद्या भण्डारीले गरिन् एमाले अध्यक्षमा दाबी, सर्वसम्मत हुनुपर्ने माग

पूर्वराष्ट्रपति भण्डारीको सक्रियताले एमालेमा हलचल, योगेश भन्छन्- भनाभन र एकअर्कालाई लल्कार्न बन्द गरौँ 

विकासका आयोजना निर्माणको कार्यशैली परिवर्तन गर्न प्रधानमन्त्रीको निर्देशन

मौद्रिक नीति : शेयर बजारका लागि बम्पर !

च्यासल र भंगालका नाममा एमालेभित्र बढ्दो टकराव

बिहीबार साँझ केही घण्टाको बीचमा नेकपा एमालेसम्वद्ध दुई नेताका अन्तर्वार्ता सार्वजनिक भए । पहिलो अन्तवार्ता एमाले महासचिव शंकर पोखरेलले नेपाल प्रेसका प्रधानसम्पादक मात्रिका पौडेललाई दिइरहेका थिए ।

त्यसको केही घण्टापछि एमालेको नवौँ महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित भएपछि दुई कार्यकाल राष्ट्रपतिका रुपमा रहेर बिदा भएकी विद्या भण्डारीको अन्तर्वार्ता ईमेज टेलिभिजनमा बज्यो ।

पहिलो अन्तर्वार्तामा महासचिव पोखरेल पूर्वराष्ट्रपति भण्डारीबारे भनिरहेका थिए, ‘उहाँले जे भन्नु भा’छ, त्यही कुरा राख्नुभयो भने सत्य कुरा हुन्छ । विद्या भण्डारीले म एमाले आन्दोलनबाट हुर्केको हुँ, एमाले आन्दोलनमा जोडिएँ भनेर भन्नुभयो । तर, मेरो कुनै आकांक्षा छैन भन्नुभएको छ । उहाँले सदस्यता नवीकरण गरेको एक वर्ष पहिले नै हो । उहाँले घोषणा त्यो दिन (असार १४ गते) गर्नुभयो । त्यसअर्थमा एक वर्ष पहिले नवीकरण गर्दा के भयो ? केही पनि भएको छैन । आन्तरिक रुपमा हामीलाई जानकारी भएको विषय थियो, त्यसलाई असार १४ गते सार्वजनिक गर्नुभयो ।’

माधव नेपालले भने- भ्रष्टाचार मुद्दा लगाइएकै कारण पार्टीले बिदा गरे स्वीकार्छु 

हर्क साम्पाङ र बहुमत वडाध्यक्षबीच सहमति, उपमेयर बेघा असहमत

अन्तरघात आरोपमा चुनावको तीन वर्षपछि डेढ दर्जन नेतालाई कारबाहीको डन्डा
नेपाली कांग्रेसले २०७९ को निर्वाचनमा पार्टीलाई असहयोग गरेको प्रमाणित भएका १८ जना नेताहरूमाथि कारबाहीको डन्डा चलाएको छ ।

२०७९ को स्थानीय तह, प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा पार्टीका आधिकारिक र समर्थन गरेका उम्मेदवारलाई असहयोग गरेको पुष्टि भएपछि ती १८ जना नेतालाई कांग्रेसले कारबाही चलाएको हो । आनन्दप्रसाद ढुंगाना संयोजक रहेको कांग्रेस केन्द्रीय अनुशासन समितिले बुधबार ६ जना नेतालाई पार्टीबाटै निष्कासन गरेको छ ।

समितिले १२ जना नेतालाई निश्चित अवधिका लागि निलम्बन गरेको छ । समितिका संयोजक ढुंगानाले अरू ६ जनालाई एक वर्षका लागि पार्टीबाट निस्कासन गरिएको जानकारी दिए ।

पार्टी हितविपरीत काम नगर्न २६ नेता कार्यकर्तालाई कांग्रेसले गरायो सचेत

कांग्रेसमा गहिरिँदो किचलो, देव्रेन्द्रराज कँडेल पाँच वर्षका लागि निष्कासित

कांग्रेसले निष्कासित गरेपछि विष्णु राईले भने- अन्यायविरुद्ध लडेकै हो, सम्मान पत्र पाएँ

अन्तरघात आरोपमा गण्डकीका पूर्वमन्त्री खड्का कांग्रेसबाट निकालिए

कास्की कांग्रेसका निवर्तमान सभापति केसी तीन महिनालाई निलम्बन

आरजुको गृहनगर धनगढीका सात कार्यकर्ता कांग्रेसबाट निलम्बन

खोटाङ कांग्रेसका जिल्ला सभापति राई पार्टीबाट निष्कासित

तेह्रथुममा ४९ वर्षपछि कांग्रेस जिताएका तुल्सी सुब्बालाई कारबाही

एमालेमा अन्तरविरोध चर्किँदै गर्दा उषाकिरणको आक्रोश‍- राजावादी र एकनाथ बोकेर हिँड्नेहरूको पनि समीक्षा गरौँ

त्रिविको उपकुलपतिमा डा. अर्याल नियुक्त

शेखर समूहको बैठक : कारबाहीमा परेका विष्णुदेखि मन्त्रीसमेत सहभागी भए

नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला समूहका नेताहरूको बैठक बिहीबार बसेको छ । पार्टी संस्थापन पक्षले गरेको अनुशासनको कारबाही प्रतिशोधपूर्ण भएको निष्कर्ष बैठकले निकालेको छ ।

कोइरालाको सम्पर्क कार्यालय बालुवाटारमा बिहीबार बिहान बसेको बैठकले बैठकले आनन्दप्रसाद ढुङ्गाना संयोजक रहेको केन्द्रीय अनुशासन समितिले गरेको कारबाहीको राजनीतिक प्रतिरोध गर्ने निर्णय गरेको छ ।

यो बैठकमा कांग्रेसबाट निकालिएका खोटाङ जिल्ला सभापति विष्णुकुमार राई, खेलकुद मन्त्री तेजुलाल चौधरी, नेता गुरु घिमिरे, बलबहादुर केसी पनि सहभागी थिए ।

कांग्रेस नेताहरूमाथिको कारबाही अवैधानिक र प्रतिशोधपूर्ण : कोइराला समूह

विद्यालय भवन बनाउँदा घुस खाएको आरोपमा दुई जिसिअसहित नौ विरुद्ध भ्रष्टाचार मुद्दा

आयोडिनयुक्त नुन उत्पादन तथा बिक्री वितरण ऐनको परिमार्जन गरी कार्यान्वयन गर्न सरकारलाई निर्देशन

बामदेव गौतमको अभियान र एकीकृत समाजवादीबीच एकता हुने

रविबारे गृहमन्त्रीको टिप्पणी- भिजिट भिसाको दुरुपयोग गर्दै अमेरिकी नागरिकता लिएका थिए
गृहमन्त्री रमेश लेखकले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले भिजिट भिसाको दुरुपयोग गरेको आरोप लगाएका छन् । बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा रसुवामा गएको बाढीपहिरोसहित समसामयिक विषयमा जवाफ दिने क्रममा गृहमन्त्रीले पूर्वगृहमन्त्री लामिछानेबारे गम्भीर आरोप लगाएका हुन्।

लामिछाने भिजिट भिसामा अमेरिका गएर उतैको नागरिकता लिएर बसेको दाबी गरे । उनले भिजिट भिसामा गएको व्यक्ति उतै लुकेपछि त्यहाँको नागरिकता लिएर बसेको दाबी गरे ।

रविले त्यसरी भिजिट भिसाको दुरुपयोग गरेको पनि उनले बताए । ‘भिजिट भिसामा अमेरिका गएको मानिसले त्यही देशको नागरिकता लिएर बस्न पाइन्छ कि पाइँदैन ?’, उनले सोधे, ‘त्यो भिजिट भिसाको दुरुपयोग हो कि होइन ?,’ लेखकले पहिले आफूले गरेको दुरूपयोगको चित्त बुझ्दो जवाफ दिएपछि मात्रै अरूलाई प्रश्न गर्न पनि रास्वपाका सांसदहरूलाई सुझाएका छन् ।

करिब ९५ हजार टन मल मौज्दात : कृषिमन्त्री

कृषिमन्त्रीको जवाफ- रासायनिक मलको आयात गरी कृषकलाई अनुदानमा दिन्छौँ

भिजिट भिसा प्रकरणमा रास्वपालाई गृहमन्त्रीले भने- अरूलाई नैतिकताको पाठ पढाउनुअघि आफ्नै विगत हेर

गृहमन्त्री लेखकले संसद्‍लाई सुनाए रसुवागढीमा बाढीले विनाशको फेहरिस्त

रास्वपामाथि खनियो एमाले- भाइरल बन्ने लोभमा संसद्‍बाट गलत कुरा प्रचार गरेको आरोप

एमाले सांसदहरूलाई सोबिताको कटाक्ष- स्पेन गएका केही व्यक्ति नफिरेकै हुन्, नेपाली भाषा नबुझ्नु मेरो समस्या होइन

बाबुरामका ६ प्रश्न : माओवादी कसरी स्खलित भयो ?

नेकपा माओवादी केन्द्रका पूर्वउपाध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले माओवादी आन्दोलनबारे ६ वटा प्रश्न उठाएका छन् ।

त्यत्रो ठूलो क्रान्तिकारी आन्दोलन कसरी स्खलित भयो भन्ने प्रश्न उठाउँदै डा भट्टराईले अब यो आन्दोलनलाई कसरी पुनर्गठन गर्ने भन्नेबारे आफ्नो धारणासमेत प्रस्तुत गरेका छन् ।

शुक्रबार सामाजिक सञ्जालमा एउटा लेख प्रस्तुत गर्दै डा. भट्टराईले नेतृत्वको दोधारे कुराले गर्दा पार्टीमा विभाजन आएको बताएका छन् ।

उनले भनेका छन्, ‘नेपालका समस्याहरू हल गर्न हिजोको ‘माओवाद’को वैचारिक-राजनीतिक घेराभित्र मात्र सीमित भएर हुँदैन। पछिल्लो ज्ञानविज्ञानले समृद्ध नयाँ विचार,दर्शन, राजनीतिको पुनर्संश्लेषण जरूरी छ।’

सुदेश पराजुली भन्छन्- रामकुमारीलाई बाजा बजाएर एमालेमा भित्र्याए हुन्छ

सीता दाहाललाई सम्झँदै रानीवन पुगे प्रचण्ड

सरकारले गर्नुपर्ने काम मानवसेवाले गरिरहेको छ : अध्यक्ष दाहाल

औषधि लिमिटेडलाई आधारभूत उत्पादन केन्द्र बनाउन संसदीय समितिको निर्देशन

नागरिकता विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभाबाट स्वीकृत

राष्ट्रियसभामा ज्येष्ठ नागरिकसम्बन्धी जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव प्रस्तुत

‘दुई सय ६० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीबाट विच्छेद’
पोखरा विश्वविद्यालयको बजेट र नीति तथा कार्यक्रम पारित
पोखरा विश्वविद्यालयको २५औँ साधारणसभाको बैठकले आगामी आर्थिक वर्षका लागि एक अर्ब ५४ करोडको बजेटसहित नीति तथा कार्यक्रम पारित गरेको छ ।

प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले विश्वविद्यालयको शिक्षक कर्मचारीसम्बन्धी नियमावली, २०५५ र आर्थिक नियमावली, २०५५ तथा सेवा आयोग र पुनरावेदन समितिसम्बन्धी नियमावली, २०५७ सहित विभिन्न नियमावलीमा संशोधन प्रस्ताव पारित गरेको छ ।

बैठकमा कुलपति ओलीले विश्वविद्यालयलाई अनुसन्धानमूलक र प्रतिस्पर्धी रूपमा सञ्चालन गर्न आग्रह गर्दै स्वदेशमा उत्कृष्ट उच्चशिक्षा सम्भव छ भन्ने भावनालाई सार्थक तुल्याउनुपर्ने जोड दिए ।

प्रधानमन्त्री ओलीसमक्ष त्रिविका उपकुलपति अर्यालको शपथ

विशेष अदालतले पायो आईएसओ प्रमाणपत्र

तीन महिनाको तलब सुविधा प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने सांसद तामाङको घोषणा

क्रिकेटर सुशीललाई सुदूरपश्चिम रोयल्सको एक लाख सहयोग

रविको पक्षमा हस्ताक्षर गर्न रास्वपा कार्यालयमा मनिषा
अभिनेत्री मनिषा कोइराला राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको न्यायका लागि भन्दै चलाइएको अभियानमा हस्ताक्षर गर्न वनस्थली पुगेकी छन् ।

मनिषाले वनस्थलीस्थित रास्वपा कार्यालयमै पुगेर हस्ताक्षर गरेकी हुन् । हस्ताक्षरपछि संक्षिप्त प्रतिक्रिया दिँदै उनले राज्यबाट रविमाथि अन्याय र दुर्व्यवहार भइरहेको बताइन् ।

ज्ञानेन्द्रलाई ‘राजा’ र ‘श्री ५’ लेखेपछि फणिराज पाठक प्रहरीको नियन्त्रणमा

त्रिभुवन विमानस्थलका कर्मचारीले यात्रुसँग झर्किन र रुखो बोल्न नपाउने

सुनिल पौडेलविरुद्ध अर्को भ्रष्टाचार मुद्दा, १५ करोड ८८ लाख ५० हजार बिगो मागदाबी

रविपछि टोपबहादुरको पक्षमा हस्ताक्षर अभियान, नारा उही ‘राजनीतिक प्रतिशोध’

पाँचभन्दा धेरै सहकारीको बचत रकम ठगी आरोपमा मुद्दा खेपिरहेका रवि लामिछानेको पक्षमा यतिबेला राष्ट्रिय स्वतन्त्र पार्टीले हस्ताक्षर अभियान चलाइरहेको छ ।

चाखलाग्दो के छ सहरका चोकचोकदेखि पार्टी कार्यालय र रेस्टुरेन्टसम्मलाई हस्ताक्षर अभियानको केन्द्र बनाइएको छ । सर्वोच्च अदालतलेसमेत छाड्न नमानेको अवस्थामा रास्वपाका नेता कार्यकर्ता रविमाथि राजनीतिक प्रतिशोध भएकै हो भन्ने सन्देश सर्वसाधारणलाई दिने कामममा जोडतोडले लागेका छन् ।

रविको पक्षमा चलाइएको अभियानको सिको गर्दै नेकपा एमालेका सचिव एवम् प्रतिनिधिसभाका सदस्य टोपबहादुर रायमाझीलाई पनि राजनीतिक प्रतिशोध साँधेर जेल पठाइएको भन्दै हस्ताक्षर अभियान थालिएको छ ।

पूर्वमन्त्रीसमेत रहेका रायमाझीमाथि राजनितिक प्रतिशोध भएको भन्दै उनकै गृहजिल्ला अर्घाखाँचीबाट ‘जनताको हस्ताक्षर अभियान’ थालिएको हो ।

काठमाडौं महानगरमा बजेटको सीमा निर्धारण : २५ अर्ब ११ करोडको ल्याउने तयारी

काठमाडौं महानगरपालिकाको स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको बैठकले आगामी आर्थिक वर्षका लागि बजेटको आकार निर्धारण गरेको छ।

शुक्रबार मेयर बालेन्द्र साहको कार्यकक्षमा समितिका सदस्य सचिव एवम् प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंसहितको बैठकले बजेटको आकार तय गरेको हो ।

उपमेयर सुनिता डंगोल र केही प्रतिनिधि वडाध्यक्षहरूसहितको बैठकले आगामी आर्थिक वर्षका लागि २५ अर्ब ११ करोड ३४ लाख रुपैयाँको बजेट ल्याउने गरी सीमा निर्धारण गरेको हो ।

बैठकले आर्थिक तर्फ ३ प्रतिशत, पूर्वाधारतर्फ ५१ प्रतिशत, सामाजिक विकासतर्फ २० प्रतिशत, सुसासन तथा अन्तरसम्बन्धतर्फ १२ प्रतिशत र कार्यसञ्चालन तथा प्रशासनतर्फ १४ प्रतिशत हुने गरी सीमा निर्धारण गरेको हो ।

बजेटको बाध्यतामा परेका बालेनले स्वीकारे प्रमुख प्रशासकीय गुरागाईंलाई, कार्यकक्षमा उपमेयर र वडाध्यक्षसहितको बैठक

छाडा चौपाया व्यवस्थापनसँगै आम्दानी गर्दै गौशाला

सम्पर्क टुटेको रसुवागढी नाकामा चीनले रातारात थाल्यो पुन:निर्माण

गत मंगलबार बिहान तिब्बतस्थित एक हिमताल फुटेर आएको बाढीबाट भएको क्षतिको विवरण नेपालले संकलन गर्दैगर्दा चीनतर्फ रातारात पुन:निर्माण अभियान थालिएको छ ।

तिब्बतस्थित ल्हेन्दे खोलामा आएको बाढीले नेपालतर्फ भोटेकोशीमा पुग्दा भीषण रुप लिएको थियो । बाढीबाट रसुवागढी नाकामा अर्बौँको क्षति भएको छ भने कयौँ मानिसले पनि ज्यान गुमाए । अझै पनि १९ जना मानिसको अत्तोपत्तो छैन । जसमा १२ जना नेपाली र ६ जना चिनियाँसहित छन् ।

नेपालतर्फ कयौँ स्थानमा सडक ध्वस्त भएको छ। उता चीनको केरुङतर्फ पनि बाढीले ठूलो क्षति गरेको खबर आएको छ।

बाढीको कारण बनेको हिमतालबारे अहिलेसम्म ठोस विवरण आइनसकेको अवस्थामा चीनले नेपालतर्फ जोड्ने सडक पुन:निर्माण अभियानलाई तीव्र बनाएको छ।

रसुवा बाढी : मृत्यु हुनेको संख्या ११ पुग्यो, ८६२ जनाको उद्धार

बाढीको विध्वंशपछि रसुवागढी पुग्यो प्रधानमन्त्री ओली र चिनियाँ राजदूत सोङसहितको टोली
प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राजदूत छन सोङसहितको टोली भोटेकोशी नदीको बाढीले पुर्‍याएको जनधनको क्षतिको स्थलगत निरीक्षणका लागि रसुवागढी नाका पुगेका छन् ।

प्रधानमन्त्री ओली, चिनियाँ राजदूत सोङ, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, ऊर्जा तथा जलश्रोतमन्त्री दीपक खड्का लगायतको टोली मंगलबार अपरान्ह हेलिकप्टर चढेर नेपाल-चीन सीमाक्षेत्र रसुवागढी नाका पुगेको हो ।

यो टोलीमा गृह सचिव गोकर्ण दुबाडी, प्रधानसेनापति अशोकराज सिग्देल, प्रहरी महानिरीक्षक दीपक थापा, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल,राष्ट्रिय अनुसन्धान प्रमुख (मुख्य अनुसन्धान निर्देशक) हुतराज थापा, राजस्व सचिव दिनेश कुमार घिमिरे र बिपद् प्राधिकरणका कार्यकारी प्रमुख इन्जिनियर दिनेशप्रसाद भट्टसहित छन् ।

रसुवा प्रशासन भन्छ- चीनसँगको सम्पर्क टुट्यो, तीन प्रहरीसहित १८ को अवस्था पत्ता लाग्न सकेन

उद्धार कार्य व्यवस्थित र प्रभावकारी बनाउन सरकारलाई ध्यानाकर्षण

गृह मन्त्रालयको गोष्ठीमा भाग लिन काठमाडौं आएका थिए रसुवाका सीडीओ र डीएसपी

जन्मका आधारमा नागरिकता विवाद : ट्रम्प प्रशासनलाई अदालतले फेरि रोक्यो

अमेरिकामा बर्थ राइट सिटिजनसिपको विवाद फेरि बढेको छ। केही दिन अघि ट्रम्पको बर्थराइट सिटिजनसिप खारेजीको निर्णय लागु गर्न सर्वोच्चले ग्रिन सिग्नल दिए पनि बिहीबार हम्पसायरका न्यायाधीशले राष्ट्रपति ट्रम्पको आदेशको तत्काल कार्यान्वयनमा रोक लाग्ने गरी नयाँ कानुनको पक्षमा निर्णय गरेका छन्।

आप्रवासीका अभिभावकको तर्फबाट अमेरिकी सिभिल लिबरिटिज युनियनले राखेको नयाँ कानुनी व्यवस्थाको पक्षमा न्यायाधीशले निर्णय गरेका हुन्।

‘क्लास एक्सन ल सुट’ नामको सो नयाँ प्रावधानको विरुद्धमा ह्वाइट हाउसले धारणा राखी सकेको छ। ‘सर्वोच्च अदालतको निर्णयको बर्खिलाप जान नपाउने विश्वव्यापी मान्यताको विरुद्धमा यो निर्णय भएको छ’, ह्वाइट हाउसका प्रवक्ता हेरिसन फिड्सले जारी विज्ञप्तिमा भनिएको छ।

अमेरिकाको संविधान अनुसार त्यहाँ जन्मने बच्चाले स्वतः नागरिकता पाउने छन्। राष्ट्रपति ट्रम्पले कागजात नभएका आप्रवासी तथा छोटो समयका लागि त्यहाँ आउनेको हकमा यो निर्णय लागु नहुने गरी निर्णय गरेका छन्। राष्ट्रपतिको यो निर्णय पनि कानुनी लडाइँ चली रहेको छ।

मानवीय सहायता वितरणका क्रममा गाजामा सयौँको मृत्यु : राष्ट्रसंघ

संयुक्त राष्ट्रसंघको खुलासा : गाजामा खाना खोज्दै गर्दा ७९८ प्यालेस्टिनीको मृत्यु

युरोपको अत्याचारपूर्ण नरसंहारको तीन दशक : सेब्रेनिकामा शान्ति यात्रा

टर्कीविरुद्ध सशस्त्र सङ्घर्ष समाप्त गरेको दुई महिनापछि हतियार बिसाउँदै कुर्दिश विद्रोही

ट्रम्पविरुद्ध प्यालेस्टिनी विद्यार्थी महमुद खलीलद्वारा २० मिलियन डलर क्षतिपूर्तिको मुद्दा दायर

भियतनाममा ४ करोड ५० लाख डलर भ्रष्टाचारमा ३० जनालाई जेल सजाय

गाजामा इजरायली हमला, २३ जनाको मृत्यु
गाजाको नागरिक सुरक्षा एजेन्सीले बिहीबार प्यालेस्टिनी क्षेत्रमा इजरायली आक्रमणमा आठ बालबालिका सहित २३ जनाको मृत्यु भएको बताएको छ ।

गाजामा शासन गर्ने हमासले कतारमा युद्धविराम वार्ताको एक हिस्साका रूपमा १० इजरायली बन्धकलाई रिहा गर्न इच्छुक रहेको घोषणा गरेको केही घण्टापछि आक्रमणको शृङ्खला आएको हो ।

एजेन्सीले बुधबार गाजामा २६, मङ्गलबार २९ र सोमबार १२ जनाको मृत्यु भएको बताएको छ । एजेन्सीका अधिकारी मोहम्मद अल–मुगैरले मध्य र दक्षिणी गाजामा बम विस्फोटको पछिल्लो लहर आएको र सबैभन्दा घातक देइर अल–बलाहमा १२ जनाको मृत्यु भएको बताए। मृतकमध्ये आठ बालबालिका र दुई महिला थिए । नुसिरात शिविरमा छुट्टै आक्रमणमा दुई जनाको मृत्यु भएको छ भने मध्य गाजाको बुरेज शिविरमा चार जनाको ज्यान गएको छ ।

ब्रिक्स शिखर सम्मेलनमा सहभागी भई प्रधानमन्त्री मोदी स्वदेश फिर्ता

श्रीलंकासहित सात देशमा ट्रम्पले लगाए अतिरिक्त कर

इजरायली सेना गाजामा रहेसम्म युद्धविराम असम्भव : हमास

हुती विद्रोहीले लाल सागरमा डुबाइदिए एउटा जहाज, चालक दलका सदस्यको अपहरण

इन्धन अभावले गाजाका अस्पतालमा समस्या : एम्बुलेन्स चल्नसमेत कठिन

ट्रम्पले हतियार पठाउने निर्णय गरेपछि युक्रेनमा रुसको आक्रमण

रूसमाथि नयाँ प्रतिबन्ध लगाउने तयारीमा अमेरिका
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा जारी युद्धलाई लिएर मस्कोविरुद्ध थप प्रतिबन्ध लगाउने विचार गरिरहेको बताएका छन् । ह्वाइट हाउसमा भएको मन्त्रिपरिषद्को बैठकमा बोल्दै ट्रम्पले द्वन्द्वको प्रतिक्रियामा रूसमाथि थप प्रतिबन्ध लगाउने सिनेटको विधेयकलाई समर्थन गर्ने कि नगर्ने भनेर विचार गरिरहेको बताएका छन् ।

विधेयकमा रुसबाट ऊर्जा आयात गर्ने देशहरूमा भारी शुल्क लगाउने प्रावधान साथै रूसी ऊर्जा उत्पादनलाई समर्थन गर्ने विदेशी कम्पनीहरूमा पनि प्रतिबन्ध लगाउने समावेश रहेको जनाइएको छ ।

अमेरिकी रक्षा विभागले हतियार तयारीको समीक्षा गरेपछि युक्रेनका लागि अस्थायी रूपमा स्थगित गरिएको रक्षात्मक हतियार ढुवानी पुनः सुरु गर्न स्वीकृति दिएको पनि ट्रम्पले मंगलबार घोषणा गरेका थिए ।

युद्धका कारण बन्द इरानमा रहेको रुसी राजदूतावासबाट सेवा सञ्चालन

प्रकाशित मिति : २७ असार २०८२, शुक्रबार  ८ : ०१ बजे

मधेश प्रदेश सरकारद्वारा चालु आवमा ७१ प्रतिशतभन्दा बढी रकम खर्च

जनकपुरधाम – मधेश प्रदेश सरकारले चालु आर्थिक वर्षमा कुल बजेटको

सभामुखले भने : लोकतन्त्रको विकल्प छैन

भक्तपुर – सभामुख देवराज घिमिरेले लोकतन्त्रको विकल्पमा अरू कुनै व्यवस्था

पूर्वनिर्वाचन आयुक्त इला शर्माको निधन

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त एवं पूर्वपत्रकार इला शर्माको हृदयाघातका कारण

स्थानीय उत्पादन प्रवर्द्धन गर्दै टीकापुर नगरपालिका

कैलाली – टीकापुर नगरपालिका नगरप्रमुखको कार्यकक्षमा प्रवेश गर्नेबित्तिकै देखिन्छन्, चिटिक्क

नेपालसँगको सम्बन्धलाई चीनले प्राथमिकतामा राखेको छ : झलनाथ खानाल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता एवं