साप्ताहिक ब्रिफिङ : ४५ दिनपछि प्रतिनिधिसभाको दोस्रो अधिवेशन सकियो, कांग्रेस महाधिवेशनमा रवि, ओली र दाहाल उपस्थित हुने र ताइवान पुगे अमेरिकाबाट खरिद गरिएका नयाँ एफ-१६ भी फाइटर जेट « Khabarhub

साप्ताहिक ब्रिफिङ : ४५ दिनपछि प्रतिनिधिसभाको दोस्रो अधिवेशन सकियो, कांग्रेस महाधिवेशनमा रवि, ओली र दाहाल उपस्थित हुने र ताइवान पुगे अमेरिकाबाट खरिद गरिएका नयाँ एफ-१६ भी फाइटर जेट


१६ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 7 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आदरणीय पाठकवृन्द !  खबरहब डटकमले हरेक शुक्रबार साताभरिका आर्थिक खबरलाई समेटेर ब्रिफिङ पस्कने गरेको छ । एक साताका मुख्य घटनामा ‘रि–भिजिट’ गरिएको यो सामग्री पाठकहरुका लागि उपयोगी हुन सक्छ ।

१४५ दिनपछि प्रतिनिधिसभाको दोस्रो अधिवेशन सकियो, ३५ विधेयक दर्ता, २० विचाराधीन र ११ प्रमाणीकरण

सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई औपचारिक रूपमा समापन भएको छ । यस अवधिमा ६२ दिनमा कुल ६८ पटक बैठक बसी २७७ घण्टा ३० मिनेट संसदीय कामकारबाहीमा समय व्यतीत भएको थियो ।

सभामुख डोलप्रसाद अर्यालले शुक्रबार अधिवेशन समापन गर्दै यस अवधिमा संसद्ले विधायकी कार्यका साथै जनसरोकारका विषयमा महत्त्वपूर्ण भूमिका खेलेको बताए ।

दोस्रो अधिवेशनमा सरकारका तर्फबाट ३५ वटा विधेयक दर्ता गरिएका थिए । दर्ता भएका विधेयकमध्ये १२ वटा विधेयक सङ्घीय संसद्का दुवै सदनबाट पारित भएका छन् भने ११ वटा विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भइसकेका छन् । यसैगरी २० वटा विधेयक भने विषयगत समितिहरूमा विचाराधीन अवस्थामा रहेका छन् ।

६ महिनामा सरकारको ‘फासीवादी’ प्रवृत्ति देखियो : नेता थापा

एमालेको आरोप- संकटमा सरकारको पहलकदमी कमजोर, जनताको जनजीवनमा ठोस उपलब्धि भएन

दशैँको शुभकामना दिँदै ध्रुव राईले भने- ‘आफ्नो सरकार आफैँ नढाल्नुहोला’

निजामती विधेयक: छड्के प्रवेशको प्रस्तावले कर्मचारी तरंगित, कहाँ कस्तो असर पर्छ ?

पूर्वाधार विकासमा फड्को मार्न एकीकृत ‘छाता कानुन’ र ७ प्रतिशतको आर्थिक वृद्धि

काठमाडौंमा चाडपर्वलक्षित सुरक्षा योजना : ३५ सय बढी सुरक्षाकर्मी परिचालन

कांग्रेस महाधिवेशनमा रवि, ओली र दाहाल उपस्थित हुने

नेपाली कांग्रेसको १५औं महाधिवेशनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपस्थित हुने भएका छन् । कांग्रेस नेता उदयशमशेर राणाका अनुसार सत्तारुढ दलका सभापतिले महाधिवेशनमा उपस्थित हुने जानकारी गराएका हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीले गत असार ७ देखि १२ गतेसम्म चितवनमा गरेको महाधिवेशनमा पनि कांग्रेस सभापति गगन थापा उपस्थित भएका थिए । यस्तै, महाधिवेशनमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल पनि उपस्थित हुने भएका छन् ।

कांग्रेसको १५ औँ महाधिवेशनका लागि कडा आचारसंहिता जारी, भौतिक प्रचारमा पूर्ण रोक

कांग्रेसको १५ औँ महाधिवेशनका लागि कडा आचारसंहिता जारी, भौतिक प्रचारमा पूर्ण रोक

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

देउवा समूहले पठाएको पत्रलाई अभिलेखमा राख्न तोकादेश

निजामती विधेयक : अनिवार्य अवकाशको उमेर ६० वर्ष प्रस्ताव, तर विधेयक लागू हुँदा भने ५५-३० लागू हुने

सरकारले बिहीबार संसदमा दर्ता गरेको संघीय निजामती सेवा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’मा कर्मचारीको अवकाश सम्बन्धी फरक–फरक व्यवस्थाको प्रस्ताव गरिएको छ ।

विधेयकमा कर्मचारीको अवकाश हुने उमेरलाई ६० वर्ष प्रस्ताव गरिएको छ भने विधेयक लागू हुँदा ५५ वर्ष उमेर पूरा भएका र ३० वर्ष सेवा अवधि पूरा भएका अनिवार्य अवकाश हुने व्यवस्थाको प्रस्ताव छ ।

विधेयकमा निजामती कर्मचारीको अनिवार्य अवकाशको उमेर हद साबिकको ५८ वर्षबाट बढाएर ६० वर्ष पुरा भएपछि हुने प्रबन्ध गरिएको छ । तर, यो ऐन प्रारम्भ हुँदाका बखत ५५ वर्ष उमेर पुरा भएका वा ३० वर्ष सेवा अवधि पुरा भइसकेका निजामती कर्मचारीको हकमा अनिवार्य अवकाश हुने विशेष प्रतिबन्धात्मक व्यवस्था राखिएको छ ।

यस्तै, राजपत्राङ्कित विशिष्ट श्रेणीका कर्मचारीको हकमा पदावधि वा ६० वर्षको उमेरमध्ये जुन आधारमा पहिले अवकाश हुन्छ, सोही आधारमा अनिवार्य अवकाश हुनेछ ।

प्रमुख प्रशासकीय अधिकृत स्थानीय सेवाकै पद हुने, गाउँपालिकादेखि महानगरसम्म तहगत दरबन्दीको प्रस्ताव

निजामती विधेयकमा महिनावारी बिदाको प्रस्ताव

संसद्‍मा ध्रुवराज राईले भने- ‘कुरा त्यही हजुर, धन्यवाद’

गणेश पराजुलीको दाबी- सरकार गठन भएपछि सुशासन र सेवा प्रवाहमा सुधार देखिए

‘पार्टीभित्र कुनै अन्तर्विरोध छैन, वर्तमान सरकार ५ वर्षसम्म चल्छ, असफल हुने छुट छैन’

यस्तो छ ५५ वर्ष पुगेका कर्मचारीलाई बिदा दिने विधेयक (पूर्णपाठ)

बालेनप्रति महामन्त्री आचार्यको टिप्पणी : ‘म आफैँ एक्स्ट्रा अर्डिनरी बन्ने कोसिस गर्दैछु’

सङ्क्रमणकालीन न्याय र जेन-जीका फाइल खोल्न सरकारलाई बाँस्कोटाको आग्रह

कांग्रेसले सरकारलाई भन्यो- साना मुद्दामा अल्झिँदा विकासको सपना मृगतृष्णा बन्ने खतरा छ

कांग्रेसले सरकारको ६ महिने कार्यसम्पादनमा ९ बुँदामा दियो शासकीय सुधारमा सुझाव र प्रश्न

राष्ट्रपतिबाट संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका दुवै सदनको चालू अधिवेशन अन्त्य गरेका छन्।

राष्ट्रपति कार्यालयका प्रवक्ता कृष्णबहादुर राउतका अनुसार अधिवेशन असोज १६ गते शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी अन्त्य गरिएको हो।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा संघीय संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य गरेका हुन्।

नेपालको संविधानअनुसार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संघीय संसद्को अधिवेशन अन्त्य गर्ने व्यवस्था छ।

मल व्यवस्थापनमा मन्त्रालयले गम्भीरताका साथ काम गरिरहेको छ : मन्त्री चौधरी

कृषि तथा वन विज्ञान विश्वविद्यालय : अध्ययन बिदा छानबिन गर्न समिति गठन

वैद्यखानाको औषधि उत्पादन बढाउन तीन महिनाभित्र कार्ययोजना बनाइने

राष्ट्रपतिसमक्ष निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेश

भोटेकोशी र कालीगण्डकी विपद् अध्ययन गर्न राष्ट्रियसभामा विशेष समिति गठन

राष्ट्रियसभा : बाढीपहिरो पीडितलाई विशेष राहत प्याकेज घोषणा गर्न माग

नेपाल–पोर्चुगल सम्बन्धमा संसदको नयाँ पहल, बन्यो मैत्री समूह

देउवा समूहले पठाएको पत्रलाई अभिलेखमा राख्न तोकादेश

नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा पक्षले पठाएको पत्रलाई अभिलेखमा राख्न तोकादेश जारी गरिएको छ । प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले अभिलेखमा राख्न तोकादेश जारी गरेका हुन् ।

देउवासम्मले १५औं महाधिवेशनको गतिविधि अगाडि बढाएकाले सो जानकारी निर्वाचन आयोगलाई हिजो मात्रै पठाएका थिए ।

जसमा देउवाले आफू कांग्रेसको सभापति भएको पत्र पठाएका छन् । कांग्रेस देउवा पक्षले आजबाट वडा अधिवेशन सुरु गरेको छ ।

प्रतिमा गौतम कांग्रेस सहमहामन्त्रीको उम्मेदवार

मिनेन्द्र रिजाल महाधिवेशन प्रतिनिधिमा निर्वाचित

पूर्वसभापति देउवालाई महाधिवेशन उद्घाटनका लागि आग्रह गरिसक्यौँ : प्रवक्ता चालिसे

कांग्रेस देउवा पक्षले थाल्यो वडा अधिवेशन (तस्बिरहरू)

अधिवेशनमा सक्रिय सहभागिताका लागि कांग्रेस पूर्वसभापति देउवाको अपिल

अर्थशास्त्री डा. वलीले कांग्रेसको केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिने 

विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने भएको छ ।

वर्षायामका महिनाहरूमा आफ्ना ग्राहकहरूलाई विक्री गरी बढी हुने जगेडा विद्युत भारतीय विद्युत व्यापार कम्पनी टाटा पावर ट्रेडिङ कम्पनी लिमिटेडमार्फत भारतको पावर एक्स्चेन्ज माध्यमबाट भारतीय विद्युत बजारमा बिक्री गर्ने निर्णय भएको प्राधिकरणका सञ्चालक समिति सदस्य अंशुकिरण शाहीले बताए ।

फाइल फोटो

शाहीका अनुसार विद्युत खरिदबिक्री सम्झौताको मस्यौदा स्वीकृत गरी सम्झौता गर्ने सम्बन्धमा प्राधिकरण सञ्चालक समितिको असार २५ को बैठकमा छलफलमा विद्युत नियमन आयोगको परामर्श लिई पुन पेश गर्न निर्णय भएको थियो ।

यस सम्बन्धमा विद्युत नियमन आयोगले भदौ २ गते बैठक बसी सहमति प्रदान गर्ने निर्णय गरेको थियो । आयोगबाट सहमतिसहितको निर्णयको जानकारी भदौ ८ मा पाएको प्राधिकरणले असोज ३ गते बिजुली बेच्ने निर्णय गर्दै विद्युत खरिदबिक्री सम्झौताको मस्यौदा स्वीकृत गरेको छ ।

मनाङमा अलपत्र १६ पर्यटकको उद्धार

साल्ट ट्रेडिङ कर्पोरेशनलाई तीन लाख जरिवाना

एक महिनामा ८८ हजार विदेशी पर्यटक भित्रिए

भैरहवामा दुई करोड ५१ लाख मूल्यका दुई किलोभन्दा बढी सुनका गरगहना बरामद

उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख खड्कालाई मानव अधिकार आयोगको बोलावट

राष्ट्रिय मानव अधिकार आयोगले उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी सन्तोष खड्कालाई बयानका निमित्त बोलाएको छ ।

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई नियन्त्रणमा लिइएको अवस्थामा आइतबार भेटघाट गर्न रोक लगाइएपछि आयोगले सोमबार पत्राचार गर्दै उनलाई उपस्थित हुन निर्देशन दिएको हो । आयोगका अनुसार एसएसपी खड्कालाई असोज १३ गते मंगलबार उपस्थित हुनका लागि पत्र काटिएको छ ।

आयोगको टोलीलाई हिरासत अनुगमन गर्न रोक लगाइएको विषयमा उनीसँग स्पष्टीकरण लिने तयारी भइरहेको छ । यसअघि आइतबार आयोगका सदस्य मनोज दुवाडीको नेतृत्वमा गएको तीन सदस्यीय टोली पूर्वप्रधानन्यायाधीश जबरालाई भेट्न पुग्दा प्रहरीले भेट्न नदिएपछि रित्तै फर्किएको थियो ।

सुरक्षा थ्रेटको कारण देखाउँदै उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आइतबार बिहानै जबरालाई महाराजगञ्जस्थित निवासबाट नियन्त्रणमा लिएको थियो ।

नेसनल मेडिकल कलेजका आवासीय चिकित्सकको आन्दोलनबारे संघद्वारा प्रधानमन्त्रीलाई पत्र

हिमलुङ हिमपहिरोमा थप दुई शव भेटिए, मृतकको संख्या चार पुग्यो

आमाको दूध प्रतिस्थापन गर्ने वस्तु बिक्रीमा कडाइ, बालबालिकाको उमेर दायरा ३ वर्ष

भोटेकोशी-त्रिशूली संसदीय समितिको सभापति चयन असोज १४ मा

बेपत्तालाई मृतकसरह राहत दिन कानुनी बाधा : प्राधिकरण

प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत

स्वास्थ्यमन्त्री भन्छिन्- जनसंख्या वृद्धिका लागि सुत्केरी बिदा थप्न लागेका हौँ

चाडपर्वमा सडक अस्थायी रूपमा सञ्चालनयोग्य बनाउन आग्रह

प्रतिनिधिसभा बैठक : कसले के-के भने ?

पक्राउपछि दुर्गा प्रसाईँलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो

चीन र स्पेनबीच निकटता बढ्दा ईयू सदस्य राष्ट्रमा आक्रोश चर्किँदै

युरोपेली संघले चीनबाट आयात हुने विद्युतीय सवारी साधनमाथि थप भन्सार महसुल |(ट्यारिफ) लगाउने तयारी गरिरहेका बेला स्पेन र चीनबीचको आर्थिक तथा कूटनीतिक निकटता तीव्र रूपमा बढेको छ । बेइजिङसँग मड्रिडको सम्बन्ध गहिरिँदै जाँदा युरोपेली संघका अन्य सदस्य राष्ट्रहरूमा असन्तुष्टि र आक्रोश बढेको छ । 

स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले हालैको चीन भ्रमणका क्रममा युरोपेली आयोग र सदस्य राष्ट्रहरूलाई चिनियाँ ईभीमाथिको अतिरिक्त कर पुनर्विचार गर्न र सम्भावित व्यापार युद्ध रोक्न सार्वजनिक आह्वान गरेपछि ईयूभित्रको आन्तरिक मतभेद सतहमा आएको हो ।

पेन्टागनले एसएम–६ क्षेप्यास्त्र उत्पादन बढाउन रेथियोनसँग २४ अर्ब डलरको सम्झौता गर्ने

मतदाता सूची विवादमा कक्रोच आन्दोलन

नोबेल शान्ति पुरस्कारका दाबेदारमा अन्तरिक्ष स्टेसन

इजिप्टमा मात्सादासका छ पत्रकार पक्राउ

फ्लाईदुबई उडान घटनामा इरान जोडिए कडा कारबाही गर्ने ट्रम्पको चेतावनी

ताइवान आइपुगे अमेरिकाबाट खरिद गरिएका नयाँ एफ-१६ भी फाइटर जेट

फ्लाईदुबईका पाँच यात्रुलाई ‘वीरता पुरस्कार’ घोषणा

इजरायली राष्ट्रपति आइज्याक हर्जोगले बिहीबार पाँच इजरायली यात्रुलाई ‘वीरता’ पुरस्कार दिने घोषणा गरेका छन् । ती यात्रुले फ्लाईदुबईको सह–चालकलाई नियन्त्रणमा लिई उनीहरू सवार विमान दुर्घटना गराउने प्रयास रोकेका थिए ।

‘तपाईंहरूले अरूलाई बचाउन आफूलाई जोखिममा पार्नुभयो र ठूलो विपत्ति रोके। आज संसारले इजरायली समाजको सुन्दर र साहसी अनुहार देख्यो,’ इररायलमा मुख्यतया औपचारिक भूमिकामा रहनुहुने राष्ट्रपति हर्जोगले जारी गरेको एक वक्तव्यमा भनेका छन् ।

उनले भने, ‘म तपाईंहरूमाथि गर्व गर्छु र इजरायलको तर्फबाट धन्यवाद दिन्छु।’

उनले विमान चालक भारतीय नागरिक स्मित मच्छाको पनि मुक्तकण्ठाले प्रशंसा गरेका छन्।

इजरायली अधिकारीहरूका अनुसार सह–पाइलटले चक्कु प्रहार गरेपछि उनले ककपिटको ढोका खोली यात्रु र चालकदलका सदस्यलाई सूचना गरी उनीहरूको सहयोगमा आक्रमणकारीलाई नियन्त्रणमा लिएर विमान बचाउन सफल भएका थिए ।

रसिया-युक्रेन युद्ध र प्रतिकूल मौसमका कारण विश्वबजारमा कृषि उपजको मूल्यमा सन् २०२२ यताकै ठूलो वृद्धि

अफगानिस्तानमा पाकिस्तानी हवाई आक्रमण, नौ महिला तथा बालबालिकाको मृत्यु

दुबई–तेल अभिभ उडानका घाइते भारतीय क्याप्टेनलाई मोदीले भने ‘नायक’

स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो

उत्तर कोरियालाई वार्तामा फर्किन राष्ट्रपति लीको आह्वान

इराकबाट अमेरिकी सेना फिर्तीलाई इरानले ‘ऐतिहासिक विजय’ भन्यो

एआई सुरक्षाबारे एन्थ्रोपिक र ओपनएआईमाथि अनुसन्धान

प्रकाशित मिति : १६ आश्विन २०८३, शुक्रबार  ८ : ०० बजे

मुग्लिन-नारायणगढ सडकको नाम्सी पुलमा ढुंगा खस्यो, आवागमन एकतर्फी

काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्डको नाम्सी पुलमा ढुंगाहरू खसेको छ ।

कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिका लागि असोज १९ मा उमेदवारी दर्ता

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिका उमेदवारहरूको मनोनयन दर्ताको समय

कांग्रेसका उम्मेदवारको प्रचार डिजिटल माध्यमबाट मात्रै

काठमाडौँ । नेपाली कांग्रेसको पन्धौँ महाधिवेशनमा उम्मेदवारहरूले डिजिटल माध्यमबाट मात्रै

उड्डयन सेवालाई सुरक्षित, स्तरीय, भरपर्दो र सर्वसुलभ बनाउन दुई विधेयक संसदमा दर्ता

काठमाडौँ । नागरिक उड्डयन प्राधिकरणलाई टुक्राउने दुई विधेयक प्रतिनिधिसभामा दर्ता

प्रधानमन्त्री शाहले डेढ महिनामा गरेका काम सार्वजनिक

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहको मातहतमा पछिल्लो डेढ महिनामा भएका